×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • २ घण्टा अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ६ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ९ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ११ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ११ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ११ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • १२ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • १२ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

बाबुआमा कसले पाल्ने ?

  •  
  • शनिबार, चैत १९, २०७३ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    लोरी गाएर हुर्किएको हुजरबाहजुरआमा पुस्ता र मोबाइलमा गीत सुनेर हुर्किंदै गरेको नाति पुस्ताबीच ठूलो पुस्तान्तर छ । जसले गर्दा पनि हजुरबाहजुरआमा नतिनातिनाका लागि अपरिहार्य बन्न छोडेका छन् ।

    चेतन अधिकारी

    चैत्र १९, २०७३- छोरा बुहारी जागिरमा, छोरी ज्वाइँकोमा, नातिनातिना स्कुल कलेजमा, बाबुआमा घरमा । आम नेपालीको पारिवारिक स्थिति यस्तै छ अहिले । ५० वर्षअघि २७ वर्ष रहेको नेपालीको औसत आयु झन्डै तीन गुणा बढेर ७१ वर्ष पुगेको छ । स्वास्थ्य सुविधामा पहुँच, घट्दो भोकमरी, हट्दो अन्धविश्वासले आम नेपालीको जिउने समय क्रमश: बढ्दै छ । छरछिमेकका घरहरूमा चार पुस्तासम्मका मानिस सजिलै पाउन सकिन्छ । पछिल्ला दिनमा पाँचपुस्ते परिवार पनि देखिन थालेका छन् । तर सबैलाई एउटै पिरलो छ बाबुआमा पाल्ने कसले ?

    व्यस्त र आधुनिक जीवनशैलीले छोराहरूले बाबुआमालाई समय दिन सकेका छैनन् । हिजो मानिस कृषिमा आश्रित थिए । दिनभरि खेतीको काम गर्थे । साँझ घरमा आउँथे, बाबुआमासँग गफगाफ गर्थे । बिहानसँगै खाना खान्थे । बूढा बाबुआमा नातिनातिना स्याहारेर दिन बिताउँथे । उनीहरूले कुनै पटयार र दिक्दारीको महसुस गर्दैनथे । तर समय बदलियो । परिवारको संरचना बदलियो । रोजगारीको प्रकृति बदलियो । मान्छेका चाहना बदलिए । हिजो हजुरबाबुदेखि नाति, पनातिसम्म एउटै चुल्होमा खाना खान्थे । एउटै छाप्रोमा ओत लाग्थे । संयुक्त परिवारको शैली थियो । अहिले क्याम्पस पढ्नका लागि डेरा बस्दादेखि बाबुआमासँग छुट्टिएका छोराछोरी फेरि बाबुआमासँग आएर बिरलै मिसिन्छन् । पढ्न सहरतिर छिरेका छोराहरू गाउँ नफर्किने सर्तमा सहर वा अर्को गाउँकी बुहारी भित्र्याउँछन् । उसैगरी गाउँ नजाने सर्त राखेर छोरीहरूले सहरतिरै ज्वाइँ खोज्छन् । यदाकदा गाउँ फर्किने परिस्थिति आए पनि सासुससुरासँग नबस्ने सर्त गराएर गाउँ फर्किन्छन् ।

    १६ वर्ष पुगेर नेपाली नागरिकताको प्रमाणपत्र लिएपछि छोराहरू वैदेशिक रोजगारीका लागि खाडी मुलुक जान राहदानीको लाइनमा बस्छन् । राहदानीको फारम भरेपछि बाबुआमाको करकापमा बुहारी भित्र्याएर आफू वर्षौंका लागि विदेश भासिन्छन् । अहिले त कति छोरी–बुहारी पनि रोजगारीका लागि विदेश पुगेका छन् । वैदेशिक रोजगारीको ‘साइडइफेक्ट’ पनि समाजमा देखिन थालेको छ । त्यसले उनीहरूको जीवनमा नयाँ तनाव सिर्जना गरेको छ । आफ्नै तनाब व्यवस्थापनमा बाबुआमाको रेखदेख उसको प्राथमिकतामा पर्ने कुरै भएन ।

