कैलासबावु श्रेष्ठ/गोरखा
बैशाख २८ गते । बैशाख ३१ गते हुन लागेको स्थानीय तह निर्वाच्नका लागी गोरखाको १ मतदान केन्द्रमा अधिकृत देखी प्रहरी सम्म महिलालाई मात्र खटाइएको छ । जिल्लाको २ सय ६० मतदान केन्द्र मध्ये सदरमुकाममा रहेको १ मतदान केन्द्रमा निर्वाचन अधिकृत, सहायक निर्वाचन अधिकृत, कर्मचारी र प्रहरी सबै महिलालाई खटाइएको हो।
गोरखा सदरमुकामको वल्ड क्यापिटल मावि रानीबनमा महिला मैत्री नमूना मतदान केन्द्र स्थापना गरी महिला मात्रलाई निर्वाचनमा खटाएको हो ।
जिल्ला निर्वाचन कार्यालय गोरखाले दिएको जानकारी अनुसार उत्त मतदान केन्द्रमा मतदान अधिकृत महिला तथा बालबालिका कार्यालयका कार्यालय प्रमुख शुसिला वाग्लेलाई जिम्मेवारी दिएको छ भने सहायक मतदान अधिकृत महिला तथा बालबालिका कार्यालयका महिला तथा बाल बिकास निरिक्षक शारदा ढकाल, र्सिजना रेग्मी र कार्यालय सहयोगी सिता अंगाइलाई, गोरखा जिल्ला अदालतका शुष्मा अधिकारी र जिल्ला प्रशासन कार्यालयका कार्यालय सहयोगी पार्वती बानियाँ पनि सोही मतदान केन्द्रमा खटाइएको छ ।
त्यस्तै गरी सुरक्षाका लागी मतदान केन्द्रमा जिल्ला प्रहरी कार्यालय गोरखा बाट प्रहरी सहायक निरिक्षक एलिना गुरुङ्गको नेतृत्वमा प्रहरी जवान मिनु नेपाली, ज्ञान कुमारी थापा र दिपा राना मगरलाई खटाइएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरिक्षक बिरेन्द्र थापाले जानकारी दिए ।
जिल्लाको १४ मतदान केन्द्रमा महिला लाई मतदान अधिकृत बनाएर पठाइएको भएता पनी जिल्ला सदरमुकाममा नमुनाको लागी अधिकृत देखी सुरक्षा कर्मी सम्म महिलालाई राखीएको बताए जिल्ला निर्वाचन अधिकारीले बताए । यो गोरखाको लागी पहिलो र नयाँ अनुभवका लागी हो जिल्ला निर्वाचन अधिकारी ले जानकारी दिए ।


