सेनाले निष्कृय पार्दै
कैलासबावु श्रेष्ठ/गोरखा
२५ गते । गोरखा सुलिकोट गाउँपालिकामा विगतमा लुकाई राखीएको अवस्थामा १४ थान सकेट बम फेला परेको छ ।

सुलिकोट गाउँपालिकाको ३ स्वाराँथला को जंगलमा रहेको ओडारमा लुकाई राखेको अवस्थामा फेला परेको १४ थान सकेट बम नेपाली सेनाको क्याम्टेनको टोलीले निष्कृय पार्न थालीएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायव उपरिक्षक बिरेन्द्र थापाले बताए ।

थापाका अनुसार बिहान ८ः१५ बजे फेला परेको उत्त बम स्थानियको बिशेष सूचनाको आधारमा प्रहरीले नियन्त्रणमा लिएको थियो । खिया लागेको उत्त बम कसले किन उत्त स्थानमा राखेको हो त्यसको अनुसन्धान भै रहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जानकारी दियो ।
तस्बिर सौजन्य जिल्ला प्रहरी कार्यालय गोरखा



