नरेन्द्र ढकाल/गोरखा
चैत्र ३० गते । गोरखा नगरलाई सफा र हराभरा बनाउने पहिलो दायित्व नगरबासीको भएको एक कार्यक्रमका सहभागीहरुले बताएका छन् ।

सामुदायिक सेवा केन्द्र गोरखाको आयोजनामा बुधबार विहान पुरानो वर्सपार्कमा भएको नगर सरसफाई तथा जनचेतना सम्बन्धि सरोकारवाला सँगको छलफल कार्यक्रमका सहभागीहरुले नागरिक सबै नलागे सम्म सरसफाईको कामले पुर्णता पाउन नसक्ने बताएका हुन् । व्यक्तिगत सरसफाई,आफ्नो घरको सरसफाई सँगै वरपरको वातावरण सरसफाईमा ध्यान दिनुपर्ने अधिकाशंको भनाई छ ।
पछिल्लो समय गोरखा सदरमुकाममा फोहर मैला व्यवस्थापन नगरको मुख्य चुनौति बन्दै गएको भन्दै सरोकारवालाहरुले गोरखा नगरपालिकाको भुमिका पनि प्रभावकारी हुनु पर्नेमा जोड दिएका छन् ।

सामुदायिक सेवा केन्द्रका उपाध्यक्ष कैलाश बाबु श्रेष्ठको अध्यक्षता तथा प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतको प्रमुख आतिथ्यतमा भएको कार्यक्रममा गोरखा नगरपालिका कार्यकारी जिबन आले, यातायात ब्यवसायी समिति गोरखाका अध्यक्ष रामहरी केसी, बसपार्क टोल बिकास संस्थाका अध्यक्ष भगवान मास्के र शत्तिचोक टोल बिकास संस्थाका अध्यक्ष उमा जोशी सहितले आगामी दिनमा आफ्नो क्षेत्र भित्र फोहर घर भित्रै लुकाउने गरी कार्यक्रम ल्याउने प्रतिबद्वता ब्यत्त गनु भएको थियो ।

सामुदायि सेवा केन्द्र गोरखाले आयोजना गरेको यो कार्यक्रम साँकेतिक सरसफाई रहेको केन्द्रले जानकारी दिएको छ ।
कार्यक्रम पछि टोलविकास सस्थाका सदस्यहरु, नेपाल प्रहरी, सशस्त्र प्रहरी सामुदायिक सेवा केन्द्रका पदाधिकारी लगायतले पुरानो वर्सपार्क क्षेत्रको सरसफाई समेत गरेका थिए ।


