कैलासबावृु श्रेष्ठ/गोरखा
चैत्र ३० गते । मानब सेवा आश्रम गोरखाले फेरी एक अर्को परिवारलाई पुर्न मिलन गराउन सफल भएको छ ।
एक साता अगाडी स्थानिय गाउँकै दिदी नाता पर्ने संग पछी लागेर गएकी गोरखा बोर्लाङ्ग ३ कि १० बर्षीयाँ दिपा परियारलाई चितवनबाट उद्वार गरी परिवारमा पुर्न मिलन गराएको हो ।

चितवन पुगे पछि अचानक छल्लीएकी दिपालाई चितवन प्रहरीले फेला पारी मानब सेवा आश्रममा पठाएको थियो । परिवारका बिषयमा सोधीखोजी गर्दा गोरखा बोर्लाङ्ग घर बताएकी दिपालाई मानब सेवा आश्रम गोरखामा केही दिन अगाडी मात्र पठाइएको थियो ।
बालिका दिपा परियारले दिएको जानकारी अनुसार बोर्लाङ्ग प्रहरीलाई जानकारी गराए पछि बालिकाका बुवा मंगल बहादुर परियार र मुवा बिमला परियार तथा बोर्लाङ्ग प्रहरी ईकाइका प्रहरी जवान चन्द्रमान चौधरीलाई एक कार्यक्रम बिच परिवारलाई पुर्न मिलन गराइएको मानब सेवा आश्रम गोरखाले जानकारी दिएको हो ।
तस्बिर : मानब सेवा आश्रम गोरखा




















