×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • ४ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ७ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ९ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ९ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ९ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • १० घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • १० घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

नेपालमा सार्वजनिक बुद्धिजीवीको भूमिका

  •  
  • शनिबार, बैशाख ३०, २०७४ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ
    • विशेष आलेख
    प्रा. चैतन्य मिश्र
    सार्वजनिक बुद्धिजीवीहरूले साँघुरो र छोटो समयका लागि मात्र चासो राख्नुको साटो लामो अवधिसम्मका सार्वजनिक हितलाई ध्यानमा राखी आलोचनात्मक ढंगले सूचनाको विश्लेषण र व्याख्या गर्दै आम जनतासँग संवाद गरिरहेका हुन्छन् ।

    वैशाख ३०, २०७४- नेपालमा अहिलेसम्म ‘पब्लिक इन्टलेक्चुअल’ अर्थात् सार्वजनिक जीवन र जगत उत्खनन गर्न चासो राख्ने बुद्धिजीवी बारेको अवधारणा त्यति मूर्त बन्नसकेको छैन । ‘बुद्धिजीवी’ चल्तीमा छ, तर ‘सार्वजनिक बुद्धिजीवी’को अवधारणा ठोस रूपमा परिभाषित र वर्णित भएको छैन । वास्तवमा लोकतन्त्र र गणतन्त्रको उदयका बाबजुद ‘सार्वजनिक’ शब्द पनि वाञ्छित हदमा परिभाषित भएको छैन र यसले लोकप्रियता पाउनसकेको छैन । यसैले गर्दा नै ‘राजनीति’, ‘सामाजिक/राजनीतिक आन्दोलन’जस्ता अवधारणा नेपाली जनजिब्रोमा भिजिसक्दा पनि ‘सार्वजनिक बुद्धिजीवी’को प्रस्ट अर्थ भने खुल्नसकेको छैन ।

    ‘मानवअधिकार’ पनि तुलनात्मक रूपमा पछिमात्र प्रचलनमा आएको शब्दावली हो । तर यो हाम्रो राजनीतिक, सामाजिक र नागरिक क्षेत्रको एउटा अभिन्न अंग बनिसकेको छ । त्यही कुरा ‘नागरिक समाज’, ‘लिङ्ग’, ‘दलित’, ‘गणतन्त्र,’ ‘धर्मनिरपेक्ष’ आदिको हकमा पनि लागु हुन्छ । यी सबै अवधारणा हाम्रो राजनीतिक र व्यक्तिगत जीवनका अभिन्न अंग बनिसकेका छन् । आशा गरौं, अहिले फराकिलो हुँदै गइरहेको लोकतान्त्रिक अभ्यासभित्र सायद ‘सार्वजनिक बुद्धिजीवी’ले पनि चाँडै मान्यता पाउला । सम्भवत: ‘सार्वजनिक बुद्धिजीवी’लाई अझ खुलाएर ‘जनसचेतक’, ‘सार्वजनिक सचेतक’, ‘पण्डित’, ‘वैचारिक कटुवाल’ वा ‘ज्ञानेझाँक्री’ समेत भनिएला । यस्तै खाले अभिव्यक्ति मैथिली, नेवारी र नेपालका अन्य भाषाहरूमा प्रयोग हुँदै जालान् ।

    सार्वजनिक बुद्धिजीवीले के गर्छन् ?
    अन्य बुद्धिजीवीले जस्तै सार्वजनिक बुद्धिजीवीहरूले पनि राजनीतिक, आर्थिक र सांस्कृतिक रूपमा शक्तिशाली संरचना पद र व्यक्तिसामु तथ्य र सत्य उजागर गराइदिन्छन् । तर कुनै निश्चित क्षेत्रमा रहेर शास्त्रीय तहमा बहस–छलफल चलाउने बुद्धिजीवीभन्दा फरक भएर सार्वजनिक बुद्धिजीवीहरूले आम जनतालाई शक्तिशाली संरचना, पद र व्यक्तिहरूसँग राजनीतिक संवाद गराउन पहल गर्छन् । समाजशास्त्री सी. राइट मिल्सका शब्दमा भन्ने हो भने आधुनिक विश्वमा व्यक्तिहरू सधैं निजी समस्याको चपेटामा फँसिरहेका हुन्छन् र उनीहरू ती समस्यालाई आफ्ना व्यक्तिगत कमजोरी र असफलताका कारण जन्मिएका हुन् भन्ठान्छन् । तर धेरै हदमा यस्ता निजी समस्या र असफलता व्यक्तिगत कमजोरीका कारण नभएर सामाजिक संरचना, सार्वजनिक संस्था र नीति तथा तेतृत्वका कारण उव्जिएका र हुर्किएका हुन्छन् । अर्थात निजी भनिएका समस्या र कमजोरीलाई सार्वजनिक मुद्दाको रूपमा व्याख्या गरिनुपर्छ । कुनै खास वर्ग वा समूहका जनताले भोगिरहेका निजी समस्याको पहिचान गर्ने र तिनलाई सार्वजनिक मुद्दाको रूपमा व्याख्या गर्ने काम ‘सार्वजनिक बुद्धिजीवी’हरूको हो । मिल्सको विचारलाई अघि बढाउँदै के पनि तर्क गर्न सकिन्छ भने व्यक्तिगत सफलता पनि धेरै हदसम्म सार्वजनिक संघ/संस्थाहरूमार्फत उपलब्ध हुने अवसरसँग जोडिएका हुन्छन् । वास्तवमा कुनै व्यक्तिको सफलताका पछाडि खास सामाजिक संरचना, सार्वजनिक संघ/संस्था र नीति लगायत धेरै अन्य व्यक्तिको हात हुन्छ । नितान्त निजी कारणले मात्रै सफलता वा असफलता प्राप्त हुँदैन ।

    सरकार, अर्धसरकारी निकाय, गैरसरकारी संस्था, सञ्चार माध्यम, सामाजिक सञ्जाल, औद्योगिक, वाणिज्य र अन्य व्यापारिक कम्पनी, व्यवसायी, वैज्ञानिक लगायत पँुजी लगानीकर्ता आदिले नयाँ सूचना र तिनको व्याख्या र अपव्याख्याको उत्पादन गरिरहेका हुन्छन् । सार्वजनिक बुद्धिजीवीहरूले चाहिँ साँघुरो र छोटो समयका लागिमात्र चासो राख्नुको साटो लामो अवधिसम्मका सार्वजनिक हितलाई ध्यानमा राखी आलोचनात्मक ढंगले सूचनाको विश्लेषण र व्याख्या गर्दै आम जनतासँग संवाद गरिरहेका हुन्छन् । एउटा आदर्श सार्वजनिक बुद्धिजीवीले तत्कालको, सतही र झट्ट हेर्दा देखिनेभन्दा अलि परसम्मको कुरा सोच्छ । त्यस्तो व्यक्तिले गहिरो र फराकिलोगरी विश्व ऐतिहासिक तहमा सोच्ने गर्छ । व्यक्तिगत मुद्दालाई ऐतिहासिक लगायत राष्ट्रिय र वैश्विक मुद्दासँग जोडेर बुझ्छ र बुझाउँछ ।

    यस अतिरिक्त सार्वजनिक बुद्धिजीवीले झट्ट हेर्दा छरपष्ट र अर्थहीनझैं लाग्ने सूचना केलाएर नवीन तथ्य उजागर गर्न र उज्यालो छर्न तथा त्यस उज्यालोको आलोकमा तत्कालका सार्वजनिक मुद्दाको वर्णन र व्याख्या गर्छ र हलसमेत सुझाउन सक्छ । आफ्नो बौद्धिक समूहभित्र शास्त्रार्थका लागि नभई त्यसभन्दा बाहिर अर्थात् आम जनतामाझ आलोचनात्मक सोचसम्बन्धी संवाद गर्ने र त्यसलाई स्पष्ट पार्ने काम गर्छ । सार्वजनिक बुद्धिजीवीले ऐतिहासिक–सैद्धान्तिक ज्ञानको भण्डारबाट मन्थन गरी त्यसबाट निस्किएको सारभूत ज्ञान जनताको वर्तमानको मुद्दामा केन्द्रित तुल्याउँछ । उदाहरणका लागि सार्वजनिक बुद्धिजीवीले विश्व व्यापारका नियमहरू वर्णन गर्दै उक्त नियमहरूले ग्रामीण र कृषिमा आधारित जीविकोपार्जनलाई के राम्रो वा नराम्रो असर पारिरहेका छन् र नराम्रा असरबाट कसरी बच्ने हो, त्यो कुरा बताउन सक्छ । त्यसै गरेर ती नियमहरूले पुरुष–महिला, जातजाति विशेष, पहाड–मधेस, उच्च र निम्न वर्ग आदिमाथि कसरी भिन्नाभिन्नै किसिमका असर पारिरहेका छन्, त्यो पनि बताउन सक्छ । यसरी ‘टाढा’ रहेको र शुष्कझैं लाग्ने विश्व व्यापारका नियमहरूलाई तात्कालिक जीवनसँग जोड्न र त्यो जोडाइलाई कसरी आफ्नो हितका लागि उपयोग गर्न सकिन्छ, त्यो पनि बताउन सक्छ । यसो गर्दा अमूर्त र शुष्कझैं लाग्ने विषयवस्तु र मुद्दा जीवनसँग अन्तरंग रूपले गाँसिएको, उपयोगी र यसर्थ ‘रसिलो’ हुनपुग्छ । यसै गरेर लोकतन्त्रको प्रादुर्भावको, उच्च वा निम्न प्रजनन दरका,े पारिवारिक संरचना र सम्बन्धमा आएको परिवर्तन आदिको तुलनात्मक वर्णन र व्याख्या गर्दै आफ्नै अनुभवलाई जीवन्त बनाउन मद्दत गर्न सक्छ । जीवन र जगत जोड्न मद्दत गर्न सक्छ ।

    सार्वजनिक बुद्धिजीवीहरू केबाट टाढा रहन्छन् ?
    सार्वजनिक बुद्धिजीवीहरू शक्तिकेन्द्रबाट टाढा रहन्छन् र ती केन्द्रहरूलाई रिझाउने कसरत गर्दैनन् । उदाहरणका लागि सार्वजनिक बुद्धिजीवी राम्रो पारिश्रमिक दिने सरकारी र अन्य उच्च पद/प्रतिष्ठाको पछि दौडिँदैनन् । यसबाट सार्वजनिक बुद्धिजीवीहरूले उच्च तहको स्वतन्त्रता र निडरता हासिल गर्छन् । यसो गर्दा नागरिक दायित्व र आम जनताप्रतिको सेवाको भावना जागेर आउँछ ।

    उल्लेख गर्नैपर्ने के छ भने सार्वजनिक बुद्धिजीवी अचेलका विभिन्न राजनीतिक दलसँग आबद्ध रहने बुद्धिजीवी परिषदका सदस्यहरूभन्दा नितान्त फरक व्यक्ति र कर्ता हो । दल आबद्ध बुद्धिजीवीहरू हिजोका दरबारिया भारदारहरूभन्दा खासै फरक होइनन् । उनीहरू दलका नेताहरूप्रति आलोचनात्मक नहुने मात्र हैन, दलका धारणाहरूलाई चुनौती दिन पनि सक्दैनन् । उनीहरू आम जनताका हितमा दत्तचित्त भएर लाग्ने विचारकहरू होइनन् । उनीहरू दल, त्यसको कुनै एक खेमा वा नेताको ताबेदारमात्र हुन् । उनीहरू दलका नेता वा कुनै खेमाका नेताले भने बमोजिम ‘खोक्ने’ काममात्र गर्छन् । हालका प्राध्यापक संघ, कर्मचारी संघ, विद्यार्थी युनियन आदिका सदस्यहरू यसै प्रकारका पाल्तु बुद्धिजीवीहरू हुन् । वास्तवमा आजको नेपालमा राजनीतिक दलहरू मुलुकका बचत तथा ऋण समूहहरू, आमा समूहहरू, सामुदायिक वन उपभोक्ता समूहहरू लगायत सार्वजनिक जीवनका सबै क्षेत्रमा समेत आधिपत्य जमाउन तल्लिन छन् । यसर्थ यी क्षेत्रहरूबाट केही समयका लागि सार्वजनिक बुद्धिजीवीहरू पैदा हुने सम्भावना न्युन छ । उता एडवर्ड सइदको भनाइमा भने सार्वजनिक बुद्धिजीवीहरू स्वतन्त्र रूपमा र राजनीतिक प्रणालीको किनारमा बाँच्नेमात्र नभई राजनीतिक यथास्थितिलाई भत्काउन सक्रियतापूर्वक लाग्ने गर्छन् । कतिपयले त सार्वजनिक बुद्धिजीवी राजनीतिक प्रणालीभन्दा बाहिर रहनुपर्छ भन्ने जिकिरसमेत गर्छन् । सायद त्यसो गर्नु अलि बढ्तै हुन्छ होला । मेरो विचारमा सार्वजनिक बुद्धिजीवी एउटा सीमारेखामा बस्नुपर्छ । यो सीमारेखा भनेको संघारको स्थान हो, जहाँबाट बाहिर र भित्र दुवैतिर देख्न सकिन्छ । तर अहिले हामीकहाँ भने राजनीतिक दलहरूद्वारा आशिर्वाद प्रदान गर्दै बुद्धिजीवीहरूलाई दलहरूको सैद्धान्तिक र राजनीतिक संयन्त्रभित्र कज्याएर बुद्धि मास्ने उल्टो प्रवृत्ति प्रबल पारिरहेका छन् ।

