कैलासबावु श्रेष्ठ/गोरखा
बैशाख ३१ गते । करिब २ दशक पछि आज भै रहेको स्थानिय तहको निर्वाचन गोरखा जिल्लाको सबै केन्द्रमा शान्ति पुर्ण तरिकाले भै रहेको छ ।

गोरखाको शत्ति केन्द्रमा मतदान गराउन मतपेटीकामा सिल गर्दै केन्द्र प्रमुख
जिल्लाको २ सय १३ केन्द्रको २ सय ६० मतदान स्थलमा शान्तिपुर्ण रुपमा मतदान भै रहेको मुख्य निर्वाचन कार्यालय र प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले जानकारी दिए ।
सबै केन्द्रमा बिहान ७ बजे देखी शुरु भएको मतदान केही केन्द्रमा भने सकिएको जानकारी प्राप्त भएको छ । जिल्लाको धेरै जसो केन्द्रमा बिहानै देखी मतदाताले मतदान गरेका कारण दिउसो २ बजे सम्ममा ९० प्रतिशत मतदान भै सकेको छ ।
आउनुहोस गोरखाका केही केन्द्रको फोटोहरु हेरौं
गोरखाको आहालेमा हुदै गरेको मतदान
गोरखा बजारको बालमन्दिरमा हुदै गरेको मतदान
गोरखा बजारको बालमन्दिरमा हुदै गरेको मतदा
गोरखाको ताप्लेको बन्दी चौरमा रहेको मतदान केन्द्र
गोरखाको गोनपा ४ मा मतदान गर्दै मतदाता
गोरखाको नारेश्वरमा मतदान गर्दै मतदाता
रानीबनको वल्डक्यापिटलमा मतदान गर्दै मतदाता
रानीबनको धारापानीमा मतदान गर्दै
सदरमुकामको शक्ति केन्द्रमा मतदान गर्दै मतदाता
सुर्य ज्योती केन्द्र सुलिकोट गोरखा












