कैलासबावु श्रेष्ठ/गोरखा
बैशाख २२ गते । राष्ट्रिय सूचना संचार प्रविधी दिवशको अवशरमा गोरखा सदरमुकाममा नगर भित्र रहेको मावि स्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ । हाजिरी जवाफ प्रतियो गितामा लक्ष्मी बजारको लक्ष्मी सामुदायिक शिक्षा सदनले पहिलो पुरस्कार हात पार्न सफल भएको छ ।
क्यान गोरखाको आयोजनामा सदरमुकामको मोर्डन सेकेण्डरी ईङ्गलिस बोर्डिङ स्कुलमा भएको प्रतियोगितामा शिक्षा सदनले पहिलो भएर ४ हजार नगद सहित २ थान मोबाईल हात पार्न सफल भएको थियो ।

मे २ मा पर्ने यो दिवशलाई विविध कार्यक्रम गरी मनाउने क्रममा क्यान गोरखा शाखाले बर्षेनी नगर क्षेत्र भित्र रहेको मावि स्तरका विद्यार्थीहरु बिच हाजिरी जवाफ प्रतियोगिता गर्दै आएको क्यान नेपाल गोरखा अध्यक्ष शिशुबावु प्रधानले जानकारी दिए ।

प्रतियोगितामा महालक्ष्मी मावि ताप्लेले द्वितिय स्थान हात पार्दै नगद ३ हजार र २ थान ब्लूटुथ हेडफोन जित हात पारेको थियो भने तृतिय हुने सरस्वती मावि आहालेले २ हजार नगद र २ थान पावर बैंक हात पारेको आयोजक संस्था क्यान गोरखाले जानकारी दिएको छ ।

स्कुले बालबालिको बृति बिकासका साथै क्षमता बिकासमा सहयोग पुग्ने गरी बर्षेनी गोरखा सदरमुकाममा हाजिरी जवाफ प्रतियोगिता कार्यक्रम सञ्चालनमा ल्याउने क्यानका केन्द्रिय सदस्य अशोक रानाले बताए ।
प्रतियोगितालाई ३ चरण गरी एकै दिनमा प्रतियोगिता सम्पन्न गरीएको थियो । प्रतियोगिता नगर क्षेत्र भित्रको १४ माविको सहभागिता रहेकोमा पहिलो चरणमा सरस्वती मावि आहाले, महेन्द्र ज्योती मावि दरर्बारमार्ग, तारामा मावि छेवेटार, ओल्ड क्यापिटल मावि रानिबन, रत्नराज्य मावि बिरेनचोक, सन्त जोसेफ मावि कुन्दुरटार र लक्ष्मी सामुदायिक शिक्षा सदनका विद्यार्थीहरुको सहभागी भएको थियो पहिलो चरणबाट छानिएको सन्त जोसेफ मावि, सरस्वती मावि र लक्ष्मी सामुदायिक शिक्षा सदन तथा दोस्रो चरणमा भएको प्रतियोगितामा सहभागी रत्नराज्य मावि ढुम्रीडाडाँ, नवज्योती मावि डण्डीडाडाँ, जेनिथ ईङ्गलिस बोर्डिङ स्कुल नयाँ बजार, महालक्ष्मी मावि ताप्ले, मोर्डन सेकेण्डरी ईङ्गलिस बोर्डिङ स्कुल अफिस यरिया, महालक्ष्मी मावि लक्ष्मी बजार र मनकामना ईङ्गलिस बोर्डिङ स्कुल विच भएको प्रतियोगिताबाट महालक्ष्मी मावि, रत्नलक्ष्मी र महालक्ष्मीले फाइनमा पुगेका थिए ।

प्रतियोगितामा सहभागी हुन आएका सबै स्कुललाई क्यानका सल्लाहकार शुसिलबावु श्रेष्ठले प्रमाण पत्रका साथमा एक/एक थान पेन ड्राईभ समेत बितरण गरेका थिए । कार्यक्रमको केन्द्रिय सदस्य अशोक रानाले मैनबत्ती बालेर उदघाट्न गरेका थिए ।





















