×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • ३ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ६ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ८ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ८ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ८ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ८ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

गोरखा नगरपालिकाको विकास खाका (प्रारुप)

  •  
  • मङ्गलबार, बैशाख २६, २०७४ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    भोला भट्टराई

    स्थानीय तहमा जननिर्वाचित सरकारको आगमन हुदैछ । २० वर्ष पछि हुन लागेको यस निर्वाचनले नागरिकको मत हाल्ने अधिकारलाई सुनिश्चित मात्रै गरेको छैन् की समग्र रुपमा राज्यको शासन व्यवस्थामा नै नयाँ रुप प्रदान गरेको छ । वैशाख ३१ मा हुने स्थानीय तहको निर्वाचन पश्चात गोरखा नगरपालिकाले पनि नयाँ नेतृत्व पाउने छ । नयाँ नेतृत्व नगरपालिकाको चौतर्फी विकासको लागि जिम्मेवार र उत्तरदायी वन्नुपर्नेछ । यो नेतृत्व विगतको जस्तो केन्द्रिय सरकारको मातहतमा काम गर्ने निकाय होइन । यो त आफैमा स्थानीय सरकार हो । जस्ले स्थानीय सरकारले गर्नुपर्ने कामको लागि नीति निर्माण गर्ने (व्यवस्थापिका), योजना निर्माण र कार्यान्वयन गर्ने (कार्यपालिका) र कानूनी व्यवस्थापन गर्ने (न्यायपालिका) हो । त्यसैले अन्य स्थानीय तह जस्तै गोरखा नगरपालिकाले यी तीन वटै क्षेत्रमा आफ्नो काम र गतिविधि सही ढंगले व्यवस्थापन गर्नुपर्नेछ । गोरखाको सदरमुकाम भएको र पश्चिम नेपालकै महत्वपूर्ण स्थान भएकोले गोरखा नगरपालिकाको गतिविधिले क्षेत्रीय र राष्ट्रिय हिसावमा महत्वपूण स्थान लिने गदर्छ । यस लेखमा नयाँ वन्ने नगरपालिकाको नेतृत्वले ध्यान पु¥याउनुपर्ने विकास खाँका (प्रारुप) वारे चर्चा गर्ने प्रयास गरेको छु ।
    10404338_10204204312181773_3767122325328763148_nगोरखा नगरपालिकाको नयाँ नेतृत्वले सवैभन्दा पहिला आफ्नो क्षेत्रमा उपलब्ध प्राकृतिक,आर्थिक,मानवीय श्रोतको पहिचान गर्नुपर्नेछ । गोरखा नगरपालिकामा उपलब्ध प्राकृतिक श्रोतहरु मध्ये–जल, जंगल र जमिनको सही व्यवस्थापनको लागि यथाशक्य चाँडो नगरपालिकाको भू–उपयोग रणनीति तयार गरी लागु गर्नुपर्दछ । यस भू–उपयोग रणनीतिले कुन ठाउँमा कस्तो विकासको खाँका वनाउने भन्ने निर्देशित गर्दछ । उदाहरणको लागि पानीको श्रोत उपलब्ध हुने क्षेत्रमा कृषि वाली प्रवद्र्धन गर्ने, कम नोक्सान हुने गरी वाटो,सिंचाई निर्माण गर्ने, वन संरक्षण र भौतिक निर्माण वीच सन्तुलन कायम गर्ने आदि जस्ता पक्षलाई उजागर गर्नेछ । गसैगरी, भू–उपयोग रणनीति अर्थात् समग्र नगर क्षेत्रको विकास गुरुयोजनाले