कैलासबावु श्रेष्ठ/गोरखा
चैत्र २३ गते । आउदो बैशाख ३१ गते हुने भनिएको स्थानिय निर्वाचनका लागि गोरखा जिल्लाका लागि नेपाल सरकारले निर्वाचन अधिकृत खटाएको छ ।
जिल्लाको ९ गाउँपालिका र २ नगरपालिका हेर्ने गरी निर्वाचन अधिकृत र मुख्य निर्वाचन अधिकृत खटाइएको हो ।
निर्वाचन आयोगले गोरखा पत्रमा सूचना प्रकाशन गरी चैत्र २५ गते देखी लागु हुने गरी सबै निर्वाचन अधिकृतलाई नियुत्ती प्रदान गरीएका निर्वाचन आयोगले जनाएको छ । जिल्ला सदरमुकाममा रहेको गोरखा नगरपालिका र मुख्य निर्वाचन अधिकृत हुने गरी गोरखा जिल्ला अदालतका न्यायधिश बसन्त राज पौडेललाई जिम्मेवारी तोकिएको छ ।
त्यस्तै गरी पालुङ्गटार नगपालिकामा जिल्ला सरकारी वकिल कार्यालयका जिल्ला न्यायधिबत्ता सुरेन्द्रराज काफ्लेलाई जिम्मेवारी दिइएको छ भने चुम नुब्री गाउँपालिकामा मालपोत कार्यालय लमजुङ्गका उप सचिव हरीहर दाहाललाई जिम्मेवारी दिइएको छ ।
जिल्लाको धार्चे गाउँपालिकामा सर्वोच्च अदालतका उप रजिष्टार नारायण प्रसाद रेग्मी, सुलिकोट गाउँपालिकाका लागि मालपोत कार्यालय गोरखाका उपसचिव पुरन गिरीलाई जिम्मेवारी दिइएको छ । उता अजिरकोटा गाउँपालिकामा पर्यटन कार्यालय भैरहवाका खेम बहादुर थापा, आरुघाट गाउँपालिकामा कृषि विभागका उपसचिव यादव सुवेदी, भिमसेन गाउँपालिकामा क्षेत्रिय प्रशासन कार्यालय दिपायलका उप क्षेत्रिय प्रशासक सुरेन्द्र पौडेललाई जिम्मेवारी दिएर पठाइएको छ ।
त्यस्तै गरी सिरानचोक गाउँपालिकामा यातायात ब्यवस्था कार्यालय गण्डकीका उपसचिव कृतनराज पौडेल, शहिद लखन थापा गाउँपालिकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालका उप न्याधिवत्ता हरी प्रसाद रेग्मीलाई जिम्मेवारी दिएको छ भने गण्डकी गाउँपालिकामा मालपोत कार्यालय तनहुँका उपसचिव दिर्घ बहादुर पोखरेललाई जिम्मेवारीदिई कार्य क्षेत्रमा खटाइएको छ ।
२ सय १३ मतदान केन्द्र रहेको गोरखा जिल्लामा कुल १ लाख ६९ हजार ४६ जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकृत राजेन्द्र प्रसाद पोखरेलले बताउनु भयो । जस मध्ये ८७ हजार ४ सय २४ जना महिला र ८१ हजार ६ सय २१ जना पुरुष र १ जना तेस्रो लिगीं रहेका छन ।
०७० सालमा भएको संसदीय निर्वाचनका बेला कुल १ लाख ३८ हजार ६ सय ५७ जना मतदाता रहेका थिए । त्यस मध्ये पुरुष ६६ हजार ३ सय ४६ जना महिला ७२ हजार ३ सय १० जना र १ जना तेस्रो लिगीं रहेको निर्वाचन अधिकृत पोखरेलले जानकारी दिनु भयो ।
जिल्लामा खटीएका निर्वाचन अधिकृतको नामावली





















