×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • ४ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ७ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ९ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ९ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ९ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • १० घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

आचार संहिता उल्लघंन गर्दै दलका नेता

  •  
  • शनिबार, बैशाख ०२, २०७४ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    अनुगमन निकाय मौन
    शिक्षक पनि दलको प्रचार प्रसारमा

    कैलासबावु श्रेष्ठ/गोरखा

        बैशाख २ गते । आसन्न स्थानिय निर्वाचन नजिकीदै गर्दा दलका नेताहरुले आचार संहिता उल्लघंन गर्ने क्रम तिब्र भएको छ ।
    निर्वाचन आचार संहिता २०७२ को निर्वाचन आचार संहिता (पहिलो संशोधन) २०७३ र निर्वाचन आचार संहिता (दोस्रो संशोधन) २०७३ उल्लघंन हुदाँ समेत अनुगमनको अधिकार पाएको समितिले चासो नदिदाँ दिनानु दिन उल्लघंनको घटना बढ्न थालेको हो ।

    17884134_1931920800376693_1540215985235257426_n
    जिल्लामा क्रियाशिल राजनैतिक दलले चुनावी सभालाई तिव्रता दिन थाले पछि आचार संहिता उल्लघंनका घटनामा बृद्वि भएको हो । बैशाख १ गते नेपाली काँग्रेस क्षेत्र नम्बर ३ को आयोजनामा भएको चुनावी सभामा काँग्रेस महामन्त्री शसांक कोइराला र परराष्ट्र मन्त्रीले चुनावी सभामा सहभागी हुन आउदाँ सिम्रीक एयरको हेलीकप्टर प्रयोग गरेका थिए ।
    भिमसेन गाउँपालिका ३ घ्याम्पेशाल बजारमा भएको चुनावी सभामा सहभागी हुन आउदाँ हेलिकप्टर प्रयोग गरेका थिए । राजधानी बाट आएका उनीहरु चुनावी सभा समापन संगै हेलीमा नै राजधानी फर्केका थिए ।

    17861676_1330441307039917_7853937894243117811_n
    निर्वाचन आचार संहित २०७३ को परिच्छेद ५ को ख (२) मा निर्वाचन प्रचार प्रसारको लागि राजनीतिक दलले आफ्नो तर्फबाट दुईजना मुख्य प्रचारकको नाम आयोगमा बुझाउनु पर्नेछ । आयोगले अनुमति दिएका मुख्य प्रचारले मात्र हेलिकोप्टर प्रयोग गर्ने र हेलिकोप्टर प्रयोग गर्दा लागेको खर्चको विवरण सम्वन्धित राजनीतिक दलले पेश गर्ने निर्वाचन खर्चमा समावेश गर्ने गरी निर्वाचन प्रचार प्रसार गर्न पाउने भन्ने लेखिएको छ ।

