कैलासबावु श्रेष्ठ/गोरखा
बैशाख २७ गते । बिगत १३ बर्ष देखी बैशाख पुर्णीमाको दिन पारी गरीदै आएको रोट महोत्सव यस पटक पनी गोरखाको गोरखनाथ गुफामा शुरु भएको छ । चौधौं रोट महोत्सव सिद्वाश्रम शक्ति केन्द्रको आयोजनामा भएको हो ।
बैशाख २७ गते देखी शुरु भएको रोट महोत्सव जेष्ठ ६ गते सम्म सञ्चालनमा आउने छ । ११ दिनमा गुरु गोरखनाथलाई २ लाख २५ हजार ताई रोट अर्पण गरीने आयोजक संस्थाले जानकारी दिएको छ ।

महोत्सवको पहिलो दिन गोरखा बजार देखी शुरु भएको रयालीले बसपार्क, पदेली, ठुलो आँगन, सतिपिपल, रामशाह चौतारो हुदै गोरखा दरर्बारको गोरखनाथ गुफामा पुगेर समापन गरीएको थियो भने गुफा अगाडी झण्डोतोलन समेत गरीएको थियो ।
बर्षेनी देश विदेश बाट आउने श्रद्वालु यस पटक पनी आउने केन्द्रले जनाएको छ ।





