    बाबुआमा कसले पाल्ने ? छोराहरूको विवाह भइसकेपछि नेपालीका घरघरमा उहिलेदेखि चलिआएका आहान हो यो । अनि समाजको चासोको विषय पनि । समयान्तरमा यो आहान भनौं वा प्रश्न अझ पेचिलो हुँदै गएको छ । उतिखेर धेरै भाइ छोरा हुने भएकाले बाबुआमा कोसँग बस्ने भनेर प्रशस्त विकल्प हुन्थे । फेरि प्राय:को बसाइ गाउँमै भएकाले बाबुआमालाई कुनै नयाँ समाज वा परिवेशमा समायोजन भइरहनु पर्दैन थियो । तल्लाघर माथ्ला घर, ओल्लो घर, पल्लो घर सबै पुरानै । छिमेकी र उही समुदाय । तर अहिले परिवेश बदलियो । एउटा वा दुइटा मात्र छोरा । अथवा एक वा दुईमात्र छोरी । समाज संस्कृतिअनुसार छोराले नै बाबुआमा पाल्नुपर्ने थिति । यसले समाजमा एकपछि अर्को समस्या र चुनौती थपिरहेको छ । अहिले औसतमा ७० वर्षभन्दा माथिको उमेर बाँच्छन् नेपाली । ६० वर्षदेखि अशक्त भएका वृद्धवृद्धाको दैनिकी क्रमश: टिठलाग्दो बन्दै छ । संयुक्त परिवार भए पनि हिजोजस्तो हजुरबाहजुरआमाले लोरी गाएर रुँदै गरेको नातिलाई खुसी पार्न सक्दैनन् । हजुरआमाहरूले कोक्रो हल्लाएर नातिनीलाई निदाउन सक्दैनन् । गर्भमै प्रविधिको सिको गरेर जन्मिएकाझैं गरी नातिनातिनालाई मोबाइल वा टयाबबाट गीत सुनाउनुपर्छ । फिल्म देखाउनुपर्छ । अनि मात्र खाना खान्छन् । अनि मात्र निदाउँछन् । लोरी गाएर हुर्किएको हुजरबाहजुरआमा पुस्ता र मोबाइलका गीत सुनेर हुर्किंदै गरेको नाति पुस्ताबीच ठूलो पुस्तान्तर छ । जसले गर्दा पनि हजुरबाहजुरआमाहरू नतिनातिनाका लागि अपरिहार्य बन्न छोडेका छन् । अलि अघिसम्म नातिनातिनालाई अक्षर चिनाउन, श्लोक भन्न र घरेलु हातेसीप जस्तै: डोरी, नाम्लो बाट्न, गुन्द्री बुन्न, हतेउरी बाट्न उनै हजुरबाहजुरआमाका सीप काम लाग्थे । तर अहिले स्मार्ट फोन टयाब, फेसबुक र युटयुब चलाउन हजुरबाहजुरआमाहरू निकम्मा भएका छन् । त्यस कारण पनि बाबुआमा कसले पाल्ने ? विज्ञहरू भन्छन्– हजुरबाहजुरआमासँग बसेका नानीहरूको बौद्धिक क्षमता एकल परिवारमा बसेका नातिनातिनाभन्दा बढ्ता हुन्छ । नातिनातिनासँग बसेका हजुरबाहजुरआमाहरूलाई पनि बिर्सने रोग (अल्जाइमर) न्यून हुन्छ ।

    अनुसन्धानहरूले भन्छन्– ‘बुढेसकालमा आमाहरू छोराबुहारीभन्दा छोरीसँग बढी खुसी हुन्छन् ।’ आमा छोरीको सम्बन्ध साथीसाथी जस्तो हुन्छ । उनीहरू बुहारीलाई भन्दा छोरीलाई आफ्ना मनका बहदेखि खुसीका पलहरू बाँड्न पनि सकस मान्दैनन् । हाम्रो चालचलनले आमालाई सजिलै छोरीका घरमा गएर बस्ने अनुमति छैन । यसका लागि ज्वाइँ पनि तयार छैनन् । न त ज्वाइँ नै ससुरालीमा आएर सासुससुरा पाल्न तयार हुन्छन् । जसरी आमा–छोरीबीच साथीको सम्बन्ध हुन्छ, त्यसरी बाबुछोराबीच साथीको सम्बन्ध हुँदैन । ज्वाइँसँग त झन् हुने कुरै भएन ।

