- अध्यक्ष र उपाध्यक्षमा पनि नेका अगाडी
कैलासबावु श्रेष्ठ/गोरखा
जेष्ठ २ गते । गोरखाको सुलिकोट गाउँपालिका २ को मत परिणाम मंगलबार अपहान्न ११ बजे सार्वजनिक गरीएको छ । सुलिकोट गाउँपालिकाको निर्वाचन अधिकृत पुरन गिरीका अनुसार वडाध्यक्ष सहिति सबै सिटमा माओवादी केन्दले जित हात पारेको छ ।
हिजो साँझ देखी भएको मतगणनामा वडा नम्बर २ को वडाध्यक्ष लाल बहादुर गुरुङ्गले ५ सय ५८ मत ल्याएर बिजयी भएको हो । सुलिकोट १ र २ वडा साविक बारपाक गाबिसमा पर्दछ ।
यसै बिच २ वडा सुलिकोटा गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसले अग्रता हासिल गरेको छ भने उपध्यक्षमा माओबादी केन्द्रले अग्रता हासिल गरेको छ । दुवै वडाको मतगणनाको अन्तिम परिणाम अनुसार अध्यक्षमा नेकाले ५ सय १३ मत प्राप्त गरेको छ भने माकेलाई ५ सय मत प्राप्त भएको । उपाध्यक्षमा माकेलाई ७ सय ४६ मत प्राप्त भएको छ भने नेकालाई ३ सय ७५ मत प्राप्त भएको छ ।
उता एमालेलाई नयाँ शक्तिले उछिनेको छ । नयाँ शक्तिका अध्यक्ष र उपाध्यक्षले क्रमश.४ सय ७६ र ३ सय ७४ मत प्राप्त गरेको छ भने नेकपा एमालेले क्रमश.२ सय ६१ र १ सय ७६ मत प्राप्त गरेको सुलिकोट बाट सलिना गुरुङ्गले जानकारी दिएको छ ।




















