टेष्ट सफल भए सोमबारबाट गोरखा बजार लोडसेडिङ्ग मुक्त
कैलासबावु श्रेष्ठ/गोरखा
बैशाख ३ गते । गोरखा बजारमा रहेको बिद्युत सब स्टेशनबाट आज दिन भरीका लागि बिद्युत अबरोध हुने भएको छ । गोरखा सदरमुकामलाई सोमबार देखी लोडसेडिङ्ग मुत्त गराउने उद्वेश्यका साथ आज बिहानै देखी प्राबिधिक काम थालीएकोले बिद्युत अबरुद्व हुने भएको हो ।
बिद्युत प्राधिकरणले देशको विभिन्न भागलाई लोडसेडिङ्ग मुत्त क्षेत्र गराए संगै ऐतिहासिक एवं पर्यटकीय गोरखा जिल्लालाई पनि लोड सेडिङ्ग मुत्त गराउने अभिप्रायका साथ गएको २ साता देखी सब स्टेशनमा प्राविधिक कामहरु भै रहेको नेपाल बिद्युत प्राधिकरण गोरखा शाखाका प्राविधिक प्रमुख (ईन्जिनियर) बिराट शर्माले बताउनु भयो ।
शर्माका अनुसार आईबार साँझ ५ बजे सम्म सबै काम सकेर गोरखा सब स्टेशन मार्फत बितरण हुने सबै फिड्रको लाईन साँझ सम्म प्राविधिक गडबडी नभएको खण्डमा सोमबार देखी लोडसेडिङ्ग मुत्त भनेर भन्न सकिने बताउनु हुन्छ ।
हामीले आईबार बिहान ४ बजे सम्म काम गरयौ । अब लाईन काटेर काम गर्दै छौ । आजै केबल, प्रोटेक्सनको टेस्टीङ्गका साथै फिड्र केबलीङ्ग र केही प्राविधिक टेष्ट सफल भएको खण्डमा सदरमुकामको सब स्टेशनबाट बितरण भएको लाइनलाई लोडसेडिङ्ग मुत्त भनेर घोषणा गरीने बताउनु हुन्छ ईन्जिनियर शर्मा ।
यस भन्दा अगाडी नै बिसिबी, प्रोटेक्सन डिभाईसका साथै फिड्र प्यानको काम सम्पन्न भै सकेको छ । अब पावर नपुग्ने भन्ने हुदैन तर प्राविधिक गडवडी र हावाहुरीले तार झिनाउने वा पोल ढल्ने अबस्था बाहेकमा कुनै पनि बेला बिद्युत लाईन अबरुद्व नहुने शर्माको दावी छ ।
बिगतमा ३ केभीएको क्षमता रहेको ट्रान्सर्फरमरबाट बितरण हुदै आएको बिद्युत आइतबार साँझ देखी ८ केभीएको ट्रान्सर्फरमरबाट बितरण हुदै छ ।


