नरेन्द्र ढकाल
मुलकमा दुई दशक पछि हुन लागेको स्थानिय निर्वाचनमा लागि प्रत्यासीहरुले मंगलबार आफ्नो मनोनयन दर्ता गराएका छन् । मंगरबार गोरखाका ११ वटै स्थानिय तहमा पुगेर दलहरुले आफ्नो उम्मेदवारी दर्ता हुन । मुख्य दल नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राप्रपा नेपाल, नयाँशक्ति पार्टी नेपाल लगायतका दलहरुले जिल्लाका अधिकाशं स्थानिय तह र वडाहरुमा उम्मेदवार उठाएको बताएका छन् । संसदमा सबै भन्दा ठुलो दल नेपाली कांग्रेसले गोरखा नगरपालिकामा राजनराज पन्त र पालुङटार नगरपालिकामा दिपक बाबु कंडेललाई प्रमुखको उम्मेदवार बनाएको छ ।

दुबै नेताले सबै भन्दा पहिले निर्वाचन अधिकृतको कार्यलयमा पुगेर छुट्टा छुटै रुपमा उम्मेदवारी दर्ता गरको छन् । नेकपा एमाललेले गोरखा नगरपालिकामा विश्वेश्वर कट्टेल र पालुङटार नगरपालिकामा जुद्धविलास भण्डारीमा उम्मेदवार बनाए पछि दुबै नेताले मंगलबार अपराह्न उम्मेदवारी दर्ता गरेका हुन । माओवादी केन्द्रका गोरखा नगरपालिका प्रमुखमा कृष्ण राना र पालुङटारमा विवस चिन्तन (अजय) ले नगरप्रमुखको उम्मेदवारी दर्ता गरको छन् । राप्रपा नेपालको तर्फ बाट गोरखा नगरपालिकाको प्रमुखमा सरोज बाबु कँुवर र पालुङटारमा राजन देवकोटाको उम्मेदवारी परेको छ ।

नयाँ शक्ति नेपालको तर्फबाट गोरखा नगरपालिकामा पूर्व सभासद ज्ञानेन्द्र कुमाल र पालुङटारमा अशोक देवकोटाले प्रमुखमा उम्मेदवारी दर्ता गरेका छन् । सोही अनुरुप ९ वटै गाउँपालिकाहरुमा पनि उम्मेदवारी दर्ता भएको छ । विहान १० बजे बाट सुरु भएको मनोनय दर्ता कार्यक्रममा राती अबेर सम्म चलेको थियो । एउटै स्थानिय तहमा पनि प्रमुख,उपप्रमुख,वडा अध्यक्ष तथा सदस्यहरु गरी धेरै जना उम्मेदवारले एकै पटक दर्ता गराउनु पर्दा समय धेरै लागे पछि राती अबेर सम्म मनोनय दर्ताको काम जारी रहेको निर्वाचन अधिकृतको कार्यालयहरुले बताएका छन् ।

यता गोरखा नगरपालिकामा केही स्वतन्त्र उम्मेदवारहरु समेत उम्मेदवारी दिएका छन् । व्यवसायिक छबी बनाएका भाईचन्द्र श्रेष्ठले सबै भन्दा पहिले मुख्य निर्वाचन अधिकृतको कार्यलयमा पुगेर गोरखा नगरपालिकाको वडा नम्बर ६ मा स्वतन्त्र उम्मेवारी दिएका छन् । त्यस्तै जनक बहादुर बस्नेतले नगर प्रमुखमा स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन् भने व्यवसायी निलबहादुर घतानेले पनि उप–प्रमुखमा स्वतन्त्र उम्मेदवारी दर्ता मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत गोविन्द घिमिरेले जानकारी दिए । सबै उम्मेदवारहरुले स्थानिय तह आर्थिक विकास र समृद्धिका लागि आफूले उम्मेदवारी दिएको दाबी गरेका छन् ।
गोरखा नगरपालिकाको प्रमुखमा उम्मेदवारी किन ?
