कैलासबावु श्रेष्ठ/गोरखा
जेष्ठ १ गते । आईतबार सम्पन्न स्थानिय तहको निर्वाचनको गोरखा नगरपालिका अन्तरर्गतको मत गणना कार्य सोमबार बिहान ८ बजे देखी शुरु भएको छ ।
मतदान सकिनासाथ गणना गर्ने भनिएको भएता पनी गणनामा सहभागी हुने सबै कर्मचारीहरु निर्वाचनमा खटीएको र उनीहरु थाकेको भन्दै आईतबार साँझ राजनैतिक दल संग सहमती गरी सोमबार बिहान देखी गर्ने सहमती भए अनुसार मत गणना शुरु गरीएको मुख्य निर्वाचन अधिकृत बसन्तराज पौडेलले जानकारी दिए ।
गोरखा नगरपालिकाको १ नम्बर वडा अन्तरर्गत आईतबार सूर्योदय मावि श्याम बजार र जनज्योति मावि श्याम बजारमा निर्वाचन भएको थियो । कडा सुरक्षा बिच सदरमुकामको जिल्ला प्रशासन भवनमा मत गणना शुरु भएको हो ।
गोनपाको मतगणना शुरु
गोनपाको मतगणना शुरु
- अ
- अ
- अ
गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु


