×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • २ घण्टा अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ६ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ९ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • १० घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ११ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ११ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ११ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • १२ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

हेलीको बिकल्प छैन : आयुत्त पौडेल

  •  
  • बिहिबार, बैशाख २८, २०७४ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    कैलासबावु श्रेष्ठ/गोरखा
    बैशाख २८ गते । निर्वाचन आयोगका निर्वाचन आयुत्त ईश्वरी प्रसाद पौडेलले गोरखा जिल्लाको भौगोलिक अवस्थालाई हेर्ने हो भने स्थानिय निर्वाचन सम्पन्न भए पछी मतदान केन्द्रबाट सुरक्षित रुपमा मतगणना स्थल सम्म मत पेटीका ल्याउन हेलीकप्टरको ब्यवस्था गनुपर्ने भन्दै अर्को बिकल्प नभएको बताए ।
    शुन्य समय शुरुहुनु १२ घण्टा अगाडी गोरखा सदरमुकाम आई पुगेका आयुत्त पौडेलले सहभागी राजनैतिक दल, पत्रकार र निर्वाचन संग सम्वन्धीत सबैको कुरा सुनि सके पछी जिल्लाको विकट स्थान देखी मतगणना स्थल सम्म मतपेटीका ल्याउनका लागी हेलिकप्टर आवश्यक रहेको बताए थिए । ‘तपाईहरु निर्णय गरेर पठाउनुस म गएर पहल गर्ने छु’ आयुत्त पौडेलले बताए ।

    Niwachan chalfal 3
    गोरखा जिल्ला संग जोडिएको धादिङ्गका लागी मतपेटीका ल्याउन हेलिकप्टर दिने निर्णय भै सक्दा गोरखामा त्यसो हुन नसकेको भन्दै राजनैतिक दलका प्रतिनिधी, पत्रकार र स्थानिय निर्वाचन संग सम्वन्धीत सरोकारवालाहरुले हेलीको माग गरेका थिए ।

    Niwachan chalfal 1
    कार्यक्रममा बोल्दै निर्वाचन सुरक्षा स्थिती, कर्मचारी खटनपटन र निर्वाचन सामाग्री तथा जिल्लाको समस्याको बिषयमा बुझन आएका आयुत्त पौडेलले बिषम परिस्थितीमा आयोगले निर्वाचन गराउनु पर्दा केही असजिलो भएको बताए । ‘घरमा केही पनी नभएको बेला छोरा छोरीको बिहे गर्न लागेको जस्तो भयो’ भन्दै राजनितिक दललाई ‘भय मुक्त बातावरणमा निर्वाचन गराउन सहयोग गर्न’ आग्रह गरेका थिए ।

    Niwachan chalfal 2
    ‘आयोगलाई १ सय २० दिन को तयारी चाहिन्थ्यो । तर पनि हामीले ८३ दिनमा नै निर्वाचन गराउन सक्छौ भन्नुको पछाडी यो ऐतिहासीक अवशर भएको’ आयुत्त पौडेलले बताए । ४ नम्बर प्रदेशको जिम्मा पाएका पौडेल विभिन्न जिल्ला हुदै गोरखा आएका थिए । उनी गोरखा पछी तनहुँ हुदै स्याङ्गजामा पनी निर्वाचनको तयारीका बिषयमा जानकारी लिन जाने कार्यक्रम छ ।

