- आजबाट परिचयपत्र वितरण हुने
निर्वाचन सम्पन्न गर्न जिल्लाका १० वटा स्थानिय तहमा मतदान अधिकृत सहितका कर्मचारी पुगेका छन् । गोरखा नगरपालिका बाहेक, हिमालपारीको चुमनुब्री, धार्चे, अजिरकोट, सिरानचोक, सुलिकोट,आरुघाट, गण्डकी, भीमसेन,शहिद लखन गाउँपालिका र पालुङटार नगरपालिकाको सबै मतदान केन्द्र र स्थलमा कर्मचारीहरु पुगेको जिल्ला निर्वाचन कार्यालय गोरखाले जानकारी दिएको छ ।
‘गोरखा नगरपालिकाको ६ वटा केन्द्र बाहेक अन्य सबै ठाउँमा कर्मचारी साथीहरु पुगिसक्नु भएको जानकारी आएको छ ’ जिल्ला निर्वाचन कार्यालयका प्रमुख राजेन्द्र प्रसाद पोखरेलले भने । प्रविधिक कारणले सुचना पाउन कठिन भए पनि सबै ठाउँमा कर्मचारी पुगेको सम्बन्धित स्थानिय तहका निर्वाचन अधिकृतहरुले बताएका छन् । गोरखा नगरपालिकामा खटिएका अधिकाशं कर्मचारीहरुले पनि आवश्यक सामाग्री बुझिसकेका छन् । ‘यहाँ खटिनुभएका साथीहरु पनि आज सबै मतदानकेन्द्रमा पुगिसक्नु हुन्छ ’ पोखरेलले भने ।
यता मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक मतदान अधिकृत गोबिन्द घिमिरेले १५ सय कर्मचारी मतदान स्थलमा पुगिसकेको दाबी गरेका छन् । त्यहाँ पुगेका कर्मचारीहरुले आज बाट फोटो सहितको मतदाता परिचय पत्र बाढ्ने उनले बताए । ‘सबै साथीहरु सम्बन्धित ठाउँमा पुगि सक्नुभएको छ, उहाँहरुले आज बाट मतदाता परिचय पत्र बाढ्न थाल्नुहुन्छ’ घिमिरेले बताए ।
नगरक्षेत्रमा खटिएका अधिकाशं मतदान अधिकृतहरु कार्यालय प्रमुख भएकाले उनीहरु भने आज मात्र जानेछन । बिहिबार विहान १० बजे बाट सुरु हुने मतपत्र बितरणको काम ३ दिन चल्नेछ । ‘निर्वाचनको सबै जसो तयारी सकिएको छ, अब हामी मतदानको प्रतिक्षामा छौ’ घिमिरेले भने । निर्वाचनका दिन उम्मेदवार,परिवेक्षक र संचारमाध्यमले चढ्ने सबारी साधनको अनुमती लिने काम भईरहेको छ ।
निर्वाचनको दिन भने उम्मेदवारले पनि एउटा मात्र सवारी साधन प्रयोग गर्नपाउने छन् । उनीहरुले हलुका चारपाग्रे र दुई पाग्रें मध्ये एउटा रोज्नु पर्ने हुन्छ ।‘अहिले सम्म कस्ले कति सवारी प्रयोग ग¥यो हामीलाई जानकारी आएको छैन्, उजुरी पनि परेको छैन’ घिमिरेले भने ‘ मतदान हुने मुख्य दिन भने अनुमती बिनाका सवारी चल्ने छैनन् ।’


