अझै तिन बाँकी
कैलासबावु श्रेष्ठ/गोरखा
चैत्र २६ गते । राज्य पुनः संरचना सगै विभाजन गरीएको गोरखाको नगरपालिका र गाउँपालिकाको रिक्त रहेको ३० वडा मध्ये २८ वडामा सचिव खटाइएको छ । बाँकी ३ वडामा पनि केही दिन भित्रै सचिव खटाउने तयारी भै रहेको छ ।
जिल्ला प्रशासन कार्यालय गोरखामा शुक्रबार बसेको प्रमुख जिल्ला अधिकारी संयोजक रहने जिल्ला कर्मचारी ब्यवस्थापन तथा समन्वय समितिले जिल्लाको विभिन्न स्थानमा खाली रहेको वडा सचिवहरुमा जिल्ला भित्रकै विभिन्न सरकारी कार्यालयमा प्रशासनमा काम गरी रहेका कर्मचारीहरुलाई खटाएको समितिमा रहनु भएका स्थानिय बिकास अधिकारी नारायण आचार्यले जानकार दिनु भयो ।
समितिले शुक्रबार ढिला गरी सार्वजनिक गरेको कर्मचारी सरुवामा अझै जिल्लाको ३ वटा वडामा सचिवन पुगेको छैन । समितिका संयाजक एवं प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतका अनुसार राजपत्र अनंकित प्रथम र द्वितिय श्रेणीका प्रशासनमा काम गरेका कर्मचारीहरु खोजी भै रहेको छ । स्थानिय निर्वाचन अगाडी बाँकी ३ वटा वडामा समेत वडा सचिव पठाउछौ भन्नु हुन्छ प्रजिअ बस्नेत ।
जिल्ला भित्र रहेको सरकारी कार्यालय त्यसमा पनि काम नभएर त्यसै बसी रहेका कर्मचारीहरुको पहिचान गरी खाली वडामा सचिवमा सरुवा गरीएको समितिले जानकारी गराएको छ ।
सरुवा हुनेमा जिल्ला प्राविधिक कार्यालय, मालपोत कार्यालय, जिल्ला हुलाक, खानेपानी तथा सरसफाई डिभिजन कार्यालय, महिला तथा बालबालिका कार्यालय, गोरखा दरर्बार हेरचाह अड, जिल्ला शिक्षा कार्यालय तथा एकिकृत सेवा केन्द्रमा कार्यरत प्रशासनिक कर्मचारीहरुलाई वडा कार्यालयमा सरुवा गरीएको हो । त्यस्तै गरी ११ किलो–छेवेटार–भालुस्वारा–बारपाक सड्क योजना, सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय, सिंचाई बिकास डिभिजन कार्यालय, जिल्ला जन स्वास्थ्य कार्यालय र जिल्ला प्रशासन कार्यालयमा कार्यरत प्रशासनीक कर्मचारीहरुलाई समेत वडा कार्यालयमा सरुवा गरीएको छ ।
को को कर्मचारी कहाँ कहाँ सरुवा भए त ?



