कैलासबावु श्रेष्ठ/गोरखा
चैत्र ११ गते । आगामी ०७४ साल बैशाख ३१ गते हुने भनिएको स्थानिय निकाय निर्वाचनमा गोरखा जिल्लाबाट ५ सय १६ जना प्रतिनिधी चुनिने भएको छ ।
१८ बर्ष पछि हुन लागेको स्थानिय चुनाबमा यती ठुलो संख्यामा राजनैतिक दलका प्रतिनिधी तथा स्वतन्त्र वालाहरुले चुनाबबाट चुनिने भएका हुन ।
जिल्लामा रहेको ९ गाउँपालिका र २ नगरपालिकामा यति संख्याका प्रतिनिधी चयन हुने भए पछि अहिले चुनावी माहौलमा सबै होमिन थालेका छन । यस पटकको चुनावमा भने अलि पढेलेखेकाहरुले पनि चासो राखेका कारण शिक्षीत बर्गहरु चुनावी माहौलबाट प्रतिनिधी भएर आउने आशा समेत गरीएको छ ।
स्थानिय चुनाबमा प्रत्येक वडामा १ वडा अध्यक्ष सहित अन्य ४ जना चुनिने छन । यसरी हेर्दा गोरखा ९ गाउँपालिकामा रहेको ७० वडा रहेको छ । सबै वडा बाट ५ जनाका दरले चुनिदा ३ सय ५० जनाल चुनिने छ भने सोही गाउँपालिकाको प्रमुख र उप प्रमुख गरी १८ जना चुनिदा गाउँपालिकाबाट मात्रै ३ सय ६८ जना चुनिने छ ।
त्यस्तै गरी जिल्लामा रहेको गोरखा नगरपालिकाको १४ वडा र पालुङटार नगरपालिकाको १० वडा गरी कुल २४ वडामा वडा अध्यक्ष सहित १ सय २० जना चुनिने छ । सोही नगरपालिकाको मेयर र उप मेयर गरी ४ जना हुदाँ कुल ४ सय ९२ जना चुनिने छ भने त्यस बाहेक पनि गाउँ सभा र नगरसभाले क्रमश.गाउँपालिकामा २ जना चयन गर्ने अधिकार हुदाँ १८ जना र नगरपालिकाको हकमा थप ३ जना थप्न मिल्ने हुदाँ ६ जना गरी कुल ५ सय १६ जना चुनिने भएको हो ।
आगामी चुनाबमा प्रत्येक वडामा १ महिला र १ दलित महिला उठाउनु पर्ने अनिबार्य गरीएको छ ।





