राजनराज पन्त, नेपाली कांग्रेस
हिजो हामीले ७ साल देखि उठाउँदै आएको संविधान सभा मार्फत संविधान निर्माण भएको जनताका अधिकारहरुलाई संस्थागत गर्नु हो मेरो उम्मेदवारीको मुख्य काम हो । हामी संबिधान कार्यान्वयन गर्ने चरणमा प्रवेश गरेका छौ । हिजोको आन्दोलन देखि लिएर संविधान निर्माण समेत हाम्रै नेतृत्वमा संभव भएकाले जनताको अधिकारलाई संस्थागत गर्नु नै हाम्रो मुख्य जिम्वेवारी हो । फेरी कहीँ कतै बाट जनताका अधिकार कुण्ठित हुन नदिनका लागि यो निर्वाचन कांग्रेसले जित्नु पर्छ भन्ने मेरो भनाई हो । अर्को कुरा गोरखा नगरपालिका ऐतिहासिक नगरपालिका भएर पनि यहाँको पर्यटकिय, कृषि, रोजगारी लगायतको प्रचुर सम्भावना हुँदाहुँदै, हिजो स्थानिय तहको नेतृत्व गर्नेहरु र स्थानिय निकाय हाँक्नेहरुले जुन प्रकारले काम कारवाही अगाडी बढाउन सकेनन् । अब गोरखा नगरपालिकामा धेरै काम गर्नु जरुरी छ त्यसका लागि पनि जनताले नेपाली कांग्रेसको खोजी गरेका छन भन्ने मानेमा मैले उम्मेदवारी दिएको हँु । र यो गोरखा नगरपालिकालाई सम्वृद्धी तथा बिकास बाटोमा अगाडी बढाएर देश भरको नमूना नगरपालिका बनाउनका लागि मैले कांग्रेस मार्फत प्रमुखको उम्मेदवारी दिएको हुँ ।
विश्वेश्वर कट्टेल,नेकपा एमाले
गोरखा नगरपालिकालाई व्यवस्थित पर्यटकिय शहरको रुपमा विकास गरी यहाँको जनताको आर्थिक समृद्धि निमत्याउने, सबसुर्लब सुबिधा प्रदान गर्ने र भौतिक पुर्वाधारका क्षेत्रमा पर्यटन व्यवसायलाई प्रवद्धन गर्ने मेरो मुख्य उदेश्य हो । गोरखा सदरमुकामलाई पर्यटन हबको रुपमा बिकास गर्ने उदेश्य कार्यक्रमहरु ल्याएर काम गर्ने मेरो योजना छ । बास्तवमा गोरखा एउटा ऐतिहासिक जिल्ला हो । गोरखा बिना नेपाल राष्ट्रको कल्पना गर्न सकिदैन । त्यसैले गर्दा गोरखा जिल्ला र यो गोरखा नगरपालिकाको महत्व समग्र नेपालको महत्व सँग गाँसिएको छ ।नेपालको साख बचाउन पनि गोरखाको साख जोगाउनु परेको छ । राज्य पुर्नसरचनाले गोरखाको व्यवपार व्यवसायमा ठुलो परिर्वतन आउने सक्ने संकेत देखिएको छ । ति जटिलताहरुलाई पनि समाधान गर्दै, यहाँका व्यवसायीहरुको मनोबललाई अझ उच्च राख्दै, यहाँको विभिन्न पर्यटिकय सम्पदाहरुलाई अझ समृद्ध रुपमा बिकास गरी जनताको जिवन स्तर उकास्नका लागि मैले नेकपा एमाले मार्फत गोरखा नगरपालिकाको प्रमुखमा उम्मेदवारी दिएको हुँ ।
कृष्ण राना, माओवादी केन्द्र
