पत्रकार समेत उम्मेदवारका आकांक्षी , च्याखे थाप्नेहरु सलबलाए
कैलासबावु श्रेष्ठ/गोरखा
चैत्र ३१ गते । नजिकीदै गर्दा नेपाली काँग्रेसका कार्यकताहरु उत्साहित हुदै उम्मेदवारीका लागि हौसिएका छन । हौसिएका उम्मेदवाहरुमा च्याखे थाप्नेहरुको पनि लर्को धेरै नै देखीएको छ ।
सदरमुकाममा रहेको नेपाली काँग्रेसको नगर समितिमा आजै देखी उम्मेदवारीका लागि दावी गर्नेहरुको लर्को नै लागेको थियो । उम्मेदवारीमा दावीगर्नेहरु राजनितीमा जिवन बिताएका देखी ब्यापारी र पत्रकार सम्मको निवेदन परेको छ ।

सदरमुकामको कालीमाटी बजार अर्थात सरकारी कार्यालय जाने मुल गेटमा रहेको नेपाली काँग्रेस नगर समितिको कार्यालयमा बिहीबार दिउसो देखीएको दृष्य रहर लाग्दै थियो । नगर समितिका सभापति चन्दनबावु खत्रीले दिनु भएको जानकारी अनुसार गोरखा नगरपालिकाको मेयर पदमा नेपाली काँग्रेसका केन्द्रिय सदस्य देखी पत्रकार महासंघ अध्यक्ष सम्मको उम्मेदवारी परेको छ ।
नेपाली काँग्रेसका १ नम्बर क्षेत्रिय सभापति धिरन थापा मेयर पदका लागि आफ्नो ईच्छा देखाउदै निवेदन दर्ता गराएका छन भने दलित संघका केन्द्रिय सदस्य समेत रहेका ईश्वर परियारले पनि आफ्नो दावी सहित निवदेन दर्ता गराएका छन ।
त्यस्तै गरी औषधी ब्यवसायी संघका केन्द्रिय अध्यक्ष समेत रहेका प्रबिन तिवारी, महाधिवेशन प्रतिनिधी तथा पूर्व कोषाध्यक्ष भूगोल थापाले पनि मेयर पदकालागी उम्मेदवारीमा दावी सहित निवेदन समितिमा दर्ता गराएका छन । हालै जिल्ला कार्य समितिमा चयन भएका तथा पूर्व नगर सभापति राजन राज पन्त र नेपाल पत्रकार महासंघ गोरखा अध्यक्ष किशोर जंङ्ग थापाले पनि नेपाली काँग्रेसबाट मेयर पदका लागि उम्मेदवारी पाउनका लागि निवेदन दर्ता गराएको नेपाली काँग्रेसका अजित श्रेष्ठले बताउनु भयो ।

निर्वाचनमा मुख्य पद मेयर र उप मेयर मध्ये एक पदलमा महिला उम्मेदवारी दिनु पर्ने बाध्यात्मक अवस्थाका कारण उप मेयरमा २ जना महिलाको उम्मेदवारीका लागि निवेदन दर्ता भएको छ । उम्मेदवारीका लागि जिल्ला कार्य समिति सदस्य बिना कुमारी श्रेष्ठ र १ नम्बर क्षेत्रका महिला क्षेत्रिय सभापति मसली मायाँ ठोकर (सपना पुनः)ले आफ्नो उम्मेदवारी दावी गर्दै निवेदन समितिमा निवेदन दर्ता गराएको छ ।
नयाँ संरचना अनुसार १४ वडा भएको गोरखा नगरपालिका अन्तरर्गतको १, २, १०, ११ र १४ मा साँझ सम्म सहमती सहितको नामावली आउने समितिका सभापति खत्रीले बताउनु भयो । ति बाहेकका अन्य वडाहरुमा वडा अध्यक्षको चाहना राख्दै धेरैले उम्मेदवारीका लागि निवेदन दिएका छन ।
सर्व सहमती सहित वडा नम्बर ३ मा जित बहादुर बस्नेत, ८ मा कृण्ण के.सी., ९ मा कुल बहादुर कुवरको निवेदन मात्र दर्ता भएको छ भने वडा नम्बर १२ र १३ मा क्रमश.ढिल बहादुर थापा र भानु भत्त थापाको उम्मेदवारीका लागि निवेदन परेको नेपाली काँग्रेस गोरखा नगर सपभाति चन्दनबावु खत्रीले जानकारी दिनु भयो ।
अन्य वडाहरुमा भने धेरै जनाको उम्मेदवारी दावी गर्दै निवेदनहरु परेका छन । ४ नम्बर वडामा राम शरण अधिकारी, बलराम थापा मगर र खोप बहादुर अधिकारीको निवेदन दर्ता भएको छ भने ५ मा राम कुमार थापा मगर र दिपक भट्टराईको उम्मेदवारी दावी गर्दै निवेदन दर्ता भएको छ ।
त्यस्तै गरी ६ नम्बर वडामा अजित बावु श्रेष्ठ, श्रवण कुमार जोशी, शरद श्रेष्ठ र नारायण अर्यालको र वडा नम्बर ७ मा डम्बर बावु श्रेष्ठ, राम शरण आचार्य, ईश्वर भत्त श्रेष्ठ र धन बहादुर पुलामीको निवदेन दर्ता भएको नेपाली काँग्रेस सम्बद्व कार्यकर्ताहरुले जानकारी दिएको छ ।
उम्मेदवारीका लागि केन्द्रय समितिले चैत्र २५ गते अन्तिम म्याद दिएको भएता पनि नगर समितिमा रहेका वडाका प्रतिनिधीहरुले नगरमा उम्मेदवारी दिन इच्छाएकाहरुलाई जानकारी सम्म नगराएको भन्दै केही कार्यकताहरुले असन्तुष्टी समेत पोखेका थिए ।
बैशाख १ गते नयाँ बर्ष परेको कारण २ गते सनिबार बाट उम्मेवादको बिषयमा छलफल हुने नेपाली काँग्रेस समर्थित एक र्कायकताले बताए ।




















