कैलासबावु श्रेष्ठ/गोरखा
बैशाख ९ गते । नयाँ शत्ति पार्टी नेपालका संयोजक तथा पूर्व प्रधानमन्त्रि डा.बावुराम भट्टराईले आसन्न स्थानिय निर्वाचनमा आफ्नो पार्टीलाई चुनाब चिन्ह नदिदाँ सम्म स्थानिय चुनाव कुनै पनि हातलमा हुन नहुने चेतावनी दिनु भयो ।
गोरखा जिल्लाको पालुङ्गटार आयोजित चुनावी सभालाई संबोधन गर्दै डा.भट्टराइले आफ्नो पार्टीलाई चुनाब चिन्ह आखाँ नदिदाँ सम्म चुनाब हुन नदिने चेतावनी दिनु भएको थियो । आफ्नो पार्टीले देशको कानून अनुसार निर्वाचन आयोगमा दल दर्ता गराई सकेकोले पार्टीले पाउनु पर्ने आखाँ चुनाब चिन्ह दिन आयोग बाध्य हुने भएकोले सबै कार्यकताहरुलाई चुनाबमा होमिन समेत आग्रह गनु भएको थियो ।
बोल्ने क्रममा डा.भट्टराईले माओवादी केन्द्रका अध्यक्ष एवं बर्तमान प्रधानमन्त्रि पुष्प कमल दाहालले आफ्नो पार्टीलाई चुनाब चिन्ह दिनबाट रोक लगाएको आरोप समेत लगाउनु भएको थियो । डा.भट्टराईले संविधान संशोधन गरेरै भए पनि मधेशी दललाई पनि चुनाबमा सहभागी गराउन सरकार संग माग गर्नुभएको थियो । तर माग पुरा गराउने बहानामा चुनाबको मिति सार्न नहुने तर्क गनु भएको थियो ।
ठुलै संख्यामा सर्व साधारणहरुको उपस्थिती रहेको कार्यक्रममा डा.भट्टराईले हालको संविधान निर्माणमा आफुले ठुलै भूमिका निर्वाह गरेको दावी गनुभएको थियो ।
चुनाब चिन्ह नदिदा सम्म चुनाब हुदैनः बावुराम
चुनाब चिन्ह नदिदा सम्म चुनाब हुदैनः बावुराम
- अ
- अ
- अ
गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु


