×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • ५३ मिनेट अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ५ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ८ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • १० घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १० घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ११ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ११ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ११ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

केडिया अपहरणका ‘मास्टरमाइन्ड’ बब्लुको अदालतमै गोली हानी हत्या

  •  
  • बिहिबार, बैशाख २८, २०७४ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    नेपाल प्रहरीले चार वर्षअघि पक्राउ गरेका बब्लु दुवे। फाइल तस्विर

    केपी ढुंगाना

    काठमाडौं—वीरगञ्जका व्यापारी सुरेश केडियाको अपहरणका मुख्य योजनाकार भारतीय अपराधी बब्लु दुबे अदालत परिसरमै मारिएका हुन्। गत वर्ष भएको विरगञ्जका व्यापारी केडियाको अपहरणको अनुसन्धानमा दुबे मुख्य योजनाकार रहेको खुलेको थियो। उनी बिहीबार भारत विहारको बेतिया कोर्ट परिसरमै मारिएका हुन्।

    भारतीय सञ्चारमाध्यम इन्डिया टुडेका अनुसार २ वटा बाइकमा आएका हतियारधारी समूहले उनलाई बेतिया अदालत परिसरमै गोली हानेर मारेका हुन्। उनलाई पाँच राउण्ड गोली लागेको र घटनास्थलमै उनको मृत्यु भएको थियो।

    २ वटा बाइकमा आएका हतियारधारी समूहले उनलाई बेतिया अदालत परिसरमै गोली हानेर मारेका हुन्। उनलाई पाँच राउण्ड गोली लागेको र घटनास्थलमै उनको मृत्यु भएको थियो।

    नेपालमा लुकेर बसेका उनलाई चार वर्ष अगाडि काठमाडौंको सितापाइलामा पक्राउ गरी भारत बुझाइएको थियो। उनले भारतको कारागारबाट समूह परिचालन गरेर वीरगञ्जका व्यापारी केडियाको अपहरण गरेर भारत पुर्‍याएका थिए। २०७३ जेठमा अपहरणका परेका केडियालाई नेपाल र भारत प्रहरीको संयुक्त प्रयासमा भारतमै अपहरणमुक्त गरेर नेपाल ल्याइएको थियो।

    अनुसन्धानमा चञ्चला पाण्डे, वीरेन्द्र यादव, जियालाल यादव लगायत पाँच जना पक्राउ परेपछि बब्लुको योजनामा चञ्चलाले केडियाको अपहरण गरेर भारत पुर्‍याएर बन्धक बनाएको खुलेको थियो। बब्लु भारतीय जेलमा रहेकाले उनी अनुसन्धानको दायरामा आएनन्।

    रोचक के छ भने भारत पूर्वी चम्पारण मोतिहारीका बब्लु ४ वर्ष अगाडि नेपालमै पक्राउ परेका अपराधी हुन्। भारतीय सुरक्षा अधिकारीको मोष्ट वान्डेट सूचीमा रहेका उनी नेपालमा लुकेर बसेको भारतीय सुरक्षा अधिकारीको सूचनाको आधारमा अञ्चल प्रहरी कार्यालय नारायणीको प्रहरी टोली काठमाडौं आएर उनलाई पक्राउ गरेको थियो।

    विहारको कुख्यात अपराधी भारतीय कुख्यात अपराधी शन्तोष झाका मुख्य सहयोगी बब्लुमाथि भारतमा हत्या, अपहरण र रकम असुलीका ३६ घटना दर्ता थियो। भारतीय प्रहरीले खोजी शुरु गरेपछि नेपालको वीरगञ्जमा आएर बसेका उनी २०७० जेठ १५ मा सितापाइलाको एक अर्पाटमेन्टबाट पक्राउ परेका थिए।

    नेपालमा रहँदा उनले वीरगञ्जका व्यापारीहरुलाई फोनमार्फत धम्क्याएर रकम माग्ने गरेको दावी गरिए पनि पक्राउ लगत्तै उनलाई भारत लगिएको थियो। प्रहरीले उनीविरुद्ध नेपालमा आपराधिक घटना दर्ता नभएको भन्दै सार्वजनिक अपराधमा केही दिन बारा प्रहरीको हिरासतमा राखेर अनौपचारिक रुपमा भारतीय प्रहरीलाई बुझाएको थियो।

    हिन्दुस्तान टाइम्सका अनुसार उनीविरुद्ध विहारमा ७० आपराधिक मुद्दा थिए। नेपालले बुझाएपछि विहार प्रहरीले उनीविरुद्ध जवाहर साहको हत्या मुद्दा अघि बढाएको थियो। अदालतमा सो मुद्दामा सुनुवाई चलिरहेको थियो। बिहीबार सुरक्षा घेरामा उनलाई अदालत पुर्‍याइएको थियो।

    अदालत परिसरमा गोली लागेर उनी ढलेपछि उपचारका लागि महारानी जानकारी कुँवर अस्पताल पुर्‍याए पनि चिकित्सकले उनको मृत्यु भइसकेको घोषणा गरेका थिए। उनको हत्यामा प्रतिष्पर्धी समूह संलग्न रहेको भारतीय सुरक्षा अधिकारीलाई उदृत गर्दै भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।

    nagariknews

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बिहिबार, बैशाख २८, २०७४ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.