    को हुन् त शक्तिशाली ?
    आर्थिक, राजनीतिक, सांस्कृतिक लगायतका कैयौं माध्यमबाट शक्तिका संरचना र सम्बन्धहरू निर्मित भइरहेका हुन्छन् । जातजाति प्रथाले उच्च जातका सदस्यलाई धार्मिक अनुष्ठानको नेतृत्व गर्ने अनुमति दिन्छ । प्राय:जसो एउटा पाटोको शक्तिलाई अर्को पाटोको शक्ति हासिल गर्न प्रयोग गरिन्छ । दक्षिण एसियामा लामो कालसम्म निर्विघ्न रूपमा हासिल गरिएको धार्मिक अनुष्ठानको नेतृत्व गर्ने शक्ति राजनीतिक र आर्थिक शक्तिसमेत प्राप्त गर्न सफलतापूर्वक प्रयोग गरियो । त्यसैले गर्दा सांस्कृतिक र राजनीतिक शक्ति अनि एकाध अवस्थामा आर्थिक शक्ति हासिल गर्न जातजाति प्रथाको प्रयोग भयो र गरियो । उदाहरणका लागि दलितलाई सार्वजनिक कुवा, धारा वा निजी घरमा प्रवेश निषेध गर्ने काम भएबाट ‘दलितलाई उनीहरूको हैसियत बुझाइदिने’ सांस्कृतिक, राजनीतिक र आर्थिक रणनीति अख्तियार भयो । ज्ञातव्य छ, छुवाछूत प्रथा अन्तर्गत श्रम र अन्य पेसामाथि लगायत जमिन, पानी, ज्ञान र पुँजीमाथि समेत नियन्त्रण गर्ने गरिन्छ ।

    जातजाति प्रथाजस्तै जातीय, लिङ्गीय, क्षेत्रीय र कतिसम्म भने भाषिक वर्गीकरण वा श्रेष्ठतासमेत सांस्कृतिक, आर्थिक र राजनीतिक शक्ति हासिल गर्ने माध्यम बन्यो । यी साधनहरू ‘उच्च जात’का सदस्यहरूले सधैं सचेत रूपमा प्रयोग गर्छन् भन्ने होइन । अधिकांश अवस्थामा सामाजिक सम्बन्धहरूको खाका अर्थात सामाजिक संरचना नै ‘उँचनीच’लाई वैधानिकता दिने प्रकृतिको बन्दै जान्छ र त्यसैमा आधारित दैनन्दिनी व्यवहारले उक्त संरचना झन्–झन् सबल बन्दै जान्छ । अर्थात् यस्तो प्रणालीको सिर्जना हुन्छ, जसले यो संरचनामा हार्छन् र गुमाउँछन्, तिनले समेत त्यो संरचनालाई वैधानिक मान्न थाल्छन् । महिलाले पुरुषको, दलितले ‘उच्च जात’को आदि प्रधानता लामो कालसम्म स्वीकारिरहनुको पछाडि यही आधिपत्यको संरचना जिम्मेवार छ ।

    हाम्रो जीवन एउटा निश्चित प्रकृतिको राज्य संरचनाभित्र सञ्चालित हुन्छ । यो राज्य संरचनाले समेत जातजातीय, लैङ्गिक आदि प्रधानतालाई आडभरोस दिएको स्थितिमा उक्त आधिपत्यको संरचना अत्यन्तै सबल बन्छ ।

    अचेल राजनीतिक दलहरू एकदमै शक्तिशाली भएका छन् । महत्त्वपूर्ण कुरा के हो भने दलहरू एकअर्कासित प्रतिस्पर्धा गर्दैनन्, बरु निजी र सरकारी निकायहरूको स्रोत दोहन गर्न साँठगाँठ गर्छन् । उनीहरू आफू–आफूबीच र व्यापारी र अन्य समूहहरूसित मिलेर ‘कार्टेलिङ’ गर्छन् । यसबाट अन्तत: गुमाउने आम जनताले नै हो । राजनीतिक दलहरूले आकर्षक र महत्त्वपूर्ण सरकारी पदहरू आपसमा भागबन्डा गर्नु सामान्य बनेको छ । कतिसम्म भने सांसदको पदसमेत सबभन्दा धेरै पैसा चन्दा दिनेलाई बेचिएका बग्रेल्ती समाचार आउँछन् । व्यावसायिक पदहरूमा योग्य र सक्षमलाई हैन, दलप्रति निष्ठा राख्ने र असक्षमहरूलाई नियुक्त गरिने संरचना खडा गरिएको छ ।

