कैलासबावु श्रेष्ठ/गोरखा
चैत्र २७ गते । चैते दशैको अवशर पारेर गोरखाको तिनमानेमा आयोजना गरीएको लोक दोहरी गित प्रतियोगितामा प्रथम र द्वितिय पुरस्तकार अनलाइनले हात पारेको छ ।
चण्डेश्वरी महिला समूह र भञ्ज्याङ्गी यूवा क्लबको आयोजनामा तिनमानेमा भएको खुल्ला लोक तथा दोहरी गित प्रतियोगिता २०७३ मा मनकामना रोधी घर अनलाइनले प्रथम पुरस्कार हात पारेको छ भने लोकभाका रोधीघर अनलाइनले द्वितिय स्थान हात पारेको छ ।
चैते दशैको अबशरमा बर्षेनी आयोजना हुने लोक दोहरी अन्तरर्गत यस बर्षको प्रतियोगितामा ताक्लुङ्ग राईजिङ्ग इन्भेष्टमेन्ट तृतिय भएको थियो भने सुनौलो बिहानी महिला समूह ताक्लुङ्गले सान्त्वना पुरस्कार पाएको छ । बिजयी सबै टिमलाई नगद, प्रमाण पत्र र ट्रफीले सम्मान गरीएको थियो ।
आयोजक संस्था सिता कुमारी पुडासैनीको सभापतित्वमा सम्पन्न कार्यक्रममा सभाषद जे.भि.टुहुरेको प्रमुख आतिथ्यता रहको थियो । कार्यक्रममा लोक दोहरी प्रतिष्ठान गोरखाका अध्यक्ष मिना गुरुङ्ग, राष्ट्रिय कलाकार कहरसिंह थापा, पृथ्वी गुरुङ्ग, चन्द्र परियार, दल बहादुर राना, अम्मर राना, निश्चल थापाको उपस्थिती रहेको थियो ।
प्रतियोगितामा सुकु गुरुङ्ग, झिनु थापा मगर, रबिन्द्र पन्त र बसन्त श्रेष्ठलाई उत्कृष्ठ गायक गायिकाको रुपमा सम्मान गरीएको थियो ।
प्रतियोगितामा १८ समूहको सहभागिता रहेको थियो ।
लोकदोहरीमा अनलाइनको जित
लोकदोहरीमा अनलाइनको जित
- अ
- अ
- अ
गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु


