१८ तस्बिरमा अधिवेशनको झल्को
कैलासबावु श्रेष्ठ/गोरखा
चैत्र २६ गते । नेवाः देय दवु गोरखाको पहिलो अधिवेशन सदरमुकाममा सम्पन्न भएको छ । अधिवेशनले देवी प्रसाद श्रेष्ठ अध्यक्षतामा १३ जनाको जिल्ला कार्य समिति चयन गरेको छ ।

सर्व सम्मत चयन भएको कार्य समितिमा महिला सदस्यहरुमा चेत कुमारी श्रेष्ठ पालुङटार, विद्यामास्के गोनपा–३, भगवती श्रेष्ठ गोनपा–२ र पार्वती श्रेष्ठ आरुघाट चयन भएको छ ।

त्यस्तै गरी खुल्ला तर्फ रामबावु श्रेष्ठ गोनपा–२, नयाँ बजार, राजकुमार श्रेष्ठ गोनपा–६ बराह, रुशबावु जोशी गोनपा–३ शत्ति चोक, गाबर्धन श्रेष्ठ गोनपा–३ हस्पीटलमार्ग, रामकुमार श्रेष्ठ गोनपा– कालीमाटी बजार, मान बहादुर श्रेष्ठ ताप्ले, कमल नारायण श्रेष्ठ छोप्राक र भिम बहादुर श्रेष्ठ पालुङटारबाट सर्व सम्मत चयन हुनु भएको छ ।

अधिवेशनको पानसमा बत्ती बालेर उदघाटन गर्दै नेवाः देय दवु नेपालका केन्द्रिय अध्यक्ष एवं कार्यक्रमका प्रमुख अतिथी नरेश ताम्राकारले ईतिहास देखी संगठित नेवार जाती केही समय यता बिखण्डीत भउएकोमा चिन्ता ब्यत्त गनु भयो । अध्यक्ष ताम्राकारले नेवार समुदायको यही बिखण्डनका कारण संगठन कमजोर भएको समेत बताउनु भयो ।

नेवाः देय दवु जिल्ला तर्दथ समिति गोरखाको आयोजनामा सदरमुकामको कर्भड हलमा भएको कार्यक्रममा बोल्दै अध्यक्ष ताम्राकारले एकताको शुत्रधार नेवार समुदाय विविधतामा एकता र अनेकतामा एकता भएको जाती भएको भन्दै अब सबै क्षेत्रमा नेवार समुदायले नेतृत्व लिनुपर्ने आवश्यता रहेको समेत औल्याउनु भयो ।

भाषा र संस्कृतीलाई पुस्ता स्थानान्तरणका लागि नेवार सुमदाय तयार हुनुपर्ने भन्दै प्रमुख अतिथी ताम्राकारले गोरखा जिल्लामा भाषा र संस्कृतीका लागि तालिम आवश्यक भए त्यसमा सहयोग गर्न केन्द्रिय समिति तयार रहेको कुरा जानकारी गराउनु भएको थियो ।

कर्भड हलमा अधिवेशन सञ्चालन हुनु पूर्व नेवार समुदायको विभिन्न झाँकीले हरमटारी, कालिमाटी, शक्तिचोक, नयाँ बजार, धारापानी, पदेली, ठुलो आँगन, तिनधारे, गणेशपाटन, पाटेचौर, अस्पताल मार्ग हुदै कार्यक्रम स्थलमा सहभागीहरु सहभागी हुन आएका थिए ।

देवी श्रेष्ठको अध्यक्षतामा भएको अधिवेशनलाई आदीबासी जनजाती माहासंघ गोरखाका अध्यक्ष विण्णु राना मगर, नेवाः देय दवु भरतपुर महानगरपालिकाका सचिव ईश्वर श्रेष्ठ, तनहुँका शंकर नारायण श्रेष्ठ र केन्द्रिय सदस्य मनोज नेवाःले कार्यक्रममा शुभ कामना मन्तब्य राख्नु भएको थियो ।

०७१ सालमा गठन भएको नेवाः देय दवु अहिले विभिन्न २० स्थानमा गठन भै सकेको छ भने अन्य स्थानमा गठनको प्रकृया जारी रहेको छ । कार्यक्रम स्थलमा नेवाः तजिलजी पूचः ब्यास दमौलीले नेवार सँस्कृतीको विभिन्न नाच तथा बाजाहरु प्रस्तुत गरेका थिए ।

नेपालमा नेवार १३ लाख भन्दा बढी नेवार समुदायको जन संख्या रहेको अनुमान गरीएको छ ।
कार्यक्रमका केही झलकहरु











