- विकास समृद्धि सबैका साझा नारा
गोरखा समाचारदाता
स्थानिय तहको निर्वाचन हुन करिव ४८ घण्टा बाँकी हुँदा सम्म गोरखाका दलहरु आ–आफ्नो प्रर्दशन जारी राखे । बुधवार सम्म घर दैलो अभियानमा व्यस्त राजनितिक दल र तिनका उम्मेदवारहरुले बिहीबार भने दिन आम सभा र जुलुस निकालेर आफ्नो शक्ति प्रर्दशन गरे । जिल्लामा रहेका शीर्ष नेता सहित सडकमा निस्केका उम्मेदवार र तिनका कार्यकर्ताले चर्का नाराबाजी गर्दै नगर परिक्रमा गरेका थिए ।
११ वटै स्थानिय तहमा विहिबार दलहरुले शक्ति प्रर्दशन गरेका थिए । गोरखा सदरमुकाममा शीर्ष ३ दल नेपाली काग्रेस, नेकपा एमाले, माओवादी केन्द्रले जुलुस सहित नगरपरिक्रममा गरेर कोण सभा समेत गरे । कोण सभालाई संबोधन गर्दै उम्मेदवारहरु आफ्नो जित सुनिश्चित भएको दाबी गरेका छन् । सबै भन्दा पहिले नेता कार्यकर्ता सहित नेपाली कांग्रेस पार्टी कार्यलय बाट निकालेको जुलुस बजार परिक्रममा गरी ठुला आँगनमा पुगेर कोण सभामा परिणत भएको थियो ।

सभालाई संबोधन गर्दै नगर प्रमुखका प्रत्यासी राजनराज पन्तले गोरखाको समृद्धि र बिकासका लगि कांग्रेसले आफ्नो उम्मेदवारी दिएको दाबी गरे ।‘मलाई पार्टीले जुन विश्वास गरेको छ, जनताले पनि विश्वास गरे गोरखा नगरपालिकालाई देशकै नमूना नगरपालिका बनाउछु ’ पन्तले भने । साँझ अबेर सम्म कार्यक्रम गरेको एमालेले पनि आफ्नो जित शुनिश्चित भएको दाबी गरेको छ । पूर्व नगरप्रमुख समेत भएका विश्वेश्वर कट्टेललाई उम्मेदवार बनाएको एमाललेले पहिलाका अधुरा कामलाई पुर्णता दिदै, गतिशिल नगरपालिका बनाउने सपना देखेको छ ।

पार्टी कार्यलय चाइनिज धारा बाट निकालेको जुलुस नगरपरिक्रमा गरे पछि हरमटारी चोकमाको कोणसभालाई सम्बोधन गर्दै एमालेका नगरप्रमुखका उम्मेदवार कट्टेलले पुनः आफूलाई मौका दिन नगरबासीलाई आग्रह गरेका थिए ।‘मैले एक पटक काम गरिसकेको छु, पहिलेको अनुभवलाई आधार बनाएर गोरखा नगरको विकास गर्न चाहान्छु’ कट्टेलले भने । उता माओवादी केन्द्रले पनि आफ्नो शक्ति प्रर्दशन गरेको छ । कांग्रेस अघि पछि भएर जुलुस निकालेको माओवादीले सदरमुकाममा चर्का नारा लगाएको थियो ।

दुई पार्टीका कार्यकर्ताका आक्रोशित कार्यकर्ताको भिडलाई मिलाउन प्रहरीलाई हम्मे हम्मे भएको थियो । नेता कार्यकता सहितको जुलुसले बजार परिक्रमा गरेर हरमटारी चोकमा कोण सभामा परिणत भएको थियो । सभालाई सबोधन गर्दै माओवादी केन्द्रका नगर प्रमुखका उम्मेदवार कृष्णरानाले प्राप्त उपलब्धीको सस्थागत गर्दै गोरखा नगरपालिकाको विकास गर्ने दाबी गरे ।‘माओावादी आन्दोलन बाट प्राप्त उपलब्धीको रक्षा गर्दै गोरखा नगरपालिकालाई आधुनिक र समृद्ध नगर बनाउने मेरा योजना छ ।’ रानाले भने ।
बिहिबार अधिकाशं दलहरुले अन्य दश वटै स्थानिय तहमा आफ्नो शक्ति प्रर्दशन गरेका थिए ।



