- ७० ले मतदान गरे
कैलासबावु श्रेष्ठ/गोरखा
बैशाख ३१ गते । गोरखा जिल्लाको उत्तरी क्षेत्रको साम्दोमा मतदान सकिएको छ । जिल्लाकै अन्तिम गाउँ मानिएको उत्त क्षेत्रमा रहेको गाउँमा ७१ जना मतदाता रहेकोमा ७० जनाले मतदान गरेको थियो ।

बिहान ७ बजे देखी शुरु भएको मतदान कार्यक्रम ८ बजेर ४५ मिनेटमा सकिए पछि टोलीले मुचुक्ला उठाएर सामागाउँ फर्किएको स्थानिय शिक्षक निमा दोेर्जे लामाले जानकारी दिनु भयो ।

मतदान ८३ बर्षिय स्थानियले शुरु गरेका थिए । गाउँले सबै मिलेर मतदान सकिएको घोषणा गरे लत्ततै मतदान गराउन गएको टोली सागाउँ तर्फ फर्किएको हो । टोलीलाई स सम्मान गाउँलेहरुलाई फर्काएका थिए ।

