    नेपाली संस्कृतिअनुसार घरमा पाहुना आउँदा प्राय: सबै खुसी हुन्छन् । तर हिजोआज घरघरका बूढाबूढी यसमा खुसी हुन सकेका छैनन् । हिँडडुल गर्न सक्ने उमेरका आफन्तहरू मात्र पाहुना बनेर आउँछन् । पाहुना आएका दिन परिवारका अन्य सदस्य उनीहरूसँग खुसी बाँड्छन् । बूढाबूढी एक्लिन्छन् । उनीहरूलाई बोलाइदिने वा उनीहरूसँग कुराकानी गर्ने मान्छेको अभाव हुन्छ । युवा आफन्तहरू बूढाबूढीबाट टाढिन चाहन्छन् यसको विपरीत बूढाबूढी सधैं कुरा गरिरहन, आफ्ना अनुभव भन्न र अरूका सुन्न बालबालिका जतिकै आँतुर रहन्छन् । जब उनीहरूले बोल्ने साथी पाउँदैनन् वा आफूलाई बेवास्ता भएको महसुस गर्छन् तब उनीहरूले निराशा र आफू विभेदमा परेको महसुस गर्छन् । बूढाबूढी समूहमा बस्न, अरूले बोलेको सुन्न र आफ्ना कुरा सुनाउन कति लालायीत हुन्छन् भन्ने कुराको एउटा रमाइलो उदाहरण छ । संसारको सबभन्दा बढी आयु भएको देश– जापान । त्यहाँका मान्छे औसत ८७ वर्ष बाँच्छन् । नेपालभन्दा सयौं गुणा आधुनिक र व्यस्त यस देशमा बूढाबूढीलाई घरमा छोडेर वयस्कहरू दैनिक काममा जानु त्यहाँको बाध्यता हो । तर बूढाबूढीको समूहमा बस्ने यति जबरजस्त चाहना हुँदो रहेछ कि उनीहरू जहाँ मान्छेको समूह छ त्यही गएर बस्ने उपयुक्त थलोको रूपमा जेललाई लिँदा रहेछन् । यसका लागि डिर्पाटमेन्ट स्टोरमा गएर सामानहरू चोर्ने वा सार्वजनिक स्थलमा गएर कुनै उपद्रो गर्न बूढाबूढीहरू उद्धत हुन्छन् । यस्तो उपद्रो गरेबापत् प्रहरीले उनीहरूलाई समाएर जेलमा लान्छ । जेलमा थुप्रै मानिस स्थिर भएर बसेका हुन्छन् । विभिन्न अभियोगमा जेलमा बसेका बन्दीहरूलाई बूढाबूढीले आफ्ना कुरा सेयर गर्ने उपयुक्त पात्र ठान्छन् । समूहमा बस्न पाउनु र आफ्ना कुरा सेयर गर्न पाउँदा आफूले पाउने कानुनी सजाय उनीहरूले गौण ठान्छन् ।