    17903399_10209537723748134_3968888147721805019_n
    महामन्त्री कोइरालाले स्थानिय मनकामना यूवा क्लबले नयाँ बर्षको दिनमा आयोजना गरेको साँस्कृतक कार्यक्रमको समेत उदघाटन गरेर आचार संहिता उल्लघंन गरेका थिए ।
    निर्वाचन आयोगका सूचना अधिकारी सुर्य प्रसाद अर्यालका अनुसार प्रधानमन्त्रि बाहेक कुनै पनि मन्त्रिलाई हेलिकोप्टर चढ्ने दिने सहमती नभएको भन्दै आचार संहिता संशोधन सहित केही खुकुलो पारीएको भएता पनि हेलिकोप्टर नै चढेर चुनावी सभामा जान नपाइने स्पष्ट पानु भयो ।
    नेपाली काँग्रेसले केही दिन अगाडी मात्र गोरखा सदरमुकामको छेवेटार बजारमा ठुलै भोज भतेको आयोजना समेत गरेको थियो । केन्द्रिय सदस्य सुरेन्द्र पाण्डेको उपस्थितीमा मतदातालाई प्रभाव पार्ने गरी भोजको आयोजना गरेको थियो ।
    आचार संहिता उल्लघंनमा माओवादी केन्द्र पनि कम देखीएको छैन । संसदीय निर्वाचनमा ३ वटै क्षेत्र जितेको माओवादी विभिन्न बहानामा कायकर्ता बिच पुग्ने र आचार संहिता उल्लघंन गर्न थालेका छन ।
    पछिल्ला समय गोरखा क्षेत्र नम्बर ३ का साँसद छम बहादुर गुरुङ्गले गरेको आचार संहिता उल्लघंनमा निर्वाचन आयोगको समेत ध्यान खिचिएको भन्दै सचेत गराने आयोगले जानकारी दिएको छ । सूचना अधिकारी अर्यालका अनुसार परिच्छेद ३ दफा ७ को उपदफा २ बिपरीत साँसद गुरुङ्गले काम गरेको भन्दै सचेत गराउने निर्णय भएको बताउनु भयो ।
    उत्त दफामा नेपाल सरकार, सार्वजनिक संस्था र स्थानिय तहले कुनै पनि योजनाको शिलान्यास गर्ने, उद्घाटन गर्ने, सर्वेक्षण गर्ने, अध्ययन वा सोको लागि अनुदान दिने जस्ता कार्यक्रम गर्न वा गराउन हुदैन भन्ने शब्द लेखीएको छ ।
    साँसद गुरुङ्गले उत्तरी गोरखाको लाप्राकमा कादुरी नामक गैर सरकारी संस्थाले निर्माण सम्पन्न गरेको झोलुङ्गे पुलको भब्य कार्यक्रम बिच उदघाट्न गरेका थिए ।
    आचार संहिता उल्लघंनमा शिक्षकहरुको सहभागीता पनि कमी देखीदैन । सबै राजनैतिक दलका शिक्षकहरुले आचार संहिता बिपरीत काम गरीरहेका छन । सरकारी तलबमा राजनैतिक दलको प्रचार प्रशार गर्ने र मतदातालाई प्रभाव पार्ने काममा शिक्षकहरुको भूमिका उच्च छ ।
    आचार संहिता उल्लघंनमा पछिल्लो पटक मञ्चमा नै बसेर खुल्ला राजनिती र प्रचार प्रसारमा लागेका हुन नयाँ शक्ति पार्टीका शिक्षक प्रेम बहादुर गुरुङ्ग । पालुङ्गटारमा रहेको भवानी माबिका शिक्षक गुरुङ्ग पार्टीको सबै कार्यक्रममा सहभागी हुन्छन । उनी सबै कार्यक्रममा मास्क लगाएरै मञ्चमा बस्ने र पार्टीको कार्यक्रममा सक्रिय सहभागीता जनाउने गर्दछन ।

    17857656_1746172048732164_2054891086_n
    गुरुङ्गका बिषयमा माविका प्रअ ओजराज गिरीलाई प्रश्न गर्दा आफु त्यस्तो बिषयमा अनबिज्ञ भएको बताउनु भयो । त्यस्ता खालका त होइनन खै, फेसबुक तिर देखीयो र भन्ने उल्टै प्रश्न गनु भएको थियो ।
    निर्वाचन आचार संहिता उल्लघंन भए नभएको बिषयमा अनुगन गनपर्ने निकाय मुख्य निर्वाचन अधिकृत सहित प्रमुख जिल्ला अधिकारी, निर्वाचन अधिकृतहरु, जिल्ला प्रहरी कार्यालय प्रमुख, जिल्ला निर्वाचन अधिकृत र अनुगमनकर्ता सदस्य सचिव रहेको एक समिति जिल्लामा रहने गर्दछ ।
    समितिका सदस्य समेत रहेको प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतका अनुसार मुख्य निर्वाचन अधिकृतको कार्यालय बैशाख ३ गते मात्र खुल्ने भएका कारण त्यो भन्दा अगाडीका सबै उल्लघंनका घटनाहरु हामी प्राप्त भए सम्म र उजुरी पाए सम्म हामीले सबै संकलन गरी निर्वाचन आयोगलाई जानकारी गराउने बताउनु हुन्छ । प्रजिअ बस्नेतका अनुसार अनुगमन समितिले शुष्मरुपमा निर्वाचन आचार संहिता उल्लघंनका घटना वाच गरी रहेको छ । तर पनि कति पय कुरा आफुहरुले थाहा नपाउने भएकाले घटना भएको थाहा पाए तत्कालै उजुरी गर्न समेत भनेको छ ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शनिबार, बैशाख ०२, २०७४ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.