गोरखा समाचारदाता
नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा गोरखाले गोरखा अस्पताललाई एक थान पानी शुद्धिकरण गर्ने मेसिन सहयोग गरेको छ । विश्व रेडक्रस दिवसका अवसरमा अस्पतालमा आयोजित एक कार्यक्रमका विच नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा गोरखाका सभापति भगवान बाबु मास्के गोरखा अस्पतालका सुपरिटेण्डेण्ट डाक्टर श्रीराम तिवारीलाई हस्तान्तरण गरेका हुन ।
२१ हजार मुख्य पर्ने उक्त मेसिनले पिउने पानी उपलब्ध गराउन मद्दत पुग्ने अस्पतालले विश्वास लिएको छ । ‘अस्पतालमा स्वच्छ पिउने पानी नहुँदा विरामीहरुलाई समस्या भएका थियो अब सजिलो हुने भयो’ सुपरिटेन्डेण्ट तिवारीले खुसि व्यक्त गरे । दुःखी अशक्तहरुलाई सेवा गर्ने रेडक्रसको मुल सिद्धान्त अनुरुप नै उक्त मेसिन सहयोग गरिएको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा गोरखाले जानकारी दिएको छ ।
‘स्वच्छ पिउने पानीको अभावमा अस्पतालका विरामी, कुरुवा र कर्मचारीलाई महंगोमा बाहिर पानी किनेर खानुपर्ने वाध्यता हटोस् भन्ने हाम्रो उदेश्य हो’ रेडक्रस जिल्ला शाखा सभापति भगवान बाबु मास्केले भने । रेडक्रसले गोरखा अस्तपाललाई वल्र्ड व्याक राख्नको लागि सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरेको थियो ।
मे ८ अर्थात विश्व रेडक्रस दिवस विश्वभर विभिन्न कार्यक्रम गरी मनाइएको छ । रेडक्रस सोसाइटीका संस्थापक जाँ हेनरी ड्युनाको सम्झनामा हरेक वर्ष मे ८ तारिखका दिन यो दिवस मनाउने गरिन्छ । रेडक्रसले युद्ध, प्राकृतिक विपत्ति, विकास र शान्ति सबै परिस्थितिमा सेवा पु¥याउँदै आएको छ । रेडक्रसले भुकम्प पछि गोरखा लगायतका भुकम्प प्रभावित जिल्लाहरुमा पनि विभिन्न खाले कार्यक्रम गर्दै आएको छ ।


