कैलासबावु श्रेष्ठ/गोरखा
चैत्र १४ गते । फैसला कार्यान्वयन अभियान अन्तर्गत जिल्ला प्रहरी कार्यालय गोरखाले फैसला तथा कैद जरीवाना तोकिएका फरार अभियुक्त पक्राउ गरेको छ ।
गोरखा जिल्ला अदालतबाट २०६९ साल मंसिर १९ गते सवारी ज्यान मुद्दामा ११ महिना ४ दिन कैद तोकिएका गोरखा जिल्ला गोरखा नगरपालिका ९ बस्ने बर्ष ४८ का गोल बहादुर सुनारलाई जिल्ला प्रहरी कार्यालय गोरखाको बिशेष टोलीले पक्राउ गरेको हो ।

पक्राउ परेका सुनारलाई जिल्ला अदालतबाट भएको फैसला बमोजिम कैद भूक्त्तानका लागि चैत्र १३ गते आईबार गोरखा कारागार चलान गरीएको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी प्रहरी निरिक्षक रामचन्दै शाहले जानकारी दिनु भएको छ ।




















