नरेन्द्र ढकाल/गोरखा
चैत २० गते । एनआरएनले लाप्राकमा बनाउन लागेको नमुना बस्ति निर्माणका लागि काठ ढुङ्गा जुटाउन समस्या भएको स्थानियले गुनासो गरेका छन् । एनआरएनले घर बनाउने भए पनि काठ र ढुङ्गा स्थानियलाई नै खोज्न भने पछि आफूहरुलाई समस्या भएको स्थानिय मार्सिङ गुरुङ बताउनुभयो ।‘हामीले ढुङ्गा र काठ खोज भनेको छ,कहाँ कसेरी खोज्ने हो हामी त अन्यौलमा छौ’ उहाँले भन्नुभयो । एनआरएनले लाप्राक स्थानिय भुकम्प पिडितलाई प्रति घर ७ ट्रक ढुङ्गा, ४० बोरा गिट्टि र ४५ क्युफिट भन्दा बढि सालको काठ खोज्न लगाएको छ । ‘ढुङ्गा, गिट्टि त जसो तसो खोजौला, काठ चाँही हामी बाट ल्याउनु, हाम्रो जंगल छैन्, गुरुङले भन्नुभयो । लाप्राक गोरखाको उत्तरी क्षेत्रमा पर्ने गाउँ हो । २७ सय ९० मिटर उचाइमा रहेको लाप्राकमा सल्लो, उत्तिस, धुपी जस्ता हिमाली विरुवा मात्र पाइने हुँदा सालको काठ खोज्न स्थानियलाई समस्या भएको छ ।‘हाम्रो ठाउँमा सालको रुख हुँदै यहाँ पाईने काठ हुन्न भन्छ, हामीले कहाँ बाट काठ ल्याउनु?’मणिकाम देवी माबिका प्रधानाध्यापक एवं स्थानिय भबिराज गुरुङले भन्नुभयो ।
एनआरएनले लाप्राक गुप्सीपाखामा ५ सय ७३ भुकम्प प्रतिरोधी घर निर्माण सुरु गरको छ । उक्त घर निर्माणका लागि कुल २७ हजार क्युफिट काठ आवश्यक पर्ने एनआरएनले बताएको छ । काठ अभावका कारण लाप्राक पुननिर्माणको काम प्रभावित हुने भएको छ । भुकम्पको गएको २ वर्ष बित्न लाग्दा बल्ल बल्ल सुरु भएको काम फेरी रोकिन लागेको भन्दै स्थानियले निराशा व्यक्त गरका छन् । उनीहरुले सरकार एनआरएन दुबैले पहल गरी लाप्राकका लागि आवश्यक काठ उपलब्ध गराउन माग गरका छन् । ‘हामी सँग काठ छैन्, खोज्न पनि सक्दैनौं, यहाँ चाहिने काठ सरकार र एनआरएनले नै उपलब्ध गराउनु पर्छ’गुरुङले भन्नुभयो । प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले भने,लाप्राकको पुर्ननिर्माणमा काठ अभाव नदिने दाबी गर्नुभएको छ । गोरखामा १० हजार सेफ्टि सालको काठ ल्याउने तयारी भएको भन्दै उहाँले लाप्राक लाई पहिलो प्राथामिकतामा राखेर काठ वितरण गर्ने बताउँनुभयो । त्यस्को लागि पहिले स्थानियले प्रक्रिया पुरा गर्नुपर्ने उहाँको भनाई छ ।‘पहिले उहाँहरुले काठ चाइयो भनेर निवेदन हाल्नु प¥यो, काठ माग गरी केही रकम जम्मा गर्नु पर्छ, अनि हामी काठ दिन्छौ’ प्रजिअ बस्नेतले भन्नुभयो । सरकारले ९० प्रतिशत अनुदानमा उपलब्ध गराउने काठको कटानी र ढुवानीको लागि १० प्रतिसत भने भुकम्प पिडित बाटै लिने तयारी गरिएको छ । उक्त काठ गोरखा जिल्लाका सबै भुकम्प पिडितको लागि आएकाले लाप्राकलाई मात्र दिन भने नमिल्ने प्रजिअ बस्नेतले बताउनुभयो ।

गोरखामा ल्याइने भनिएको १० हजार सेफ्टि काठ कहिले आईपुग्छ भन्ने अझै टुङ्गो नलागेको जिल्ला वन कार्यलय गोरखाले जनाएको छ ।कार्यलयका प्रमुख जिवनाथ पौड्ल भन्नुभन्छ ‘काठ ल्याउनका लागि हामीले प्रक्रिया त बढाएका छौ, तर हामी सँग कटानी र ढुवानीका लागि बजेट छैनन्, काठ कहिले आउँछ भन्न सक्ने अवस्था छैन ।’ रकम अभावका कारण सालको काठ जिल्ला ल्याउन समस्या भएको उहाँको भनाई छ । काठ ल्याउनको लागि प्रस्ताव बनाएर पठाए पनि सरकारले अहिले सम्म कुनै रकम अख्तियारी नआएको जिल्ला वन कार्यलयले जानकारी दिएको छ । गोरखा जिल्लाका सबै भुकम्प पिडितका लागि ल्याएने उक्त काठ लाप्राकलाई मात्र दिन समस्या हुने उहाँको तर्क छ । वन कार्यलयले गत वर्ष लाप्राकमा ७ हजार सेफ्टि सल्लाको काठ वितरण गरेको भन्दै एनआरएनलाई उक्त काठको प्रयोग गर्ने राष्ट्रिय पुर्ननिर्माण प्राधिकरण नै आग्रह गर्नु पर्ने वन कार्यलयको भनाई छ ।
लामो प्रक्रिया पछि एनआरएनले लाप्राकको गुप्सीपाखामा सुरु गरेको एकिकृत बस्ती बिकासको काम काठ अभाबका कारण रोकिने देखिएको छ । लाप्राकका स्थानियहरुले एनआएनको काम प्रति पनि असन्तुष्टि व्यक्त गरेका छन् । बनेका सरचना सरकारको मापदण्ड अनुसार भए नभएको भन्दै उनीहरुले सरकारी इन्जिनियर मार्फत उक्त कामको अनुगमन गर्ने व्यवस्था मिलाउन माग गरेका छन् । गुप्सीपाखामा अहिले ५ सय ७३ भुकम्प प्रतिरोधी घर निर्माणका लागि घडेरी खार्ने र घरको डिपिसी निर्माण गर्ने काम भईरहेको छ ।
तस्वीर सौजन्य भविराज गुरुङ/लाप्राक गोरखा


