सागर घिमिरे
मकै नेपालमाधान पछिको दोस्रो खाधान्न बाली हो | तराई देखि हिमाल सम्म पनि खेति गर्न सकिने यो बाली ब्यबसायिक रुपमा खेति गरेको ठाउँमा नगदेबालीको रुपमा पनि लिइन्छ | गोरखाको सन्दर्भमा मकै बालीले जिल्लाकोखाद्यसुरक्ष्यामा पनि महत्वपूर्ण भूमिका खेलेको छ | जिल्लामा मकैलाई खाद्यान्नको संगसंगै पशुपंक्षीको दानाको रुपमा पनि व्यापक रुपमा प्रयोग गरिदै आएको छ | जिल्लाको प्राय सबै भेगमा खेति गरिने यो बाली जिल्लाका किसानको जीविकोपार्जनको प्रमुख श्रोत मध्यमापर्दछ |
गोरखाले मकै बालीको खेतीको लागि राम्रो सम्भावना बोकेको हुनाले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत ब्यबसायिक कृषि उत्पादन केन्द्र (ब्लक) विकास कार्यक्रमको लागि समेत छनोट भएको छ | ब्लक भनेको न्यूनतम १०० हेक्टर जमिनमा संचालन भएको ब्यबसायिक कृषि उत्पादन केन्द्र हो | मकैको ब्लक बिकाश गर्नूकोउदेश्य गोरखा जिल्लामा रोजगारी प्रबर्द्धन गरि कृषकको आम्दानी वृद्धि गर्नु , मकैको उत्पादन तथा उत्पादकत्व वृद्धि गर्नु , मकै खेतीमा यान्त्रिकरण गरि ब्यबसायिकिकरण गर्नु जस्ता रहेका छन् |
ब्लक बिकाश गर्नको लागि हालसम्म जिल्लामा संचालनमा आएका श्री शान्तिनगर कृषि सहकारी संस्था लिमिटेड,छोप्राक -८ , श्री सम्बृद्ध कृषि सहकारी संस्था लिमिटेड, छोप्राक-८ र श्री पारीजात कृषि समूह, श्रीनाथकोट -२,३ छनोट भएका छन् | छनोट भएका संस्था हरुले ब्लक संचालन समिति गठन गर्नेछन् | ब्लक संचालन समितिमा कम्तिमा १ कार्यकारी पदमा महिला रहनुपर्ने छ र न्यूनतम ३३% महिला समितिमा रहनुपर्ने छ | समिति ९ सदस्यीय हुनेछ जसमा संयोजक, उपसंयोजक, सचिब, सहसचिव र अन्य सदस्यहरु रहनेछन | संबन्धित ठाउको कृषि सेवा केन्द्रको प्रमुख समितिको पदेन सदस्य रहनेछ र सोहि स्थानका कृषि प्राबिधिक तथा अन्य सरोकारवाला निकायका प्रतिनिधिहरु समितिको सल्लाहकारमा रहनेछन् | ब्लक संचालक समितिले योग्यता पुगेको व्यक्तिलाई ब्लक ब्यबस्थापकको नियुक्ति गर्न सक्नेछन | ब्लकमा जिल्ला कृषि विकास कार्यालयबाट परियोजना अभिमुखीकरण तालिम, प्रबिधि तथा प्राबिधिक सहयोग, ५०% सम्मको अनुदानमा उत्पादन सामग्री सहयोग, कृषि यान्त्रिकरणको लागि custom hiring center स्थापना र औजार उपकरण खरिदमा ५०% सम्मको अनुदान सहयोग, पोस्ट हार्भेस्ट सेन्टरको स्थापनामा ८५% सम्मको अनुदान, ८५% अनुदानमा साना सिंचाई निर्माण तथा मर्मत सम्भार सहयोग, ८५% अनुदानमा प्रयोगशाला सेवा जस्ता सुविधाहरु दिइने छ |
गोरखाको सन्दर्भमा मकै खेति प्रबिधि :
लगाउने समय: चैत्र – बैशाख |
उपयुक्त जात : मनकामना-३ ,मनकामना-४,मनकामना-५,देउती,रामपुर कम्पोजीट ,पोसिलो मकै-१ , अरुण-२आदि |
जमिनको तयारी: २/३ जोताई गरि माटोलाई बुरबुराउदो बनाउने |
बिउ दर : २५-३० के.जी. प्रतिहेक्टर|
लगाउने दुरी : एक लहर देखि अर्को लहर ७५ से.मी र एकबोट देखि अर्को बोटको दुरी २५ से.मी |
मलखाद: कम्पोस्ट मल :१०-१५ टन प्रतिहेक्टर र रासायनिक मल करिब १२०:६०:४० के.जी.N:P:Kप्रति हेक्टर |
झारपात ब्यबस्थापन : पहिलो गोडाई २० देखि २५ दिनमा र त्यसको २ देखि ३ हप्ता पछि दोस्रो गोडाई |
सिंचाई: सम्भब भएसम्म पहिलो गोडाईमा, धानचमरा निस्किने बेलामा र दाना पोटाउने बेलामा २४ घण्टा भन्दा बढी पानी नजम्ने गरि दिने |
भाँच्ने: खोस्टा सुकेपछि अथवा दानको चिस्यान ३०% भन्दाकम भएपछी |
भण्डारण: दानालाईघाममा सुकाई १२% भन्दा कम चिस्यानमा भण्डारण गर्ने |
रोग किरा ब्यबस्थापन : डडुवा रोग, खुम्रे किरा, गबारो आदिबाट बच्न क्रमस: डाइथेन एम-४५, मालाथियनधुलो, कार्बोफ्युरानआदिको प्रयोग गर्ने |
कृषि तथा बन बिज्ञान बिश्वोबिद्यालय कृषि इन्टर्न, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना जिल्ला कृषि विकास कार्यालय, गोरखा




















