नरेन्द्र ढकाल/गोरखा
चैत १५ गते । नेकपा माओवादी केन्द्रका बरिष्ठ नेता नारायण काजी श्रेष्ठलाई गृह जिल्ला गोरखाका स्थानियले कालो झण्डा देखाएका छन् । माओवादी केन्द्रको चुनावी अभियानमा सहभागी हुन गोरखा आउनुभएका श्रेष्ठलाई उहाँ कै छिमेकी सुलिकोट गाउँपालिका वडा ४ अन्तर्गत साबिकको सौरपानी गाबिसमा स्थानियले कालो झण्डा देखाएका हुन ।सुलिकोट गाउँपालिको केन्द्र र वडा निर्धारण गर्दा सौरपानीबासीलाई अन्याय गरिएको भन्दै नाराबासी सहित आन्दोलनरत सौरपानीबासीले नेता श्रेष्ठ सहित सासंद छम बहादुर तमु, माओवादी केन्द्रको जिल्ला उपाध्यक्ष विष्णु भट्ट लगायतका नेतालाई कालो झण्डा देखाएका थिए । केन्द्रमा पहुँच राख्ने जिम्मेवार नेता भएर पनि स्थानियको समस्या टुलुटुलु हेरेर बसेको आरोप लगाउदै उनीहरुले श्रेष्ठलाई कालो झण्डा देखाएका हुन् ।
स्थानियको बिरोधका विच सौरपानी, स्वाँरा र ताकुकोटको सिमाना पर्ने हुडी खोलामा भएको कार्यक्रममा बोल्दै माओवादी केन्द्रका बरिष्ठ नेता समेत रहनुभएका पुर्व उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले अहिले निर्धारण गरिएको गाउँपालिकाको संरचना नितान्त प्राविधिक भएको भन्दै स्थानियलाई आस्वत पार्न प्रयास गर्नुभएको थियो । सौरपानी र स्वाँराका स्थानियले चर्का नारा लगाउदै गाउँपालिकको केन्द्र सार्न माग गरे पछि नेता श्रेष्ठले निर्वाचन आपसी छलफल गरेर निर्वाचन केन्द्र सार्न सकिने भन्दै नआतिन स्थानियलाई आग्रह गर्नुभएको थियो ।

सरकारले निर्वाचनको मिति घोषणा गरी अधिकाशं दलहरु चुनाबमा होमिएको भन्दै श्रेष्ठले निर्वाचनमा भाग लिई सहयोग गर्न स्थानियलाई आग्रह गर्नुभएको थियो । सौरपानीका स्थानियले सरकारले घोषणा गरेको निर्वाचनमा शुन्य मतदान गर्ने घोषणा गरिसकेका छन् । स्थानियको बिरोध र प्रहरीको कडा सुरक्षा विच भएको उक्त कार्यक्रममा सहभागी अधिकाशंले सुलिकोट गाउँपालिकोको केन्द्र सबैलाई पायक पर्ने गरी हुडी खोलामा राख्नुपर्ने माग गरेको स्थानिय सलिना गुरुङले बताउनुभयो । सौरपानी बाट विरोधका लागि हुडी खोला पुगेको स्थाननियको टोलीले कार्यक्रम गर्न नदिने भन्दै बिरोध सुरु गरे पछि प्रहरीले उनीहरुलाई कार्यक्रम स्थल वरै रोकेर सुरक्षा घेरा बनाएको थियो ।
गोरखामा सबै भन्दा बढि विवादित बनेको सुलिकोट गाउँपालिकाको केन्द्र र वडा निर्धारण प्रति स्थानियले दिनहुँ प्रर्दशन गरिरहेका छन् । सुरुमा सौरपानी बाट सुरु भएको आन्दोलन अहिले साबिकका अन्य गाविसमा पनि सरेको छ । झण्डै छ हजार जनसंख्या र भौगोलिक हिसाबमा पनि सबै भन्दा ठुलो साबिकको सौरपानी र २५ सय भन्दा कम जनसंख्या रहेको अन्य गाविसहरुलाई उही मापदण्ड बनाएर १÷१ वडा निर्धारण गरिएको भन्दै स्थानियले तिब्र असन्तुष्ठि जनाएका छन् । सोही गाउँपालिका अन्तर्गत सौरपानी भन्दा झण्डै १ हजार जनसंख्या कम रहेको बारपाकलाई भने २ वटा वडामा बाडिएको छ । यस अघि इलाकको केन्द्र रहेको विचमा पर्ने सौरपानीलाई परिर्वतन एका एक पहुँच आधारमा गाउँपालिकाको केन्द्र ताकुकोट पु¥याएको स्थानियको आरोप छ ।यस अघि पनि स्थानियले बिथोल्ने बताए पछि नेपाली काग्रेस र नेकपा एमालेले सौरपानीमा आयोजना गरेकोे कार्यक्रम स्थगित गरि अन्यत्र लगिएको थियो । सौरपानीका स्थानियले कुल प्रसाद न्यौपाने र दल बहादुर तमाङको संयोजकत्वमा सर्घष समिति नै बनाएर आन्दोलन गरिरहेका छन् । सौरापनीको स्थानिय हिमालय माबिमा कार्यरत शिक्षकहरुले आन्दोलन बिपरित काम गरेको भन्दै स्थानियले विद्यालयमा समेत ताला समेत लगाएका छन् ।


