नरेन्द्र ढकाल/गोरखा
चैत २२ गते । बेलायती राजकुमार ह्यारीले श्रमदान गरी शिलन्यास गर्नुभएको गोरखा लापूको प्रभातकिरण माध्यमिक विद्यालयको भवनको निर्मण भएको छ । एक वर्ष अघि राजकुमार ह्यारीले नेपाल भ्रमणका क्रममा उत्तरी गोरखाको लापूमा रहेको प्रभातकिरण माविमा पुगेर विद्यालय भवन पुर्ननिर्माण थाल्नुभएको थियो ।

उहाँको श्रमदान बाट सुरु भएको उक्त विद्यालय निर्माणका लागि बेलायत बाट आएका स्वमंसेवकहरुले समेत श्रमदान गरेका थिए । ‘अब त बिद्यालय भवन बन्यो, निकै खुसि लागेको छ’ बिद्यालयका प्रधानाध्यापक जिपबहादुर गुरुङले भन्नुभयो । झण्डै ३५ लाख लागत बनेको १२ कोठ विद्यालय भवन निर्मााणका लागि बेलायती स्वमंसेवकहरुको समूह टीम रुविकन युकेले ३५ लाख आर्थिक सहयोग गरेको थियो ।
झण्डै १० लाखको भने श्रमदान गरिएको प्रधानाध्याक गुरुङले जानकारी दिनुभयो । गत वर्षको चैत ११ गते विद्यालय भएको गाउँ लापूबेँसी पुग्नुभएका राजकुमारले चैत १६ गतेसम्म विद्यालयको भवन निर्माणका लागि अरु कामदार सरह श्रम खर्चनुभएको थियो । ६ दिनसम्म लगभग सम्पर्क बिहिन भएर उहाँले त्यहाँ श्रमदान गर्नुभएको थियो । पुरानो भवन भत्काउने, ढुङ्गा बोक्ने, जग खन्ने, जंगल बाट काठ ओसार्ने जस्ता काम गरेर राजकुमार ह्यारीले सबैलाई चकित बनाउनुभएको थियो ।

उहाँको टोलीले ६ दिन सम्म बसेर भवनको डिपिसी सम्म तयार गरेर ह्यारी बेलायत फर्कीएको थियो । बेलायती राजकुमार ह्यारीले समेत ढुंगामाटो र काठपात ओसारेर निर्माण सुरु भएको विद्यालयको नयाँ भवन बनेपछि स्थानीय बासिन्दा खुशी भएका छन् । ‘राजकुमार ह्यारी आफैले श्रमदान सुरु गर्नुभयो, हामी सबै उहाँ सँग रमाउँदै काम ग¥यौं’ प्रअ गुरुङले भन्नुभयो । विद्यालय बनिसकेको खबर लण्डनमा रहेका राजकुमार ह्यारीलाई टिम
रुविकनका स्वमंसेवकहरुले पु¥याइसकेको र उहाँ खुशि हुनु भएको खबर आफुले पाएको प्रधानाध्यापक गुरुङले बताउनुभयो ।
विद्यालय भवन बने पछि आफूहरुलाई निकै सजिलो भएको शिक्षक एवं विद्यार्थीहरुले बताएका छन् । ‘चैत वैशाखको समय हावा हुरीले विद्यालय सञ्चालन गर्न निकै समस्या हुन्थ्यो, विद्यालय नै बन्द गर्नुपर्ने अबस्था आउथ्यो अब विद्यालय बन्द गर्नु पर्दैन’ खुसी हुँदै प्रअ गुरुङले भन्नुभयो ।
तस्वीर सौजन्य शिक्षिका सिमा गुरुङ


