- वडाध्यक्षमा माकेको जित
कैलासबावु श्रेष्ठ/गोरखा
जेष्ठ १ गते । गोरखाको सुलिकोट गाउँपालिका १ को मत परिणाम सार्वजनिक गरीएको छ । सुलिकोट गाउँपालिकाको निर्वाचन अधिकृत पुरन गिरीका अनुसार वडाध्यक्षमा माओवादी केन्द्रका रोशन कुमार लामगादे वि.क.ले २ सय २२ मत ल्याएर विजयी भएको छ ।
उनका प्रतिध्वन्दी नेपाली काँग्रेसका तुल बहादुर घलेले २ सय १३ मत ल्याएका थिए । ९ मत को अन्तरमा हारजित भएको सुलिकोट १ मा महिला सदस्य र दलित महिला सदस्यमा समेत माओवादी केन्द्रले जित हात पारेको छ ।
महिला सदस्यमा २ सय १८ मत ल्याएर नेपाली काँग्रेसकी धनपुर्जी गुरुङ्गलाई माओवादी केन्द्रकी पसमायाँ गुरुङ्गले जितेती छिन । काँग्रेसकी धनपुर्जीले १ सय ८४ मत ल्याएका थिए । यता दलित महिला सदस्यमा समेत नेपाली काँग्रसकी लक्ष्मी वि.क.लाई माओवादी केन्द्रकी विण्णु मायाँ सुनारले १९ मतले अन्तर पारेर विजयी भएकी छिन । विजयी सुनारले २ सय १८ मत ल्याएकी थिईन भने हार ब्यहोरेकी वि.क.ले १ सय ९९ मत प्राप्त गरेकी थिईन ।
वडा नम्बर १ को खुल्ला तर्फको २ वटा सदस्यमा भने नेपाली काँग्रेसले जित हात पारेको छ । खुल्ला तर्फ पहिलो सदस्यमा १ सय ९४ मत ल्याएर नेपाली काँग्रेसका धन बहादुर घले र खुल्ला दोस्रो तर्फ नेपाली काँग्रेसकै राम प्रसाद गुरुङ्गले २ सय ९ मत ल्याएर विजयी भएका छन । उनीहरुका प्रतिध्वन्दी माओवादी केन्द्रका देउ बहादुर गुरुङ्गले १ सय ९० मत ल्याएका थिए भने मन बहादुर गुरुङ्गले १ सय ६३ मत पाएका थिए ।
खुल्ला तर्फको पहिलो सदस्यमा माओवादी केन्द्रका देउ बहादुर गुरुङ्गले घले संग ४ मत अन्तरले हार ब्यर्होनु परेको हो ।
अहिले सुलिकोटमा वडा नम्बर २ को मत गणना शुरु गरीउको निर्वाचन अधिकृत पुरन गिरीले जानकारी दिए । सुलिकोट १ साविक बारपाक गाविस पर्दछ ।