    ‘उँचनीच’को सम्बन्ध मुलुकभित्र मात्र सीमित छैन । हाल ‘उँचनीच’को संरचना र शक्तिको स्रोत वर्तमान पुँजीवादी विश्व संरचनासँगै गाँंसिएको छ । यो विश्व ऐतिहासिक संरचनाभित्र हामी सबै छौं । र यो संरचनाभित्र बलिया, बीचका र निर्धा मुलुक र वासिन्दा अटाएका छन् । बलियाले निर्धाको अल्पशक्तिसमेत सकेसम्म आफूतिर खिचेर लग्छन् । निर्धाहरूलाई आफ्नो भविष्य निर्माण गर्न कठिन बनेको छ ।

    सार्वजनिक बुद्धिजीवीले यी सबै शक्तिका क्षेत्र र प्रवृत्तिहरूबारे सूचना संकलन गर्छन् र तिनको विश्व ऐतिहासिक दृष्टिकोणबाट संश्लेषण गरेर सार्वजनिक गर्छ । र निर्धाहरूको जीवन किन संकटमय छ, उक्त कुरा खुलाउँछ ।

    वर्तमान राजनीतिक अवस्था र सार्वजनिक बुद्धिजीवी
    निरंकुश शक्तिले अधिकारको दुरुपयोग, भ्रष्टाचार र अन्याय अतिशय बढाउने भएकोले लोकतन्त्रमा शक्तिशालीहरूमाथि प्रश्न उठाउनु अत्यन्त महत्त्वपूर्ण हुन्छ । यस अतिरिक्त लोकतन्त्रले आम नागरिकलाई शक्तिशाली संरचना र व्यक्तिहरूलाई प्रश्न गर्ने अधिकार दिन्छ भन्ने बुझेर त्यसलाई व्यवहारमा उतार्न जरुरी छ । सबैजसो मुलुकमा र सधंैजसो शक्तिशाली व्यक्तिहरूले शक्तिको दुरुपयोग गर्नेमात्र हैन, तुलनात्मक रूपमा कम शक्ति भएकाहरूलाई हानि पुर्‍याउँदै आफ्नो स्वार्थसिद्ध गर्छन् । शक्तिको यस्तो केन्द्रीकरणको प्रयोग राजनीतिक, आर्थिक, सांस्कृतिक, वैचारिक र सैनिक क्षेत्रको एउटा सानो झुन्डले गर्छ । राज्य, अर्थव्यवस्था, देश र जनताको वर्तमान अनि भविष्यलाई गम्भीर नकारात्मक असर पार्नसक्ने यो शक्ति मुख्यतया सरकारको मातहतमा हुन्छ । अहिले हाम्रो मुलुकमा त्यस्तो शक्ति राजनीतिक दलका मुठ्ठीभर नेताहरूको हातमा छ । तिनले आफ्नो तजबिजमा आमजनता र कतिसम्म भने निर्वाचित जनप्रतिनिधिहरू माथिसमेत प्रयोग गर्छन् । हाल सांसदहरूसमेत दलका मुख्य नेताहरूसामु दास त नभनौं बँधुवासरह बनेका छन् । शक्ति आज मुठ्ठीभर राजनीतिक मठाधीशहरूको कब्जामा छ । हामीलाई यो पनि थाहा छ, निरंकुश शक्तिले अत्यन्त भ्रष्ट बनाउँछ ।

    तर कुरा यतिमै टुङ्गिँदैन । बहुदलीय लोकतन्त्रका लागि आन्दोलन गर्दा मुख्य राजनीतिक दलहरूले प्रतिस्पर्धा गर्नुको साटो साँठगाँठ गर्न सक्छन् भन्ने हामीलाई हेक्कै भएन । उनीहरूले मिलीभगतमा नीति बनाउने र राज्यका साधनस्रोतबाट बाँडीचँुडी खाने अवस्था ल्याउलान् भन्ने पनि हामीलाई थाहा भएन । केही अवधिका लागि भए पनि राजनीतिक दलहरूले सार्वजनिक निकायहरूलाई अवैध रूपमा आफ्नो आधिपत्यमा राख्छन् भन्ने पनि हामीलाई थाहा भएन । सरकारले कानुनी, राजनीतिक र आर्थिक प्रभाव पार्नसक्ने निकायहरूमा व्यावसायिक दक्षतालाई तिलाञ्जली दिनेछन् भन्ने पनि हामीले जानेनौं । नागरिक समाज लगायत लोकतन्त्रलाई बलियो बनाउने सबैजसो सार्वजनिक निकायहरूको स्वायत्ततामाथि प्रहार हुनेछ भन्ने पनि हामीलाई हेक्का भएन । सार्वजनिक अगुवाइका कार्य र उद्यमशीलतालाई समेत मारमा पारिनेछ भन्ने पनि हामीलाई थाहा भएन । दलीय भागबन्डाको रापताप अन्तर्गत बौद्धिक चोरी गर्नेलाई नेपालको सबभन्दा ठूलो विश्वविद्यालयको नेतृत्व सुम्पिनेछन् भन्ने पनि हामीले जानेनौं ।

    यसैले गर्दा आज नेपालको राजनीतिक वृत्तमा गहिरो नागरिक राजनीतिक विरोधाभास छाएको छ । हामीकहाँ लोकतन्त्रमा आलोचनात्मक स्वरहरू सहज रूपले बोलिउन् र सुनिउन् भनेर कानुनी रूपमै व्यवस्था गरिएको छ । तर यहीँ राजनीतिक दलको समानान्तर संरचना पनि छ, जसले संविधान र कानुन बमोजिम सुन्ने, हेर्ने र काम गर्ने जिम्मेवारी झन्डै अस्वीकार गरेको छ । कानुनलाई निकम्मा बनाउने र राजनीतिक दलबाट हुने मिलीभगत र बढ्दो दोहनकारी अभ्यासलाई आम ठानिन थालेको पाइन्छ । सरकारले चलाएको सामाजिक सञ्जालमार्फत उजुरी गर्न सकिने ‘हेलो सरकार’ सार्वजनिक क्षेत्रका समस्याको समाधान गर्ने हैन, बोधार्थ दिने थलो बन्न पुगेको छ । प्रधानमन्त्री लगायत उच्च प्रशासकहरू आदेश दिएको भान पार्छन्, तर काम फत्ते गर्दैनन् । परिणामलाई हैन, रीतिलाई बढावा दिइन्छ । यो हाम्रो संविधानको सारको सर्वथा विपरीत छ । खास गरेर युवा पुस्ता यसबाट रुष्ट बनेका छन् ।

    हस्तक्षेपका मुख्य एजेन्डा
    नेपालमा हाल सार्वजनिक बुद्धिजीवीको हस्तक्षेपको लागि सम्भवत: सबभन्दा महत्त्वपूर्ण एजेन्डा ऐतिहासिक रूपले खडा रहेको जन्मजात राजनीतिक र सांस्कृतिक असमानताको गहन वर्णन, विश्लेषण र राजनीतीकरण हो । जन्मजात असमानता लोकतन्त्र र पुँजीवाद दुवैका शत्रु हुन् । यही कारणले गर्दा नै आज पुँजीवादी, लोकतान्त्रिक र जातीय आन्दोलनहरू सशक्त बनेका पनि हुन् । सार्वजनिक बुद्धिजीवीले यी आन्दोलनहरूको साथ दिनुपर्छ । यस्तो असमानताका कैयौं आयाम छन् । जस्तै– वर्गीय, लैङ्गिक, जातीय, सहरी र ग्रामीण आदि । यीमध्ये सबैभन्दा जरुरी संघर्ष दलित र छुवाछूत विरुद्धको हो । अर्कोतिर मधेसी–पहाडे पहिचान विरुद्धको लडाइँ पनि सार्वजनिक बुद्धिजीवीका लागि खोजी र राजनीतीकरणको महत्त्वपूर्ण विषयमा पर्छ । सोही सघनता र रफ्तारमा मधेसी माथिका असमानताहरूको विश्लेषण र निराकरण गरिनुपर्छ ।

    दोस्रो मुद्दा, समानता र विभेदहीनता लागु गर्नका लागि आवश्यक हुने मानवीय क्षमता अभिवृद्धिका पूर्वाधारहरू— खासगरी महिला–पुरुष, जातजाति, गाउँले–सहरिया आदि नेपालमा बसोबास गर्ने सबैका लागि प्राप्य हुनुपर्छ । यो मोर्चामा ढिलाइ गर्नैहुन्न । साथै स्थापित वर्गीय संरचनालाई उच्च ध्यान दिँदै हाल मौज्दात जातजाति र लैङ्गिक समूहहरूभित्रै सकारात्मक विभेदलाई निखार्नुपर्छ । यस बाहेक सकारात्मक विभेदलाई अस्थायी र निश्चित समयसम्म मात्र लागु हुने नीति नभई सामाजिक लोकतान्त्रिक पुँजीवादी व्यवस्थाको स्थायी रणनीतिको रूपमा अख्तियार गरिनुपर्छ । यसो गर्नु किन जरुरी छ भने पुँजीवादले सफल र असफल दुवै खाले व्यक्ति र समूहहरू जन्माउँछ । सफलता र असफलतालाई व्यक्तिगत प्रयास र प्रतिबद्धताको परिणामको रूपमा मात्र हेरिनु हुँदैन । बरु वर्गीय र अन्य सम्पन्नतालाई व्यक्तिगत चरित्र र प्रतिबद्धताको प्रतिफलको रूपमा मात्र नभई पुँजीवादी प्रक्रियाभित्रको अन्त्यहीन र उतार–चढाव सहितको शृङ्खलाको परिणामको रूपमा व्याख्या गरिनुपर्छ । सकारात्मक विभेदलाई धेरैको सुख र मानवीय क्षमता बढाउने रणनीतिको रूपमा व्याख्या गरिनुपर्छ । उच्च मानवीय क्षमता र सुख प्राप्त भएमा त्यसले सबैका लागि उच्च तहको सामुहिक समृद्धिको ढोका खोल्छ । यी मुद्दाको राजनीतीकरण गरेर सार्वजनिक संवाद बहसको विषय बनाइनुपर्छ ।

