कैलासबावु श्रेष्ठ/गोरखा
बैशाख ३१ गते । स्थानिय निवार्चन सकिए लगत्तै मत गणना गर्न निर्वाचन आयोगको निर्देशन भएको भएता पनी गोरखामा भने सोमबार बिहानै देखी मत गणना हुने भएको छ । मुख्य निर्वाचन अधिकृतले राती अबेर सम्म मतपेटीका आउने र कर्मचारी थाकेको हुनाले सोमबार बिहानै देखी मतगणना गरीने बताए ।
‘निर्वाचन सकेर मतपेटीका आउदाँ सम्मको समयलाई हेरौं, त्यस पछी मतगणनामा संलग्न हुने कर्मचारीहरु पनी निर्वाचनमा खटीएका छन । उनीहरु थाकेका होलान ? त्यस माथी पनि सबै राजनैतिक दलका प्रतिनिधीहरुको रोहबरमा मतगणना गनुपर्ने भएका कारण उनीहरुले के भन्छन् ।’ भन्छन मुख्य निर्वाचन अधिकृत एवं गोरखा जिल्ला अदाललका जिल्ला न्यायधिश बसन्तराज पौडेल ।
पौडेलका अनुसार जिल्ला भरमा ११ मगगणना केन्द्र छन । जहाँ जहाँ पहिला मत पेटीका आउछ त्यहाँ गणना शुरु हुन्छ । उत्तरी क्षेत्रको धार्चे र चुम नुब्रीमा भोली बिहान बाट मात्र मतपेटीका संकलन कार्य हुने भएकोले त्यहाँ भने सोमबार साँझ वा मंगलबार बाट मात्र मतगणना शुरु हुने बताउछन ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयमा भने गोरखा नगरपालिकाको मात्र मतगणना हुने छ ।
मतगणना सोमबार देखी
मतगणना सोमबार देखी
- अ
- अ
- अ
गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु


