बिष खुवाएको आशंका, प्रहरी भन्छ अनुसन्धान भै रहेको छ
कैलासबावु श्रेष्ठ/गोरखा
बैशाख ८ गते । गोरखा सदरमुकाममा रहेको एक गाई फार्ममा बिहीबार राती देखी गाईहरु बिरामी परेका छन । पिसाब थैलीबाट रगत बगिरहेको गाईलाई बिष खुवाएको अनुमान गरीएको छ । गाईलाई बिष खुवाएको अनुमान गर्दै प्रहरीले अनुसन्धानलाई तिब्र पारेको छ ।
गोरखा सदरमुकामको सफल गाई फार्ममा रहेको १८ गाई मध्ये १७ गाईले हिजो राती देखी पिसाब थैलीबाट रगत झार्न थाले फार्म रहेको अधिकाशं गाई बिरामी परेको छ । बिरामी गाई मध्ये शुक्रबार दिउसो सम्ममा १४ वटा गाई सामान्य अवस्थामा आई सकेको भएता पनि ३ वटा गाई भने गंभिर अवस्थामा रहेको फार्म सञ्चालक यान प्रसाद भट्टले बताउनु भयो ।
जिल्ला पशु सेवा कार्यालय बाट समेत फार्ममा पशु स्वास्थ्यकर्मी खटाईएको छ । जिल्ला पशु सेवा कार्यालयका बरिष्ठ पशु सेवा अधिकृत डा.जगत बन्धु नेपालीका अनुसार बिहीबार साँझ देखी गाईलाई उपचार गरीएको र केहीमा सुधार आएको छ । वहाँका अनुसार दाना, पानी वा घाँस मध्ये कुनै एक चिजमा बिष परेको हुन सक्ने अनुमान गर्दै कुन बिष परयो भनेर पत्ता लगाउनका लागि मृत्यु भएको गाईको भिसेरा पोखरा वा राजधानी पठाउनु पर्ने हुन्छ । त्यस्तो भिसेरा मानिसहरुको भिसेरा जाँच गर्ने स्थानमा नै पठाउनु पर्ने हुन्छ ।
बिहीबार साँझ १२ बजे तिर मात्र गाई बिरामी भएको पत्ता पाएका फार्म सञ्चालकले तत्कालै प्रहरीलाई खबर गरेका थिए । जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरिक्षक बिरेन्द्र थापाका अनुसार शुक्रबार साँझ सम्म पनि फार्म सञ्चालकले प्रहरीमा किटानी उजुरी नगरेका भएता पनि गाईलाई बिष खुवाएको आशंकामा अनुसन्धानलाई तिब्र पारीएको बनाईएको छ ।
बिहीबार राती १२ बजे मात्र गाई कराए पछि गाईहरु बिरामी परेको थाहा पाएका थिए । ‘त्यसरी गाई दाम्लोबाट फुत्कदा मात्र कराउथ्यो । हामीले गाई दाम्लोबाट फुत्कीयो होला भनेर गोठ तिर गएर हेर्दा जता ततै रगतै रगत देख्यौ’ भन्नु हुन्छ सञ्चालन भट्ट । गोठमा मानिसको पाईला आफुले देखेको भन्दै सुनियोजित रुपमा गाईलाई बिष खुवाएको हुन सक्ने अनुमान भट्टको रही आएको छ ।
बिमा गरीएको उत्त गाईबाट दैनिक रुपमा २ सय लिटर भन्दा बढी दुध बजारमा बिक्री हुदै आएको थियो ।