    बाबुआमा कसले पाल्ने त ? बहस सकिएको छैन । बाबुआमा पाल्नका लागि हाम्रो समाज र संस्कारले विगतदेखि नै केही न केही प्रबन्ध गरेको छ । जस्तै दाजुभाइबीच पुस्तौनी सम्पत्तिको अंश गर्दा बाबुआमा पाल्नका लागि ‘जिउनी’ राख्ने चलन छ । जसले बाबुआमा पाल्छ उसले बाबुआमाको मृत्युपछि उक्त जिउनीको अधिकार पाउँछ । विकसित देशले यस प्रकारको सम्पत्तिलाई ट्रस्ट भन्छन् । नेपालमा पनि बुढयौलीको सुरक्षाका लागि ट्रस्टको अवधारणा आइरहेको छ । विकसित देशमा बाबुआमा पाल्न राज्यले खास प्रावधान राखेको छ । केही वर्षअघिसम्म जापानमा बाबुआमालाई जेठो छोराले पाल्नै पर्ने कानुन थियो । यो प्रावधानले जेठा छोराहरू आफूले फुक्का जीवन जिउन नपाएको भन्दै विरोध गरेपछि त्यहाँको सरकारले यो प्रावधान हटायो । अहिले त्यहाँका वृद्धवृद्धाहरूको सन्तानले बिमा गरिदिन्छन् । उनीहरूलाई पाल्ने जिम्मा बिमा कम्पनीले लिएका हुन्छन् । दु:खको कुरा, जसका छोराछोरीले बाबुआमाको बिमा गरिदिएका हुँदैनन् उनीहरू सडकमा अलपत्र अवस्थामा छन् । जापानलाई ‘सुपर एजिङ सोसाइटी’ को देश भनिन्छ । छोराछोरीले नपालेका कारण यहाँका बाबुआमाको आत्महत्याको दर उच्च छ ।

    नेपालमा बाबुआमा पाल्ने विषय राज्यका नीतिदेखि घरघरमा बहसको विषय बनेको छ । २०६८ सालको जनगणनाअनुसार नेपालमा अहिले ३० लाख वृद्धवृद्धा बाबुआमा छन् । उनीहरूको दैनिकीलाई सहज बनाउन महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयले छोराछोरीको कमाइको १० प्रतिशत बाबुआमाको खातामा राख्नै पर्ने प्रस्ताव ल्याएको छ । यसैगरी, बाबुआमाले आफ्नो सम्पत्तिको २५ प्रतिशत आफू छउन्जेल आफैंसँग राख्नुपर्ने नियम पनि प्रस्ताव गरेको छ । सरकारले वृद्धभत्ताका नाममा दिएको मासिक २ हजार रुपैयाँले गाउँतिरका बाबुआमालाई केही राहत दिएको छ । यो समाधान होइन । केही वर्षभित्रै हाम्रो देशमा दुई/तीन पुस्ता बाबुआमा हुन्छन् । नेपालीको बढेको औसत आयुले यही कुराको संकेत गरेको छ । ९० वर्षभन्दा माथिका हजुरबाहजुरआमा ७० वर्ष आसपासका बाबुआमा पाल्नुपर्ने तेस्रो पुस्ताको नियति हुनेछ । त्यसो भए अब बाबुआमा कसले पाल्ने त ? हामीकहाँ अहिले बाआमा पाल्नका लागि वृद्धाश्रमको चर्चा भइरहेको छ । केही ठाउँमा स्थापना पनि गरिएका छन् वृद्धाश्रम । ज्येष्ठ नागरिकविज्ञहरू यसलाई बाबुआमा पाल्ने उपयुक्त माध्यम मान्दैनन् । वृद्धाश्रम शब्दको अर्थ नै नकारात्मक छ । यसलाई अक्सर सन्तान नहुने वृद्धवृद्धाहरूले आश्रय लिने ठाउँको रूपमा बुझिन्छ । अथवा घरबाट गलहत्याइएका बूढाबूढीले आफ्नो उत्तराद्र्धको जीवन कष्टपूर्ण बाँच्ने ठाउँको रूपमा चिनिन्छ । अक्सर वृद्धाश्रम घरभन्दा टाढा हुन्छन् । जुन बूढाबूढीका लागि झन् कष्टकर हुन्छन् । त्यसैले भरसक छोराछोरीले नै बाबुआमा पाल्नुपर्छ । फागुन अन्तिम साता ज्येष्ठ नागरिकसँगको भेटमा राष्ट्रपति विद्यादेवी भण्डारीले बाबुआमा पाल्ने वा उनीहरूको सामाजिक सुरक्षाको विषयमा एउटा गम्भीर प्रश्न उठाएकी छन् । ‘हजुरबाबुले अंश दिएनन् भनेर नातिले अदालतमा मुद्दा हाल्न सक्छन् भने नातिले हजुरबाहजुरआमालाई पालेन वा हेरचाह गरेन भने किन अदालतमा मुद्दा नलाग्ने ?’ उनको प्रश्न थियो ।

