- घ्याचोकको धनसिरामा सुख्खा पहिरो बाटो खन्दै गरेको एक्साभेटर परीयो, चालकको तिन घण्टा पछी उद्वार
कैलासबावु श्रेष्ठ/गोरखा
बैशाख २८ गते । सिरानचोक गाउँपालिका १ साविकको घ्याचोक ८ को धनसिरामा नयाँ बाटो खन्ने क्रममा सुख्खा पहिरो जादाँ एक्साभेटर पुरीएको छ । ठुलठुला ढुङ्गा र माटोले पुरीएको उत्त मेशिनका चालकलाई ३ घण्टाको अथक प्रयास पछी सकुसल उद्वार गरीएको धनसिरा माविका शिक्षक बिरबहादुर गुरुङ्गले टेलिफोन मार्फत जानकारी दिए ।

एक्साभेटरका चालक टेन्जिङ तामाङ्गलाई स्थानिय र मतदान गराउन पुगेको नेपाल प्रहरी र सशत्र प्रहरीको टोलीले ३ घण्टाको अथक प्रयास पछी सकुसल उद्वार गर्न सफल भएका थिए । चालक तामाङ्गलाई भिर माथीबाट आएको ढुङ्गा र माटोले पुरेको थियो ।

सबै जनाको सहयोगमा ३ घण्टा लगाएर उद्वार गरयौ भन्नु हुन्छ शिक्षक गुरुङ्ग । चालकको देब्रे खुट्टामा सामान्य चोट लागेको छ । उद्वार पूर्व चालकले बचाउ बचाउ भन्दै कराएको थियो । उद्वारकर्ताहरुले गल, गैचे, धन र छिनोले एक्साभेटर माथी रहेको ढुङ्गा हटाए पछी मात्र चालकको उद्वार भएको थियो ।
उद्वार गरीएको चालकको घटना स्थलमा नै प्रार्थमिक उपचार गरीएको थियो । सुख्खा पहिरोका कारण एक्साभेटरमा क्षेती पुगेको छ । चालक बस्ने कक्ष पुर्ण रुपमा क्षेती भएको छ ।

तस्बिर सौजन्य बिर बहादुर गुरुङ्ग





















