कैलासबावु श्रेष्ठ/गोरखा
जेष्ठ १ गते । आईतबार सम्पन्न स्थानिय निर्वाचन अन्रतर्गत गोरखा नगरपालिकाका वडा नम्बर १ को मत परिणाम सार्वजनिक गरीएको छ । सार्वजनिक गरीएको मत परिणाम अनुसार वडा नम्बर १ मा वडा अध्यक्ष सहित पुरै प्यानल नै नेपाली काँग्रेस विजयी भएको छ ।
देश संघियतामा गए संगै गोरखा नगरपालिकामा गाभिएको साविक ताप्ले गाउँ बिकास समिति गोरखा नगरपालिकाको १ नम्बर वडामा पर्दछ । नेपाली काँग्रेसको निकै प्रभाव मानिएको वडाबाट वडा अध्यक्षमा हिक्मत बहादुर कुवर सहित नेपाली काँग्रेसको प्यानले जित हात पारेको हो ।
गोरखा २ नगरपालिका र ९ गाउँपालिका मध्ये पहिलो पटक घोषणा भएको मत परिणाममा नेपाली काँग्रेले गोरखामा खाता खोलेको हो ।

कुवरको प्यानलमा महिला सदस्य कमला भट्ट, दलित महिलामा चिनीमायाँ रम्तेल र खुल्ला सदस्यहरुमा गोकुल भट्ट र लुत बहादुर बानियाँ बिजयी भएका छन । विजयी वडा अध्यक्ष कुवरले ५ सय ६३ मत प्राप्त गरेका थिए भने महिला सदस्य भट्टले ५ सय ३० मत प्राप्त गरेकी थिईन । त्यस्तै गरी दलित महिला सदस्यमा रम्तेलले ५ सय २५ मत र खुल्ला तर्फ भट्ट र बानियाँले क्रमश. ५ सय २ र ५ सय १० मत प्राप्त गरेर बिजयी भएका थिए ।
बिजयीका प्रत्याशी माओबादी केन्द्रका वडा अध्यक्षले १ सय ७० मत प्राप्त गरेका थिए भने महिला सदस्य १ सय ८०, दलित महिला १ सय ६१ र खुल्ला तर्फ क्रमश. ४४ र ४५ मत ल्याएका थिए ।
त्यस्तै गरी प्राप्त मतको आधारमा गोनपा १ मा तेस्रो स्थानमा आएको नयाँ शक्ति पार्टी नेपालका वडा अध्यक्षले ८० मत पाएको छ भने महिला सदस्यले ७९ र दलित महिलाले ८१ मत प्राप्त गरेको थियो । खुल्ला तर्फको पहिलो र दोस्रो सस्यले क्रमश.७६ र ८७ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनक गरेको परिणामले देखाएको छ ।
गोरखा नगरपालिका १ को मत परिणाम सार्वजनिक गर्दा मेयर उपमेयर पदमा भने नेपाली काँग्रेसले अग्रता हासिल गरेको छ । मत परिणाम अनुसार नेपाली काँग्रेसका राजनराज पन्तले ५ सय ४६ मत प्राप्त गरेको छ भने नेपाली काँग्रेसकी उपमेयर पदकी बिनाकुमारी श्रेष्ठले ५ सय ४४ मत प्राप्त गरेकी छिन ।

त्यस्तै गरी माओवादी केन्द्रका मेयर कृण्ण राना मगरले १ सय ३५ मत पाएका छन भने उपमेयर कञ्चन कुमालले पनी १ सय ३५ मत नै प्राप्त गरेकी छिन । मत परिणामका आधारमा तेस्रो स्थानमा देखीएको नयाँ शक्ति पार्टी नेपालका मेयर र उपमेयर ज्ञानेन्द्र कुमाल र पूर्णमायाँ वन्तले क्रमश. ७२ र ७६ मत प्राप्त गरेका छन । त्यस्तै गरी नेकपा एमालेका मेयर विश्वेश्वर कट्टेलले ६४ मत र उपमेयर सम्झना देवकोटाले ६६ मत प्राप्त गरेको मुख्य निर्वाचन कार्यालयले जानकारी दिएको छ ।
मत परिणाम
नेपाली काँग्रेस
मेयर राजनराज पन्त ५४६
उपमयेर बिनाकुमारी श्रेष्ठ ५४४
माओबादी केन्द्र
मेयर कृण्णराना मगर १३५
उपमेयर कञ्चन कुमाल १३५
नयाँ शक्ति पार्टी नेपाल
मेयर ज्ञानेन्द्र कुमाल ७२
उपमेयर पुर्णमायाँ वन्त ७६
नेकपा एमाले
मेयर विश्वेश्र कट्टेल ६४
उपमेयर सम्झना देवकोटा ६६
गोरखा नगरपालिका १ मा बिजयी भएका उमेदवारहरुको नामावली र मत परिणाम

वडा अध्यक्ष हिक्मत बहादुर कुवर ५६३
महिला सदस्य कमला भट्ट ५३०
दलित महिला सदस्य चिनीमायाँ रम्तेल ५२५
खुल्ला पहिलो गोकुल भट्ट ५०२
खुल्ला दोस्रो तुल बहादुर बानियाँ ५१०