    • हेलीको ब्यवस्था नभए चुनाव गराउन सकिन्न : मुख्य निर्वाचन अधिकृत पौडेल

    कार्यक्रममा जिल्ला न्यायधिश एवं मुख्य निर्वाचन अधिकृत बसन्तराज पौडेलले जिल्लाको भौगोलिक अवस्थामालाई मध्येनजर गर्दै धार्चे र चुमनुब्री गाउँ पालिकाको मतपेटीका मतगणना स्थल सम्म ल्याउन हेलीकप्टरको ब्यवस्था नहुने हो भने चुनाव गराउन नसक्ने बताए ।
    साविकको १४ गाउँ बिकास समिती अर्थात अहिलेको चुम नुब्री र धार्चेगाउँ पालिकामा २० मतदान केन्द्रको मत पेटीका मतगणना स्थल सम्म ल्याउन कर्मचारीलाई अप्ठ्यारो तथा मतपेटीका सुरक्षित ल्याउन नसक्ने भन्दै हेलिकप्टरको ब्यवस्था गरीदिन आग्रह गरेका थिए । मुख्य निर्वाचन अधिकृत पौडेलले मतदाताको परिचय पत्र हराएको वा नासिएको खण्डमा मतदान गर्न पाउने वा नपाउने ? र निर्वाचनका लागी सबै कर्मचारी सम्वन्धीत स्थानमा खटी सकिएको अवस्थामा उनीहरुलाई दिनुपर्ने निर्देशन कसरी कर्मचारी समक्ष पुरयाउने भन्दै त्यसको सही ब्यवस्थाका लागी समेत निर्वाचन आयोगले निर्णय लिईदिन तथा जिल्लामा मतदाता शिक्षा प्रभावकारी नभएको गुनासो गरेका थिए ।

    • जिल्लाको सुरक्षा अवस्था कडा पारीएको छ : प्रमुख जिल्ला अधिकारी

    कार्यक्रममा जिल्लाको सुरक्षा अवस्थाको जानकारी दिदै प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले समग्रमा जिल्लाको सुरक्षा अवस्था शान्ति पुर्ण रहेको भन्दै राजनैतिक दलको केही दिनको गतिविधीले सुरक्षा चुनौती बढेकोले बुधबार साँझ देखी जिल्लाको सुरक्षा अवस्थामा कडाईगरीएको जानकारी गराएका थिए ।
    कार्यक्रममा प्रजिअ बस्नेतलले ‘एकिकृत सुरक्षा योजना बनाएर सुरक्षाकर्मीलाई परिचालन गरीएको’ जानकारी दिदै ‘ २ सय १३ मतदान केन्द्रको २ सय ६० मतादान स्थलको सुरक्षा डोमिनेशन गरी सकिएको, शसत्र प्रहरीलाई सबै मतदान केन्द्रमा पुग्ने गरी विभिन्न स्थानमा बेस क्याम्प खडा गरीएको, नेपाली सेना द्वारा गस्ती तथा पेट्रोलिङको काम भै रहेको’ जानकारी गराएका थिए ।
    यसै बिच उत्तरी क्षेत्रमा मतदानकेन्द्रमा खटीएका २ कर्मचारी मतदान केन्द्रमा जाने क्रममा १ जनाको खुट्टा भाँचिएको र अर्को १ जनाको खुट्टा मर्किएर जान नसकेको बताए । निर्वाचन आयुत्त समक्ष प्रजिअ बस्नेतले पनि उत्तरी क्षेत्रको २० मतादान केन्द्रको मतपेटीका सुरक्षित गरेर मतगणना स्थल सम्म ल्याउन हेलिकप्टर नै चाहिने भन्दै त्यो नभए मतपेटीका सुरक्षित राख्न नसकिने कुरा राखेका थिए ।
    जिल्लामा रहेको कुल २ सय १३ मतदान केन्द्र मध्ये अति संवेदन शिल ६८, संवेदनसिल १ सय ३३ र सामान्य १२ भएको समेत कार्यक्रममा जानकारी गराउदै दलिय अस्वथ्य प्रतिस्पर्धा तथा एउटै दलबाट फुटेर बनेको नयाँ पार्टीका कारण निर्वाचनको मतदान केन्द्र असुरक्षित भएको बताए ।

