गोरखा समाचार दाता
बैशाख २४ गते । निर्वाचनमा छनोट भएका कर्मचारीहरु मुख्य निर्वाचन अधिकृतको सम्पर्कमा नआएको पाईएको छ । स्थानिय निर्वाचन सफल बनाउन विभिन्न ठाउँमा खटिएर तालिम समेत लिएका कर्मचारीहरु सम्र्पकमा नआउँदा समस्या भएको हो । ‘तालिम लिएर जानुभएका केही साथीहरु सम्पर्कमा आउनुभएको छैन्, उहाँहरु नआउँदा हामीलाई कर्मचारी व्यवस्थापन गर्न गारो भएको छ’ मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत गोविन्द घिमिरेले जानकारी दिए ।
‘कर्मचारी व्यवस्थापनको मुख्य काम सकेका छौ, को कहाँ खटिने तय भईसकेको छ तर सबै साथीहरु अझै सम्पर्कमा आउनुभएको छैन्’ घिमिरे भने । सम्पर्कमा नआएका कर्मचारीलाई कारवाही गर्ने समेत मुख्य निर्वाचन अधिकृतको कार्यालयको चेतावनी छ ‘हामी निर्वाचन सम्बन्धि कानूनीलाई आधार बनाएर कारवाही समेत गर्न सक्छौं, त्यो अवस्था नआहोस् भन्ने हाम्रो भनाई हो ।’ जिल्लाका सबै सरकारी कार्यालय र सामुदायिक विद्यालका शिक्षकहरुलाई निर्वाचनमा खटाइएको छ । स्थानिय निर्वाचनका लागि ५ सय ५० भन्दा बढि कर्मचारी छनोट गरी तालिम समेत दिएको निर्वाचन कार्यालयले जानकारी दिएको छ ।
कार्यालयले चुमनुब्री गाउँपालिकामा खटाएका कर्मचारीहरु भने २३ गते हिडिसकेका छन् । अब धार्चे गाउँपालिकामा २४ गते पठाउने तयारी छ । त्यसपछि क्रमश आरुघाट, अजिरकोट, सिरानचोक गाउँपालिकामा २५ सम्म कर्मचारी पठाउने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।