नै कति जमिन के कामको लागि किन र कहाँ प्रयोग गर्ने ? भन्ने कुराको एकिन गर्नेछ । यस्तो योजनाले मात्र नगर क्षेत्रको एकिकृत र दिगो विकास सम्भव छ । यस कार्यको लागि योजना निर्माणका दखल भएका इन्जिनियर,समाजशास्त्री,मानवशास्त्री,नीति निर्माणका अनुभव भएका व्यक्तिहरुको समूह निर्माण गरी काममा लगाउन सकिन्छ । भू–उपयोग रणनीतिकै आधारमा भूकम्प पछिको पूर्न निर्माण कार्यलाई समेत सहजीकरण गर्नेछ । यस योजनाले समग्र वन,कृषि,जलाधार,पशुपालन,उद्योग क्षेत्रको विस्तृत योजना वनाउन मद्धत गर्नेछ ।
    यसरी योजना निर्माण गर्नुपूर्व नगरपालिकाको सवै वडास्तरमा यस सम्वन्धि अवधारणा र वडा भित्रको अवस्थाको विस्तृत अध्ययन तथा लेखाजोखा हुनु अनिवार्य छ । यही लेखाजोखाको आधारमा स्थानीय अगुवा, नगरपालिकाको नेतृत्व र विषयगत विज्ञहरुको संलग्नतामा योजनाको प्रारुप तयार गर्न सकिन्छ । उक्त प्रारुप तयार गर्दा कृषि तथा पशुपालन योग्य पकेट क्षेत्र घोषणा, वन संरक्षण र उपयोग क्षेत्रको किटानी,जलाधार तथा पानीको मूहानको संरक्षण, उद्योग तथा वजार विस्तार क्षेत्र, खेलकुद तथा मनोरञ्जन को लागि पार्क तथा खेलकुद मैदान,सडक निर्माण, सिंचाई निर्माण तथा कुलो प्रवर्धन जस्ता क्षेत्रहरु पहिचान गरी एकिकृत रणनीति र सोही आधारमा विस्तृत योजना निर्माण गर्नुपर्नेछ ।
    यसैगरी, धर्म संस्कृति तथा सामाजिक रितिरिवाज र परम्परा प्रवर्धनको लागि केही महत्वपूर्ण गाउँ छनौट गर्न सकिन्छ । उदाहरणको लागि मगर तथा कुमाल संस्कृतिको रक्षा र प्रवर्धनको लागि केहि गाउँहरुलाई सोही रुपमा विकास गर्न सकिन्छ । त्यहाँ वन्ने घर,वाटो घाटो तथा उनीहरुको संस्कृति र परम्पराको नियमितता जस्ता पक्षमा ती क्षेत्रहरुलाई विकास गर्न सकिन्छ । यसैगरी नगर क्षेत्रमा रहेका नेवार तथा व्राम्हणहरुको परम्परा र संस्कृतिलाई पनि कुनै न कुनै रुपमा संरक्षण र प्रवर्धन आजको आवश्यकता भई सकेको छ । गुरुकुल शिक्षा तथा आधुनिक शिक्षा वीचको दुरी कम गरी मूल्य मान्यतामा आधारित शिक्षा प्रवर्धन गर्ने, परम्परागत भाषा तथा भेषभूषा संरक्षण गर्ने जस्ता विषयमा नगरपालिकाले ध्यान दिनु पर्दछ ।
    नगरपालिका क्षेत्रका महिला,यूवा,दलित तथा अपाङ्गता भएका व्यक्तिहरुको क्षमता विकास, सहभागिता र आर्थिक उपार्जनमा ठोस नीति तथा योजना निर्माण गर्नु आवश्यक छ । विद्यार्थीहरुलाई स्कूल कलेजको शिक्षा संगै हाम्रो पूर्वीय चिन्तन,गुरुकुल र साँस्कृतिक र नैतिक शिक्षाको लागि विशेष शैक्षिक अभियान संचालन गर्नुपर्ने आवश्यकता छ भने ग्रामिण तथा शहरी महिलाहरुमा उत्पादनमुखी तालिम तथा शिक्षा दिएर आर्थिक गतिविधिमा संलग्न हुने वातावरण श्रृजना गर्नुपर्ने देखिन्छ । घरभित्र वसेर पनि आय–आर्जन गर्न सकिने विद्युतिय प्रयोगको