    • बैठकमा सहमती अनु कार्यस्थलमा झडप : अनुगमन टोली

    स्थानिय निर्वाचन अनुगमनका लागी निर्वाचन आयोगबाट आएको अनुगमन टोलीका एक सदस्यले राजनैतिक दलहरु बैठकमा बस्दा अब देखी कुनै पनि अबान्छित गतिविधी नगर्ने भनी सहमती गर्छन तर कार्य स्थलमा झडप गर्ने गरेको पाईएको अनुभव सुनाएका थिए ।
    एक साता लामो अवधीमा २ नगरपालिका सहित केही गाउँपालिकाको अनुगमन निरञ्तर गरी रहेको भन्दै ४० वटा मतदान केन्द्रमा अनुगमन गर्दा त्यस्तो पाईएको जानकारी गराएका थिए । त्यस्तो हुनुमा जिल्ला स्तरको नेतृत्वको कमीकमजोरी भएको भन्दै आफ्ना कार्यकर्तालाई राम्रो संग सूसुचित, संयमित तथा अनुसासित राख्न कोशिस नगर्दा जिल्लामा छिटपुट घटना भएको सार्वजनिक गरेका थिए ।
    नगर भित्र चुनावी गतिविधी अत्याधिक रहेको र कार्यक्रम स्थलका बिषयमा सुरक्षा निकायलाई जानकारी नदिदाँ पनि झडप हुन गएको अनुगमन कर्ताको अनुभव रहेको थियो । अनुगमन टोलीले पनि जिल्लाको भौगोलिक अवस्थालाई मध्येनजर गरी उत्तरी गोरखाको मतपेटीका हेलीमार्फत नै मतगणना स्थल सम्म ल्याउन पहल गर्न निर्वाचन आयुत्त पौडेललाई आग्रह गरेका थिए ।

    • सुरक्षा अवस्था राम्रो हुन आवश्यक छ : राजनैतिक दल

    छलफल कार्यक्रममा सहभागी हुनआएका विभिन्न राजनैतिक दलका प्रतिनिधीहरुले अब सुरक्षा चुनौती बढने भन्दै सुरक्षा अवस्थालाई अझै मजबुत बनाउन आग्रह गरेका थिए ।
    नेपाली काँग्रेसकी कमला पन्तले सुरक्षा अवस्था मजबुत नभए मतदाता मतदान स्थल सम्म पुगेर मतदान गर्न नसक्ने भन्दै त्यस तर्फ बिशेष ध्यान दिन आग्रह गरे । पन्तले तत्कालै शहर देखी गाउँ सम्म पुग्नका लागी कच्ची सडकको अवस्था नाजुक भएको भन्दै १÷२ दिन भित्रै कम्तीमा पनि कच्ची सडकको खाल्डा खुल्डी पुरीदिएर सहज यात्राको लागी पहल गर्न अनुरोध गरे ।
    पन्तले निर्वाचनको मुखमा आएर गोरखाको शसत्र प्रहरी प्रमुख सरुवा गरीएको भन्दै ब्यापक रुपमा असन्तुष्टी पोख्दै ‘के निर्वाचन आयोग यो बिषयमा बेखर भएको हो ? के निर्वाचनको मुखमा सुरक्षा प्रमुखको सरुवा गर्दा आचार संहिता उल्लघंन हुदैन’ भन्दै आयुत्तलाई प्रश्न गरेका थिए ।
    नेकपा एमालेका यादव वस्नेतले शुन्य समय शुरु भए देखी सुरक्षा चुनौती बढने भन्दै तत्कालै सुरक्षाको अवस्थमा सुधार गर्न अनुरोध गरे ।
    यता नयाँ शक्ति पार्टी नेपालका गोरखा जिल्ला संयोजक रमेश पोखरेलले आचार संहिता विपरीत अझै पनी केही पार्टीका नेताहरुले काम गरी रहेको भन्दै कारवाही गर्न अनुरोध गरे । ‘आज पनि गाउँको कच्ची बाटो खन्न मेशिनमा उम्मेदवार नै बसेर काम भै रहेको र मतदातालाई प्रभाव पार्ने गरी अहिले पनि गाउँ गाउँमा सामाग्री संकलन गरी राखीएको’ गुनासो राखेका थिए ।
    कार्यक्रममा सहभागी भएका माओवादी केन्द्रका राजकुमार कोइरालाले भने आफ्ना कार्यकतालाई अहिले पनी गाउँमा कुटपिट गर्ने गरेकोले सुरक्षा ब्यवस्था कडा पार्न अनुरोध गरेका थिए ।
    कार्यक्रममा सुरक्षा, निर्वाचन संग सम्वन्धीत कार्यालयका प्रमुखका साथै पत्रकारहरुको उपस्थिती हरेको थियो ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बिहिबार, बैशाख २८, २०७४ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.