मोहसिन अलि मियाँ
यहि बैशाख ३१ गते हुने स्थानिय तहको निर्वाचनलाई स्वच्छ र भयरहति ढंगले सम्पन्न गर्न गोरखा नगरपालिका वडा नं. २ का राजनैतिक दलका उम्मेदवारहरुले प्रतिबद्धता ब्यक्त गरेका छन् । शुक्रबार मानवअधिकारवादी संघ संस्थाहरुको आयोजनामा ताप्लेमा भएको एक कार्यक्रमका बिच यस्तो प्रतिबद्धता ब्यक्त गरेका हुन । नेपाली काँग्रेसका तर्फबाट वडा अध्यक्षमा उम्मेदवारी दिएका रहमतुल्ला मियाँ, नेकपा एमालेका उम्मेदवार देविप्रसाद श्रेष्ठ र नयाँ शक्ति नेपालका वडा अध्यक्षका उम्मेदवार रबि रानाले निर्वाचनलाई स्वच्छ र निष्पक्ष ढंगबाट सम्पन्न गर्ने बताएका हुन् । कार्यक्रममा नेकपा माओवादी केन्द्रका उम्मेदवार भने सहभागी भएनन् ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), नेपाल मानवअधिकार संगठन, निर्वाचन पर्यबेक्षण समिती, निर्वाचनका लागी युवाः साझा अभियान, सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) र बर्हीगर्मित पूर्व लडाकु नेपालको संयुक्त आयोजनामा भएको मतदान शिक्षा कार्यक्रममा मतदान प्रक्रिया र भोट हाल्ने बारे ताप्लेका मुस्लिम लगायतका मतदातालाई प्रशिक्षण दिइएको थियो । कार्यक्रममा नेपाल मानवअधिकार संगठनका केन्द्रिय अध्यक्ष इन्द्र अर्याल र इन्सेकका अध्यक्ष सुवोदराज प्याकुरेलले मतदान प्रक्रियाका बारे प्रशिक्षणमुलक मन्तब्य राखेका थिए ।
स्वच्छ निर्वाचन गर्न गोनपा–२ मा तिन दलको प्रतिबद्धता
स्वच्छ निर्वाचन गर्न गोनपा–२ मा तिन दलको प्रतिबद्धता
- अ
- अ
- अ
गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु




















