कैलासबावु श्रेष्ठ/गोरखा
बैशाख ३१ गते । गोरखामा किरीयापुत्रीहरुले मतदान गरेका छन । बुवा ध्वज बहादुर बि.क. बितेको ३ दिनमा उनीहरुले साबिक मिरकोट गाबिस १० को बाघडाडाँमा रहेको मिरकोट माविमा मतदान गरेका थिए ।

घर बाट २० मिनेटको दुरीमा रहेको मतदान केन्द्र सम्म जान स्थानिय सबैले किरीयापुत्रीहरुलाई सहयोग गरेका थिए । मतदानमा मृत्तकका छोरा र बुहारी क्रमश कृण्ण बहादुर वि.क., परशुराम वि.क. गंगा कुमारी वि.क, लिला वि.क र देवी मायाँ विक सहभागी भएको स्थानिय कृण्ण हरी अधिकारीले जानकारी दिनु भयो ।

तस्बिर सौजन्य कृण्ण हरी अधिकारी


