कैलासबावु श्रेष्ठ/गोरखा
चैत्र ११ गते । गोरखा सदरमुकाममा रहेको गोरखा अस्पतालको फार्मेशी पुनःसञ्चालनमा आएको छ । बिगतमा राम्रो ब्यवस्थापन र आर्थिक हिनामिना भए पछि बन्द रहेको फार्मेशी ९ महिना पछि सञ्चालनमा आएको हो ।
अस्तालको प्रत्येक्ष निगरानीमा रहेको फार्मेशीमा कर्मचारीको गिद्वेनजरका कारण ०७३ साल असार देखी पुण रुपमा बन्द भएको अस्पतालको फार्मेशी शुक्रकार देखी सञ्चालनमा ल्याइएको छ ।

फार्मेशीको सञ्चालनको ब्यानर उदघाट्न गर्दै प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले विविध कारणले बन्द भएको फार्मेशी पुनःसञ्चालनमा आउनु खुशीको कुरा भएको भन्दै अबका दिनमा कुनै पनि कमिकमजोरी बिना सञ्चालन गर्न अस्पताल प्रशासनलाई आग्रह गर्दै विगतमा भन्दा प्रभावकारी हिसाबले सञ्चालन गरी गरिब तथा निमुखा एवं अस्पतालमा सेवा लिन आउने बिरामीहरुको सेवा र सुविधालाई ध्यान दिन समेत आग्रह गनु भएको थियो ।

कार्यक्रममा अस्पतालका मेडिकल सुपरिटेन्डेन श्रीराम तिवारीले बिगतको गल्तीलाई अब नदोहरयाउने भन्दै सबै औषधीको बिवरण सफ्वयर मार्फत हुने र औषधीको बिल समेत कम्प्यूटर मार्फत काटीने जानकारी दिनुहुदै फार्मेशी बिरामीको सेवाका लागि २४ सैं घण्टा खुल्ला रहने ब्यवस्था गर्न लागिएको बताउनु भयो । मे।सु।तिवारीका अनुसार फार्मेशीबाट बिक्री हुने सबै औषधी खरीद मुल्यको २० प्रतिशत थप गरी बिक्री गरीने यती गर्दा पनि बिरामीका लागि बजारको मुल्य भन्दा ३० प्रतिशत सस्तो औषधीको मुल्य पर्ने जानकारी दिनु भयो ।

फार्मेशीमा ३७ प्रकारको निशुल्क औषधी र १ सय ५५ प्रकारको बिक्री गरीने खालको गरी १ सय ९२ प्रकारको औषधी राखीएको छ । समयानुकुल एवं आवश्यता अनुसार औषधीको प्रकार थप्दै जाने अस्पलताल प्रशासनले जानकारी दिएको छ ।
बिगतमा राम्रो ब्यवस्थापन गर्न नसक्ने र आर्थिक हिनामिना गर्ने सबै कर्मचारीलाई जागिर बाट बरर्खास्त गरी हिनामिना गरेको रकम असुलउपर गरीएको समेत अस्पताल प्रशासनले जानकारी दिएको छ ।