काम तथा स–साना घरेलु उद्योगको प्रवर्धनले यस कार्यमा योगदान पुरयाउनेछ । यसैगरी दलित, जनजातिहरुमा रहेको परम्परागत ज्ञान र सीपको प्रवर्धन तथा आधुनिकिकरण गर्नुपर्नेछ । जस्ले गर्दा ज्ञानको संरक्षणको साथै उनीहरुको पहिचानको समेत सम्मान हुनेछ । अपाङ्गता भएका व्यक्तिहरुको क्षमताको लेखाजोखा गरी उनीहरुको चाहाना र क्षमताको आधारमा शैक्षिक तथा आर्थिक गतिविधिमा सामेल गर्नुपर्नेछ ।
    गोरखा नगरपालिकामा रहेको गोरखा दरवार,पदेली,तल्लो कोट,माथिल्लो कोट, पस्लाङ्ग चौतारा,विन्ध्यावासिनी, विरमकाली जस्ता महत्वपूर्ण धार्मिक स्थलहरुको प्रवर्धन गरी धार्मिक पर्यटन प्रवर्धनको लागि योजना वन्नुपर्ने देखिन्छ । उचित प्रचार प्रसारको अभावमा हाम्रा यी सम्भाव्य क्षेत्रहरु ओझेलमा परेका छन् । गोरखा भ्रमणमा आउने स्वदेशी तथा विदेशी पर्यटकलाई हाम्रो साँस्कृतिक तथा प्राकृतिक क्षेत्रको भ्रमण गराउने प्याकेज निर्माण गर्ने कार्य भएमा स्थानीय रोजगारी र आय–आर्जनमा सकारात्मक योगदान पुरयाउनेछ ।
    गोरखा नगरपालिकाको विकासको लागि गुरुयोजनाले समेट्नु पर्ने केही विषयहरुलाई निम्नानुसार सिफारिस गरेको छृ ।
    (१) पृथ्वीनारायण शाहकालीन सम्यताको जगेर्ना :– गोरखाको पहिचान राजा पृथ्वीनारायण शाह र राजा राम शाहको नामवाट भएको हो । त्यसैले यी दुवै राजाको समयमा भए÷गरेका आर्थिक–सामाजिक पक्षलाई संरक्षण गरेर आधुनिक गोरखाले आफ्नो विकासको वाटो कोर्नुपर्दछ । यीनैको नामबाट हामीले गोरखामा आन्तरिक पर्यटक भित्राउन सक्दछौ । गोरखा दरवार र आसपास का गाउँहरु लाई सोही आधारमा परिचित गराउन सकिन्छ । आवश्यकताको आधारमा यस विषयमा थप खोज तथा अनुसन्धान पनि जरुरी हुन सक्छ ।
    (२) मठ,मन्दिर तथा धार्मिक गतिविधिसंग विकासको सम्वन्ध :– गोरखा नगरपालिका क्षेत्रमा रहेका सम्पूर्ण धार्मिक मठ मन्दिरको संरक्षण र व्यवस्थापन,त्यहाँ संचालन हुने धार्मिक गतिविधि र शैक्षिक संस्थाका नियमित शैक्षिक गतिविधि वीच प्रशस्त छलफल र अन्तरकृया गराउने, धर्म÷ संस्कृति र आधुनिक विकासका पक्ष वारे थप विश्लेषण गरी योजनाहरु तय गर्ने ।
    (३) शैक्षिक संस्था र नगरपालिकाको सहकार्य :– गोरखा नगरपालिकाको दिगो विकास यहाँका शैक्षिक संस्थाहरुले दिने शिक्षासंग जोडिने भएकोले नगरपालिकाले तत्काल सवै शैक्षिक संस्था र खारगरी दुईवटा क्याम्पससंग सहकार्यगरी उचित र व्यवहारिक शिक्षा उपलब्ध गराउने कामको थालनी गर्नुपर्नेछ ।
    (४) स्वास्थ्य मानिसको प्रमुख आवश्यकता हो । नगरपालिकाले घुम्ति स्वास्थ्य सेवा, अस्पतालको स्तरोन्नति तथा उप स्वास्थ्य चौकीलाई सुविधा सम्पन्न वनाउने एवं परम्परागत औषधी उपचार विधि, घरेलु औषधीको प्रयोग र जडिवुटी प्रवर्धन र योग शिक्षालाई समेत जोडेर स्वास्थ्य अभियानको नेतृत्व गर्नुपर्दछ ।

