दुई घाईते, उपचारको बिषय लिएर स्थानिय द्वारा चार घण्टा बढी राजमार्ग अबरुद्व
कैलासबावु श्रेष्ठ/8गोरखा
बैशाख १ गते । नयाँ बर्षको पहिलो दिन गोरखा नगरपालिका–१२ को नौ किलो भन्ने स्थानमा यात्रुवाहक बस र जिप एक आपसमा ठक्कर खादा जिपमा सवार २ जना घाइते भएका छन् ।
गोरखा बाट काठमाडौ जादै गरेको ना ४ ख ६५९ नम्वको बस र आँबुखैरेनी देखी गोरखा तर्फ आउदै गरेको बा १४ च ५६७४ नम्वरको जिप एक आपसमा ठक्कर खादा नौ किलो बजारका १७ बर्षिया नरदेवी कुमाल र नरेन्द्र कुमाल घाइते थियो । दिउसो करिव २ बजे भएको उत्त दुर्घटना पछि उपचारको कसले गर्ने भन्ने बिषयमा विवाद हुदाँ साँझ ६ः१५ बजे मात्र प्रहरीले समन्वय गराएर बाटो खुलाएको थियो । नयाँ बर्षको दिनमा लामो समय सम्म यसरी राजमार्ग अबरुद्व हुदाँ गोरखा सदरमुकाम तथा ग्रामिण ईलाका भै देशको विभिन्न भाग जाने सवारी साधान र देशको विभिन्न भागबाट जिल्ला भित्रने सवारी तथा यात्रुलाई सास्ती भएको थियो ।
दुर्घटनामा घाइते भएकाहरुको तनहुँको आँबु खैरेनीमा सामान्य उपचार पछि राजधानीको बिर अस्पताल उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक बिरेन्द्र थापाले जानकारी दिनु भएको छ । घाइते मध्ये नरदेवी कुमालको दाहिने हात भाचिएको र खुट्टामा चोट लागेको भने अर्का घाईते नरेन्द्र कुमालको भने अवस्था सामान्य रहेको बताइएको छ ।
जिपलाई प्रहरी नियन्त्रणमा लिएको छ । जिपका चालक भने फरार छन् । फरार चालकको खोजी भइरहेको ट्राफिक कार्यालयले जनाएको छ ।


