कैलासबावु श्रेष्ठ/गोरखा
चैत्र १४ गते । गोरखा सदरमुकाममा राष्ट्रिय सूचना आयोगले विभिन्न क्षेत्र संग सम्वन्धीत ब्यत्तीहरुलाई सूचनाको हक सम्वन्धी अभिमुखीकरण तथा अन्तरक्रिया सम्पन्न गरेको छ ।
आयोगका प्रमुख सूचना आयुत्त कृण्ण हरी बास्कोटाको उपस्थितीमा भएको अन्तरक्रियामा आयुत्त बास्कोटाले कानून भन्दा माथि कोही पनि नभएकोले जो कोहीले पनि सूचना माग्दा सूचना दिनुपर्ने भन्दै सूचना दिने कसैको बकौती नभएको बताउनु भयो ।

जिल्लाका कार्यालय प्रमुख, सूचना अधिकारी, राजनैतिक दलका प्रमुख एवं प्रतिनिधी, निजि क्षेत्रका प्रतिनिधीहरु, नागरिक समाज, सूचनाको हक सम्वन्धी अभियान्ता तथा सञ्चारकर्मीहरुको लागि सूचनाको हकको प्रभावकारी प्रचालनका सम्वन्धमा आयोजत अभिमुखीकरण तथा अन्तरक्रियामा बोल्दै आयुत्त बास्कोटाले जो कोहिले पनि सार्वजनिक पद ग्रहण गर्ने अनि सूचना दिन्न भन्न नमिल्ने भन्दै जनतलाई दिएको अधिकार बढाउन मिल्ने तर खोस्न नमिल्ने बताउनु भयो ।
कार्यक्रममा स्थानिय बिकास अधिकारी नारायण प्रसाद आचार्यले जुन कुनै पनि कार्यालयको सूचना पाउन सूचना अधिकारी काफी भएको भन्दै कार्यालय प्रमुख सम्म सूचना माग्नका लागि पुग्नु नपर्ने बताउनु भयो ।

आचार्यले कहिले काही निर्णय नहुदै सञ्चारकर्मीहरुले सूचना माग गर्नाले दिन नसकीएको भन्दै सूचना दिन कहिल्यै कन्जुस्याई नगरीने बताउनु भयो ।
प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतको सभापतित्वमा सम्पन्न कार्यक्रममा उपस्थित सर्व साधारणहरुले बास्कोटा समक्ष विभिन्न गुनासो गनु भएको थियो ।




















