गोरखा समाचारदाता
बैशाख ११ गते । गोरखा जिल्लाका विभिन्न विषयलाई सञ्चार माध्यममा ल्याउने गरी मिडिया क्लव सञ्चालन आउने भएको छ ।
जिल्लाको सार्वजानिक महत्वका विषयमा छलफल एवं अन्तक्रिया गरी संचारमाध्यममा ल्याउने उदेश्यले नेपाल मिडिया क्लव सञ्चालनमा ल्याउन लागिएको क्लवका अध्यक्ष बिकल खड्काले जानकारी दिए ।
अबको केही दिनमा सञ्चालनमा आउने उक्त क्लवले नियमिति रुपमा जिल्लाका सरोकारवालाहरुलाई कार्यक्रममा बोलाएर अन्र्तक्रिया गर्ने र उक्त विषयलाई सञ्चारमाध्यम सँग पु¥याउन सहयोग गर्ने क्ललले बताएको छ । गैर नाफा मुलक उक्त क्लवले गोरखामा नै कार्यलय सञ्चालन गरी स्थानिय तहहरु, नगरपालिका, गाउँपालिका बाट सहयोग लिएर काम गर्ने योजना बनाएको अध्यक्ष खड्काले बताएका छन् ।
जिल्ला प्रशासन कार्यलय गोरखामा दर्ता रहेको उक्त क्लव बिस्तार हुँदै अन्य जिल्लामा पनि जान सक्ने उनको भनाइ छ ।