    (५) गोरखा नगरपालिकाको महत्वपूर्ण श्रोत भनेको वन श्रोत हो । यहाँका सामुदायिक वनहरुमा दिगो वन व्यवस्थापन कार्यक्रम लागु गरी वुढा–पुराना रुख काट्ने र आय–आर्जन वढाउने कार्य गर्नुपर्दछ । साथै सामुदायिक वन वन्न नसकेको क्षेत्रमा संविधानको व्यवस्था अनुसार शहरी वन निर्माणमा अगुवाई गर्नुपर्दछ । सामुदायिक वनलाई वढि उत्तरदायि र सुशासित वनाउन स्थानीय सरकारको पहल हुनु पर्दछ । वन क्षेत्रमा आय–आर्जन वढाउने–जडिवुटी खेती तथा अन्य उद्योग प्रवर्धन गर्ने ठोस नीति ल्याउनुपर्दछ ।
    (६) जलाधार व्यवस्थापन :– गोरखा नगरपालिकामा रहेको जलाधारहरु मध्ये सिर्दिखोला,वेनीखोला,लुदीखोला र फिनामको जलाधार ओगट्ने ज्यादुल खोला जलाधारको संरक्षण र व्यवस्थापनमा जोड दिनुपर्दछ । खानेपानी,सिंचाई लगायतका कार्यको लागि यी जलाधारको व्यवस्थापन अनिवार्य छ ।
    (७) कृषि तथा पशुपालनको लागि नगरको अधिकांश क्षेत्र उपयोगी मानिन्छ । त्यसैले घाँस तथा उन्नत पशुको विकास गरी वजारलाई आवश्यक दुध र मासुमा नगरपालिका स्वावलम्वी वन्ने योजना वनाउनुपर्दछ । साथै तरकारी समेत वाहिरवाट ल्याउनु नपर्ने सोचेर नगर क्षेत्रमा कृषि प्रवर्धनमा ध्यान दिनु पर्दछ ।
    (८) दिनदिनै वजार क्षेत्र विस्तार भई रहेको छ । वजारका वृद्ध बा–आमाहरु घर वाहिर निस्कने र वस्ने ठाउँ अभाव वन्दै गएको छ । त्यसैले वजार क्षेत्रमा स–साना पार्क,पुस्तकालय,पाटीहरु निर्माण गरी घाम ताप्ने, भेटघाट गर्ने थलो निर्माण गर्नुपर्ने देखिन्छ ।
    (९) यूवाहरुको लागि निशुल्क व्यायामशाला स्थापना गर्ने,खेल्ने,पढ्ने सामुदायिक पुस्तकालय र कम्प्यूटर कक्षाहरुको व्यवस्थापनमा नगर नेतृत्वले ध्यान दिनुपर्दछ ।
    यी माथि उल्लेखित केही पक्षहरु वाहेक अन्य थुपै्र प्रमुख र विषयगत कामहरु नगरपालिकाले गर्नुपर्ने हुन्छ । त्यही कामको लागि स्थानीय तहमा वलियो सरकार आवश्यक हुने भएकोले हामी हाम्रो प्रतिनिधिहरु छनौट गर्ने क्रममा छौ । यस महत्वपूर्ण घडीमा हामीले नगरपालिकाको नेतृत्व गर्न सक्ने सक्षम,इमान्दार र गतिशिल नेतृत्व छनौट गर्नुपर्दछ । जस्ले नगर क्षेत्रको चौतर्फी विकासमा गतिशिल नेतृत्व दिन सक्नेछ । विभिन्न क्षेत्र र निकायसंग नेटवर्किङ्ग गर्न सक्नेछ,त्यस्तो नेतृत्ववाट मात्र विकासको गतिशिल रुपान्तरण सम्भव छ । यूवा जोश जांगर भएका व्यक्ति र समूहको नेतृत्वले यस्तो दृष्टिकोण लागु गर्न सक्नेछन् ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    मङ्गलबार, बैशाख २६, २०७४ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा
    शायद गाउँ सुनसान भएछ !
    हिउँपात हुँदाको एक बिहान
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.