    तेस्रो, माथि उल्लेखित मुख्य एजेन्डालाई विद्यमान पहिचान सम्बन्धी राजनीतिक समस्याको समाधान खोज्ने कामलाई मुख्य एजेन्डा बनाउनुपर्छ । एकल र सधैं स्थिरझैं रहने पहिचानमाथि निरन्तर र जब्बर प्रश्न उठाउनुपर्छ । मुलुकको संघीयकरणको एजेन्डालाई एकल र सधंै स्थिरझैं रहने जैविक पहिचानबाट अलग्याउनुपर्छ । पुरातन र अझै निकै हदमा कायम रहेको जातवाद र हाल केहीले वकालत गरिरहेको जातिवाद एकै सिक्काका दुई पाटा हुन् भन्न हिच्किचाउनु हुँदैन । दुवैको नाभी एकै विन्दुमा गएर जोडिन्छ । एकातिर समानता अनि विभेदहीनतामा र अर्काेतिर जैविक रंगभेदमा आधारित संघीयताका बीचमा प्रस्ट र अभेद्य भिन्नता रहेको तथ्य आत्मसात गराइनुुपर्छ । उता जातीय र अन्य विभेद विरुद्घ सम्झौताहीन संघर्ष जारी राख्नुपर्छ । भारतीय, चिनियाँ र विश्वको नेपालप्रतिको निर्माणाधीन र बढ्दो लगावलाई समेत मध्यनजर गर्दै जैविक पहिचानमा आधारित संघीयतालाई नकार्नुपर्छ ।

    चौथो, माओवादी राजनीतिको बचेखुचेको नयाँ जनवादी राजनीतिक, आर्थिक र सांस्कृतिक व्यवस्था र एकदलीय जातीय आत्मनिर्णय सहितको व्यवस्थालाई माथि उल्लेखित तीनवटा बँुंदामा टेकेर गम्भीर प्रश्न गरिरहनुपर्छ । र उत्पादनमूलक रोजगारी, आर्थिक वृद्धि र पुन: वितरणमा जोड दिइरहनुपर्छ । त्यसैको अर्को पाटो बुर्जुवा लोकतान्त्रिक संक्रमण पुरा भएको र मुलुक समाजवाद उन्मुख संविधान लागु गर्ने चरणमा रहेको भन्ने मूल्यांकनलाई झुठो ठहर गरिनुपर्छ ।

    यहाँ ‘समाजवाद’को दुई भिन्नाभिन्नै काल्पनिकीहरूको चर्चा गर्नु आवश्यक हुन्छ । पहिलो ‘समाजवाद’को काल्पनिकी माक्र्स र एङ्गेल्सद्वारा प्रतिपादित समाजवाद हो । (लेनिन, स्टालिन, माओ आदिको समाजवाद भने माक्र्स–एङ्गेल्सको समाजवादको काल्पनिकीको अत्यन्त भ्रष्टीकृत रूप हो) । यो खाले समाजवाद निजी स्वामित्व, पुँजी र नाफाको संरचनाको अन्त्यपछि मात्रै स्थापित हुनसक्छ । दोस्रो, ‘समाजवाद’ सामाजिक लोकतान्त्रिक समाजवाद हो । यो समाजवाद भने निजी स्वामित्व, पुँजी र नाफामा अर्थात पुँजीवादी प्रणालीमा नै आधारित रहन्छ । तर यसले पुनर्वितरणमाथि बलियो जोड दिन्छ र यो हतियार प्रयोग गरेर आर्थिक, राजनीतिक र सांस्कृतिक समानता लागु गर्ने प्रयत्न गर्छ । तर हाल नेपालमा मूलत: पुँजीवादी प्रणाली नै लागु गर्ने तर त्यसो नगरेको ढोंँग गर्ने चलन प्रबल छ । चाहे त्यो ‘कम्युनिष्ट’ पार्टीहरूमा होस् वा अन्यमा । हालको विशिष्ट विश्व ऐतिहासिक परिस्थितिभित्र पुँजीवादी प्रणाली श्रेष्ठ हो र यो प्रणाली हुर्काउन सक्दामात्रै दोस्रो खाले सामाजिक लोकतान्त्रिक समाजवादको कल्पना गर्न सकिन्छ भन्नसक्ने आँट दलहरूमा पलाएन । पहिलो खाले पुँजीवादको अन्त्यपछिको समाजवादको कल्पना हाल गर्न सकिन्न भन्ने ह्याउ पनि ‘कम्युनिष्ट’ लगायत अन्य पार्टीमा देखिएन । यसैले पनि नेपालका सार्वजनिक बुद्धिजीवीहरूले तत्कालै राजनीतिक दलहरूलाई सामाजिक लोकतान्त्रिक पुँजीवादको दिशातिर अग्रसर हुन झकझक्याउने उद्देश्यसाथ राजनीतिक–आर्थिक बहसलाई घनिभूत बनाउनुपर्छ ।

