गोरखा समाचारदाता/गोरखा
नयाँ शक्ति कार्यकतालाई कुटपिट गरेको आरोपमा गोरखा नगरपालिका ६ का सुदिप बस्नेत प्रकाउ छन् ।
शनिवार साँझ गोरखा नगरपालिका ९ लक्ष्मीबजारमा नयाँ शक्तिका कार्यकर्तालाई कुटपिट गरेको आरोपमा बस्नेतलाई आईतबार बिहान हरमटारी चोकबाट प्रहरीले पक्राउ गरेको हो । बस्नेत सहितका माओवादी कार्यकता शनिवार साँझ चुनावी प्रचारमा हिडेका नयाँ शक्तिका कार्यकर्ता आमुन्ने सामुन्ने भए मुडभेट भएको थियो ।
उक्त घटनामा संलग्न भएको भन्दै बस्नेतलाई प्रहरीले नियन्त्रणमा लिएको हो । अन्य आरोपीहरुको बारेमा पनि खोजी भईरहेको प्रहरीले बताएको छ ।
चुनाव प्रचारको क्रममा हिँडिरहेको नयाँ शक्तिका कार्यकर्तालाई माओवादी केन्द्रका कार्यकर्ताले लक्ष्मी बजारको बिचबाटोमा गाडी रोकेर तोडफोड गर्नुका साथै कुटपिट गरेका थिए । कुटपिटबाट घाईते चार जनाको अवस्था भने अहिले सामान्य छ ।


