- अन्य सदस्यमा माकेको जित
कैलासबावु श्रेष्ठ/गोरखा
जेष्ठ १ गते । साबिक छेकम्पार गाबिस एवं हालको चुम नुब्री गाउँपालिको ७ नम्बर वडामा नेपाली काँग्रेस वडा अध्यक्षमा बिजयी भएको छ । काँग्रेसका पासाङ्ग फुन्जो लामाले १ सय ८९ मत ल्याएर वडा अध्यक्षमा बिजयी भएको चुम नुब्री गाउँपालिकाका निर्वाचन अधिकृत हरीहर दाहालले जानकारी दिए ।
दाहालका अनुसार वडा नम्बर ७ मा खसेको ४८६ मत मध्ये १ सय ८९ मत ल्याएर नेपाली काँग्रेसका लामा वडा अध्यक्षमा विजयी भएको हो । उनका प्रतिध्वन्धी माओवादी केन्द्रका लाक्पा लामाले १ सय ७३ मत ल्याएका थिए ।
चुम नुब्रीको निर्वाचन कार्यालय सिर्दीबासको फिलीममा रहेको केन्द्रमा अहिले वडा नम्बर ६ को मतगणना समेत अन्तिम चरणमा पुगेको दाहालले जानकारी दिए ।
सार्वजनिक गरीएको मत परिणाम अनुसार वडा नम्बर ७ को महिला सदस्यमा माओवादी केन्द्रकी सोनाम आङवो लामाले १ सय ७७ मत ल्याएर विजयी भएकी छिन । उनका प्रतिध्वन्धी नेपाली काँग्रेसकी डोल्मा खेजुङले १ सय ६२ मत ल्याएकी थिइन । दलित महिला सदस्यमा उम्मेदवारी नै नपरेको उत्त वडामा २ खुल्ला सदस्यमा पनि माओवादी केन्द्रले जित हात पारेको छ ।
खुल्ला तर्फको पहिलो सदस्यमा पेम्बा छेवाङ लामाले २०६ मत ल्याएर विजयी भएका थिए भने उनका प्रतिध्वन्धी नेपाली काँग्रेसका लाक्पा नुर्वुले १ सय २९ मत ल्याएका थिए । त्यस्तै गरी खुल्ला तर्फको दोस्रो सदस्यमा पनि माओवादी केन्द्रका कर्साङ लामाले १ सय ५८ मत पाएर विजयी भएका छ । लामाका प्रतिध्वन्धी नेपाली काँग्रेसका टाँसी ध्वर्जेले भने ८३ मत प्राप्त गरेका थिए ।


