कैलासबावु श्रेष्ठ/गोरखा
चैत्र १८ गते । ०७४ बैशाख ३१ गते हुने स्थानिय निर्वाचनका लागि गोरखामा १ हजार ९ सय बढीले आवेदन पेश गरेका छन ।
जिल्ला प्रहरी कार्यालय गोरखाले स्थानिय निर्वाचनका लागि म्यादी प्रहरीको आवेदन खुल्ला गरेको ३ दिनमा १ हजार ९ सय २२ जनाले आवेदन पेश गरेको जिल्ला प्रहरी कार्यालय गोरखाले जानकारी दिएको छ ।
गोरखा सदरमुकाममा रहेको जिल्ला प्रहरी कार्यालय गोरखा, पालुङ्गटार नगरपालिकामा रहेको इलाका प्रहरी कार्यालय ठाँटी पोखरी, ईलाका प्रहरी कार्यालय जौबारी र ईलाका प्रहरी कार्यालय आरुघाट गरी ४ स्थानमा त्यती संख्यमा म्यादी प्रहरीमा जागिर खान ईच्छा जाहेर गरी आवेदन परेको प्रहरी नायब उपरिक्षक बिरेन्द्र थापाले बताउनु भयो । निर्वाचनका लागि कति म्यादी प्रहरी आवश्यक पर्ने हो त्यसको यंकिन नभएता पनि १ हजार १ सय देखी १ हजार २ सयको हाराहारीमा आवश्यक पर्न सक्ने अनुमान गरीएको प्रनाउ थापाले बताउनु भयो ।
सबै स्थानमा चैत्र ११ गते देखी आवेदन खुल्ला गरी १७ गते अर्थात बिहीबार बन्द गरीएको थियो । आवेदन परेका सबै आवेदन कर्ताहरुको चैत्र १९ गते देखी छनौटको काम हुने जिल्ला प्रहरी कार्यालय गोरखाले जानकारी गराएको छ ।
म्यादी प्रहरी आवेदन फारम दर्ता संख्या
१) जिल्ला प्रहरी कार्यालय गोरखा १५७२
२) ईलाका प्रहरी कार्यालय ठांटीपोखरी गोरखा २३५
३) ईलाका प्रहरी कार्यालय जौबारी गोरखा ५४
४) ईलाका प्रहरी कार्यालय आरुघाट गोरखा ६१
जम्मा आवेदन फारम दर्ता संख्या १९२२
श्रोत जिल्ला प्रहरी कार्यालय गोरखा




