    चौथो, आजको नेपालमा सार्वजनिक बुद्धिजीवीले राजनीतिक दलहरूको खरो आलोचना गर्नु जरुरी छ । उक्त आलोचनाका दुई पाटा हुनुपर्छ । पहिलो, राजनीतिक दलको अवैध आधिपत्यले सिर्जना गर्ने नकारात्मक असरबारे अझ बढी खोतल्नु र त्यसको सशक्त आलोचना गर्नु । दोस्रो, दलहरू बीचको साँठगाँठले निम्त्याएका परिणामबारे सूचना संकलन गरी त्यसको विश्लेषण र विरोध गर्नु । यी दुवै प्रक्रियाको जरो एउटै छ, त्यो हो स्रोतको दोहन । अर्थात हाल दलहरू हल्ला नगरी साधनस्रोतको दोहन गर्दै आधिपत्य जमाउन माहिर भएका छन् । सार्वजनिक बुद्धिजीवीले यस्तो स्रोत दोहनसँग सम्बन्धित विषयहरूमा केन्द्रित हुनुपर्छ र त्यसलाई उजागर गर्दै सार्वजनिक गर्नुपर्छ । यस्तो सार्वजनिकीकरणले आम जनतालाई राजनीतिकृत तुल्याउँछ । र त्यसको निष्कर्षमा टेकेर उनीहरूलाई आफ्ना कदम चाल्न प्रेरित गर्छ । यस्ता सोच र क्रियाकलापले राजनीतिक दलहरूलाई उनीहरूको सदस्यबाट उठ्ने बाहेक अन्य सरकारी, सार्वजनिक, निजी र अन्य स्रोतहरूबाट अलग्याइदिन्छ ।

    अन्त्यमा, सार्वजनिक बुद्धिजीवीले नेपाललाई बृहत्तम दायरा र सघनताका साथ असर पार्ने विश्वव्यापी र क्षेत्रीय परिवर्तन र उथलपुथलबारे घनिभूत रूपमा विश्लेषण गर्नुपर्छ । विगत २५ वर्षमा हाम्रो आन्तरिक द्वन्द्वका कारण त्यस्तो विश्लेषण गर्ने कुरामा हामी चुकेका छौं । अब ढिलो नगरी यो कमीलाई सच्याउनुपर्छ । भारत र चीनको उदय, त्यसबाट हामीले पाउनसक्ने अवसरका साथै त्यो उदयबाट बढ्ने जोखिमको सूक्ष्म विश्लेषण अत्यन्त जरुरी छ । नेपाल अब कुनै पिछडिएको र रोकिएको समयमा गुज्रिरहेको मुलुक रहेन । यो त दुई आर्थिक महाशक्ति बीचमा रहेको मुलुक बनेको छ । विश्वमा आइरहेको यो युगान्तकारी परिवर्तनले नेपालबाट खोजेको रणनीति अब बहसको विषय बन्नुपर्छ । हामी हाम्रो समय र स्थानबारे धेरै नै सचेत र जानकार हुनु जरुरी छ । यसो नहुँदा भने हाम्रो भविष्यचेत खुल्दैन र हामी कुहिरोको काग बन्ने निश्चित हुन्छ ।

    ekantipur

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शनिबार, बैशाख ३०, २०७४ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा
    शायद गाउँ सुनसान भएछ !
    हिउँपात हुँदाको एक बिहान
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.