    बाआमालाई सामूहिक रूपमा पाल्नका लागि ज्येष्ठ नागरिक स्याहार केन्द्र खोल्न पनि सकिन्छ । यस्ता केन्द्र समुदायभित्रै सञ्चालन गर्नुपर्छ । समुदायमै स्याहार केन्द्र भएमा उनीहरूले बिरानो र नौलो महसुस गर्नु पर्दैन । सबै आफ्नै गाउँ छिमेककै साथीसंगीसँग उनीहरूले रमाइलो महसुस गर्न सक्छन् । ज्येष्ठ नागरिकविज्ञ डा. होमनाथ चालिसे भन्छन्, ‘बाबुआमा भरसक घरमै राख्ने नभए घरनजिकै समुदायमा खोलिएका ज्येष्ठ स्याहार केन्द्रमा राख्ने ताकि उनीहरूले बिरानो महसुस नगरून् । तर यस्ता केन्द्रमा राखिएका बाबुआमाको स्याहार चाकर खर्च आफ्नै सन्तानलाई व्यहोराउनु उपयुक्त हुन्छ ।’

    बाबुआमालाई सन्तानले नै पाल्नुपर्ने पहिलो मागसहित ज्येष्ठ नागरिकहरू लामो समयदेखि आन्दोलित छन् । ‘घरबाहिर बाबुआमा कल्पना गर्नै नसकिने कुरा’ उनीहरूको तर्क छ । छोराबुहारी, नातिनातिना सबै जागिर वा व्यवसायमा छन् भने बाबुआमाको स्याहार चाकरका लागि घरेलु श्रमिकको व्यवस्था गरिदिनुपर्ने उनीहरूको माग छ । यसका लागि ज्येष्ठ नागरिकहरू इजरायलको उदाहरण देखाउँछन् । जहाँ कुनै बेला प्यालेस्टाइनीसँगको युद्धका कारण बम र बारुदले शारीरिक र मानसिक रूपले रुग्णता व्यहोरिरहेका बाबुआमाका लागि नेपालजस्ता देशबाट ‘केयर टेकर’ हरू आपूर्ति गरिएको छ । केयर टेकरको खर्चको एक हिस्सा बिमा कम्पनी र अर्को हिस्सा उनकै छोराछोरीले व्योहोर्ने गरेका छन् । बाबुआमा पाल्न वृद्धाश्रमलाई प्राथमिकतामा राख्न नहुने ज्येष्ठ नागरिक महासंघका महासचिव छत्र प्रधान बताउँछन् । यसले घरभित्र सानो मनमुटाव भयो भने पनि छोराले बाबुलाई वृद्धाश्रममा लगेर राखिदिने खतरा बढ्ने प्रधानको कथन छ । ‘बाबुआमा पाल्ने’ भन्ने वाक्यांशलाई संशोधन गर्नुपर्ने प्रधानको धारणा छ । बाबुआमालाई पाल्ने होइन ‘बाबुआमासँग हामी बसेका छौं’ भन्ने वाक्यांशले बाबुआमाको आत्मसम्मान उचो बनाउने उनको तर्क छ ।

    नेपालीको बढ्दो औसत आयुले वृद्धावस्थाको बहस बढिहरेको तर राज्यका नीतिनियम फेरबदल हुन नसकेकाले पनि बाबुआमा पाल्ने विषय सबैका लागि टाउको दुखाइ भएको छ । प्रधान भन्छन्– ‘राज्यले छोराछोरीलाई बाबुआमाप्रति उत्तरदायी हुने कानुन बनाउनै पर्छ । वृद्धावस्थामा बाबुआमाले घरभित्रै संरक्षण पाउनुपर्छ । सन्तान नहुनेहरूलाई वृद्धाश्रममा राख्न सकिन्छ । त्यसका लागि राज्यले सबै प्रबन्ध गरिदिनुपर्छ । यति भए बाबुआमा कसले पाल्ने भन्ने बहस नै समाप्त हुन्छ ।’

    ekantipur

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शनिबार, चैत १९, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा
    शायद गाउँ सुनसान भएछ !
    हिउँपात हुँदाको एक बिहान
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.