२७ बैशाख, काठमाडौं । नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले प्रधानमन्त्री प्रचण्डकै सामू गोरखामा माओवादी केन्द्रले आतंक मच्चाएको आरोप लगाएका छन् । उनले प्रचण्डलाई कि सरकार छाडेर युद्ध घोषणा गर्न, कि यस्ता गतिविधि तत्काल रोक्न माग गरे ।
प्रधानमन्त्री प्रचण्डले भने आफ्ना पूर्वसहकर्मी भट्टराईले लगाएको आरोपको खण्डन गरे ।
श्रीमती उम्मेदवार भएपछि श्रेष्ठको सरुवा भयो । अहिले नयाँ शक्तिले आफूमाथि भएको भनिएको आक्रमणसँगै यो सरुवालाई एजेण्डा बनाएको छ ।यो विवादको केन्द्रमा रहेछन् सशस्त्र प्रहरीका गोरखा प्रमुख एवं डीएसपी राजेन्द्र श्रेष्ठ । श्रेष्ठकी पत्नी चेतकुमारी श्रेष्ठ पालुङटार नगरपालिकामा कांग्रेसकी उपमेयर उमेदवार छिन् ।
बुधबार निर्वाचन आयोगले बोलाएको शीर्ष नेताहरुको बैठकमा पनि भट्टराईले माओवादीतर्फ संकेत गर्दै सत्तारुढ दलले आतंक मच्चाएको आरोप लगाए ।
जवाफ दिने क्रममा प्रचण्डले भट्टराईको आरोपको खण्डन मात्र गरेनन्, सरुवाको कारण खोले । गोरखा घटनाबाट ठाडो हस्तक्षेप भयो भन्ने सत्य होइन भन्दै उनले केही समयअघि हतियारधारी समूह खैरेनीबाटभित्र प्रवेश गरेको र सुरक्षा निकायमा चेक नगर्न भनिएको सूचना आएको सुनाए । उनले भने, पछि के बुझियो भने सशस्त्रको डीएसपीको श्रीमती आफैं उपमेयर रहेछन् ।’
उनले अघि भने, ‘श्रीमती उम्मेदवार हुने, श्रीमानले सुरक्षा दिने मिलेन भनेर सरुवा गरिएको हो ।’
तर, प्रचण्डको बोली भूईमा खस्न नपाउँदै भट्टराईले त्यसको खण्डन गरे । श्रीमती उम्मेदवार हुँदैमा सरुवा गर्न नहुने भन्दै उनले भने, होइन भने प्रधानमन्त्रीका परिवारका सदस्य, आफन्त पनि लड्नुभएन ।’
onlinekhabar


