मन्त्री बोल्दा बोल्दै बत्ती चट
कैलासबावु श्रेष्ठ/गोरखा
चैत १९ गते । नेपाल सरकारका उर्जा मन्त्री तथा माओवादी नेता जनार्दन शर्माले अहिले मुलुकमा निर्वाचन बाहेकको कुनै बिकल्प नरहेको बताउनु भयो ।
गोरखा सदरमुकामको रानी पोखरीमा आयोजना गरीएको माओबादी केन्द्र गोरखा नगरपालिकाको नगर सम्मेलनकमा सहभागी हुदै मन्त्री शर्माले देशलाई निर्वाचनको आवश्यता परेको भन्दै निर्वाचन बाहेक कुनै बिकल्प नरहेको बताउनु हुदै सरकारले घोषणा गरेको स्थानिय तहको निर्वाचन कुनै पनि दलको हार जितको विषय नभएको समेत बताउनु भयो । मन्त्री शर्माले संबिधान सभा मार्फत आफैले बनाएको नयाँ संविधान कार्यन्वयनका लागि पनि निर्वाचनको विकल्प नभएको कार्यक्रममा बताउनु भएको थियो ।
निर्वाचन आचार संहिताको ख्याल नै नगरी तनहुँको आँबुखैरेनी देखी गोरखा बजार सम्म सयौंको संख्यामा सवारी साधानले स्कटीङ गरी आउनु भएका मन्त्रीलाई बजार क्षेत्रबाट कार्यक्रम स्थल सम्म दुई समूहको पञ्चैबाजाले स्वागत गरी लगिएको थियो ।
अन्य दलहरु प्रति लक्ष्ति गर्दै मन्त्री शर्माले केही दलले अहिले चुनावको माहोल आफ्ना पक्षमा नदेखिएको भन्दै निर्वाचन भाड्ने प्रयत्न गरेको समेत आरोप लगाउनु भयो । तराई, मधेशमा निर्वाचनका बारेमा रहेको दुबिधा पनि छिटै हल हुने मन्त्री शर्माको दावी गर्दै तराईका दलहरु सँग छलफल भइरहेका र सहमती नजिक पुगेको समेत उहाँको दाबी थियो ।
नेपाल सरकारको जिम्मेवार मन्त्रीका हैसियतले निर्वाचन आचार संहिता पालना गर्नु आफ्ना कर्तब्य र दायित्व दुबै भएको भन्दै उहाँले आफू पार्टीको राजनितिक कार्यक्रम नभई बुढि गण्डकी आयोजनाको बारेमा छलफल गर्न गोरखा आएको बताउनु भएका मन्त्री शर्मा साँझ राजधानी फर्कने बेला बुढी गण्डकी आयोजनाको कार्यालय घ्यालचोक पुग्नु भएको थियो ।
मन्त्री बोल्दा बोल्दै बत्ती चट
निर्वाचन आचार संहिताको निकै चर्चा गरेको मन्त्री शर्माले गोरखा आएको बेला सदरमुकाम सम्म आउन पार्टीका साथीहरुको आग्रहलाई स्वीकार गरेर आएको भन्दै अधिकाशं समय लोडसेडिङ्ग अन्त्य गर्ने बिषयमा बोल्दा बोल्दै सदरमुकामको बत्ती गएको थियो । बुढिगण्डकी आयोजनाका बारेमा समेत समय खर्चिनु भएका मन्त्रि शर्माले गोरखाका सरकारी कार्यलयका प्रमुख एवं बुढिगण्डकी आयोजना सँग सरोकार राख्ने कायालयका कर्मचारीहरु सँग भेटघाट गर्र्दै आयोजनाको प्रगतिको बारेमा जानकारी लिनुभएको थियो ।
बैठकमा आयोजनाका संयोजक कृष्ण कार्कीले बुढिगण्डको कामका बारेमा उर्जा मन्त्रिलाई जानकारी गराउनुका थियो । संयोजक कार्कीले कामको रफ्तारलाई बढाउन र संन्तोषजनक काम हुनका लागि जिल्ला प्रशासनमा आयोजनाको काम गर्ने गरी कर्मचारी थप गनु पर्ने, नापी र मालपोत कार्यालयमा काम गर्ने कर्मचारीहरुलाई अतिरिक्त तलब दिनु पर्ने, साविकका गाउँ बिकास समितिमा कर्मचारीहरु खटाउनु पर्ने जस्ता प्रस्ताब समेत मन्त्री शर्मालाई राख्नु भएको थियो ।
कार्कीको प्रस्ताब सुनिसके पछि उर्जा मन्त्रि शर्मा उक्त प्रस्ताव आफूले मन्त्रिपरिषमा लगेर छलफल गराउने आस्वासन दिनुभएको थियो । मन्त्री शर्माले सदरमुकाममा भएको उत्त भेटमा आयोजनाको लागि थप ३० अर्ब दिन सरकार तयार रहेको भन्दै खर्च गर्न सकिन्छ भनेर संयाजक कार्की र प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतलाई प्रश्न गनु भएको थियो ।