मुलकमा एउटा क्रान्तिकारी परिर्वतन भएको छ । यो परिर्वतन भनेको हाम्रो, लामो सर्घष पछि भएको हो । अहिले सिंह दरबारको अधिकार गाउँगाउँमा आएको छ । गणतन्त्र ,संघियता, समानुपातिक समावेशिता, धर्मनिरपेक्षता, सामाजिक न्यायका सिद्धान्तहरु मुलकमा स्थापित भएका छन, यो हाम्रो एजेण्डा हो । अहिले सम्म हामीले देशलार्य यो ठाउँ सम्म ल्याउनसंघर्ष ग¥यौं । अब मुलकलाई विकास, समृद्धि र आत्मनिर्भर अर्थतन्त्रको निम्ति, जनताको जनजिविकाको सबालहरु पुरा गर्न अब हामी नयाँ संर्घष गर्छौ । त्यो नयाँ संघर्षको नीति हाम्रो हो । जसको नीति त्यस्को नेतृत्व हुनु पर्छ । त्यसकारण गोरखा नगरपालिकालाई कस्तो बनाउन पर्छ भन्ने सन्र्दभमा पनि हामीसँग स्पष्ट भिजन छ । तलका टार बेंसीहरु कस्तो बनाउने, पहाड कस्तो बनाउने, कुइरे भिर कस्तो बनाउने, तात्ले भिर कस्तो बनाउने,देउराली कस्तो बनाउने, दरौदी नदिलाई के गर्ने भन्ने स्पष्ट खाका बनाईसकेका छौ । गोरखा नगरपालिकालाई सुन्दर, हराभरा, समृद्ध र बिकसित नगरपालिका बनाउनका लागि हाम्रो खाँचो छ, त्यसैले मैले उम्मेदवारी दिएको हुँ ।
सरोज बाबु कुँबर राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल
म राजनितिज्ञ र राजनिति मेरो पेसा होइन । यो देशलाई स्वमसेवकहरुको खाँचो छ । त्यसैले शिक्षा,स्वास्थ्य, कृषि, सडक, खानेपानी, जस्ता अति आवश्यक मानविय आवश्यकताहरुको पहिचान गरी जनताको घर घरमा पु¥याउनु मेरो पहिलो काम हुनेछ । हरेक विषयमा विज्ञविशेषज्ञहरुको राय परामर्श बमोजिम निस्वार्थ सेवा गर्ने लक्ष्यका साथ मैले उम्मेदवारी दिएको हुँ । जनताको जिवन स्तर उकास्ने खालका रोजगारीका अवसरहरु सिर्जना गरी गोरखाको पर्यटन प्रवद्र्धनका क्षेत्रमा काम गर्ने मेरो योजना छ । गोरखा नगरपालिकालाई स्वच्छ, हराभरा र समृद्ध नगरपालिका बनाउने अभियान पुरा गर्न मैले उम्मेदवारी दिएको हुँ ।
ज्ञानेन्द्र कुमाल नयाँ शक्ति पार्टी नेपाल
गोरखा नगरपालिका बनेको २० वर्ष भए पनि सुन्दर नगरपालिका बन्न सकेको छैन् । अर्थतन्त्रको हिसाबले पुर्ण आत्मानिर्भर बन्न सकेको छैन । त्यसैले आर्थिक विकास पहिलो प्राथामिकता हो । गोरखा नगरपालिकालाई भोलिका दिनमा कस्तो बनाउने ? यसको अस्तित्वलाई अझ उचाईमा कसरी पु¥याउने भन्ने मुख्य कुरा हो । मैले संसदमा बसेर काम गर्ने मौका पाएँ, संविधान लेख्ने मौका पाएँ, नीति निर्माण गर्ने मौका पाएँ, विकास निमार्णलाई बुझ्ने मौका पाएँ, त्यसलाई आधार मानेर मैले उम्मेदवारी दिदाँ यदी जनताले विश्वास गरेको खण्डमा म आफ्नो अनुभवको सही सदुपयोग गर्न सक्छु भन्ने लागेको छ ।अबको ७० वर्ष भित्र गोरखा नगरपालिकाको जनसंख्या ५० हजार बाट ५ लाख पुग्छ भन्ने मेरो परिकल्पना हो । ५ लाख पुग्ने गरी मैले मास्टर प्लान तयार गर्नुपर्छ । त्यसको लागि पुर्वाधार निर्माण हुनुपर्छ । आर्थिक रुपमा सक्षम हुनका लागि पहिलो कुरा पर्यटन विकास हो , कृषिमा व्यवसायिकरण गर्ने मेरो मुख्य योजना छ । यी सबै कुरा हुनका लागि पुर्वाधार विकास हुनु पर्छ, बाटो घाटो, उद्योग धन्दा विकास हुनु पर्छ भन्ने हो । यती काम गर्न मेरो आफ्नो क्षमता र दक्षताले भेट्छ भनेर उम्मेदवारी दिएको हो ।


